default_image

फिफा विश्वकप

July 17, 2018

काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

मेलवर्न (एजेन्सी) – अष्ट्रेलियाका महान खेलाडी टिम काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । अष्ट्रेलियाका सर्वाधिक गोलकर्ता ३८ वर्षे काहिलले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । ‘आज मेरो लागि विशेष दिन हो । किनभने आज मैले अन्तर्राष्ट्रिय फुटबलबाट मेरो बुट थन्काउँदैछु ’ सामाजिक सञ्जाल ट्वीटमा ट्वीट गर्दै काहिलले लेखेका छन्, ‘मैले मेरो […]

July 17, 2018

‘जर्मनी बलियो भएर फर्कनेछ’ – पूर्व कप्तान लाहम

म्युनिख (एजेन्सी)– जर्मनी पुनः बलियो भएर फुटबलमा फर्केने विश्वास पूर्व कप्तान फिलिप लाहमले गरेका छन् । साविक विजेताको हैसियतमा रसिया पुगेको जर्मनी यसपटक निराशाजनक रुपमा पहिलो चरणबाटै घर फर्केको थियो । लाहमले नयाँ पुस्ताका प्रतिभामा भविष्यमा उपाधिका लागि चुनौति दिने क्षमता रहेको विश्वास पनि व्यक्त गरेका छन् । मेक्सिको र दक्षिण कोरियासँग पराजित हुँदै जर्मनी […]

July 17, 2018

‘विश्व कप फाइनलको पेनाल्टी शत प्रतिशत गलत’!

लन्डन (एजेन्सी)– प्रिमियर लिगका पूर्व रेफ्री डेर्मोट गालाघेरले आइतबार विश्व कपको फाइनलमा क्रोएसियाविरुद्ध फ्रान्सलाई पेनाल्टी दिनु शतप्रतिशत गलत भएको बताएका छन् । ३८ औं मिनेटमा ब्लेसी मातुडीको प्रहार क्रोएसियाका इभान पेरिसेचको ह्यान्ड भएको भन्दै फ्रान्सलाई पेनाल्टी दिइएको थियो । जसलाई एन्टोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई २–१ ले अग्रता लिएको थियो । रेफ्री नेस्टोर पिटानाले पहिला […]

July 16, 2018

विश्व कप उपविजेता क्रोएसियाी टोलीको पनि घरमा भव्य स्वागत

जाग्रेब (एजेन्सी)– विश्व कपको उपविजेता टोली क्रोएसियाली फुटबल टोलीको स्वदेशमा भव्य स्वागत भएको छ । रसियामा आइतबार भएको फाइनलमा फ्रान्ससँग ४–२ ले पराजित भएको भोली पल्टै टोली स्वादेश फर्केको थियो । लुका मोड्रिच र उनको टोलीलाई हजारौं समर्थकले भव्य स्वागत गरेका थिए । विश्व कप इतिहासमा क्रोएसियाको यो अहिले सम्मकै उच्च प्रदर्शन हो । विश्व […]

July 16, 2018

विश्व विजेता फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत

पेरिस (एजेन्सी)– विश्व कप विजेता फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत गरिएको छ । सोमबार दिउँसो पेरिस ओर्लेको विश्व विजेता टोलीका सदस्यलाई ५ लाख भन्दा बढी समर्थकको ब्यग्रताका साथ प्रतिक्षा गर्दै स्वागत गरेका थिए । क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्स दोस्रो पटक विश्व कप विजेता बनेको थियो । फ्रान्सले विश्व कप जितेको यो दोस्रो पटक हो […]

July 16, 2018

सम्झौता अन्त्य गर्न साम्पोली सहमत

ब्यूनस आइरिस (एजेन्सी) – अर्जेन्टिना फुटबल संघ (एएफए) र प्रशिक्षक जर्ज साम्पोलीबीच सम्झौता नविकरण नगर्ने सहमती बनेको छ । रुस विश्वकपमा खराब प्रदर्शनपछि साम्पोली र एएफएबीच सम्झौता नवीकरण नगर्न सहमत भएका हुन् । विश्वकपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक साम्पोलीले एएफएको सहमतिमा पद छाडेको बीबीसीले जनाएको छ । एएफए भनेको छ, ‘आज एसोसिएसन र राष्ट्रिय […]

July 16, 2018

‘म पिएसजी मै रहन्छु’- विश्व कप युवा खेलाडी एमबाप्पे

मस्को (एजेन्सी)– फ्रान्सेली फरवार्ड केलियन एमबाप्पले अर्को सिजन पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहने पक्का गरेका छन् । रियल म्याड्रिड जाने चर्चाका बीच रसियामा आइतबार मात्र विश्व कपको युवा खेलाडी घोषित एमबाप्पले अझै पिएसजीमा रहने पक्का गरेका हुन् । क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले दोस्रो पटक विश्व कप जित्दा एम बाप्पेले टोलीका लागि तेस्रो […]

July 16, 2018

विश्व कपमा फ्रान्सका प्रशिक्षक डेसच्याम्पको नाममा कीर्तिमान

मस्को (एजेन्सी) – फ्रान्सले २० वर्षपछि उपाधि जित्दा प्रशिक्षक डिडियर डेसच्याम्पले आफ्नो नाममा कीर्तिमान बनाएका छन् । डेसच्याम्पले खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्दै आफ्नो नाममा कीर्तिमान बनाएका हुन् । उनी खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका हुन् । यसअघि ब्राजिलका मारियो जगाल्लो र जर्मनीका फ्रान्ज बेकेनबाउरले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकपको […]

July 16, 2018

रसिया विश्व कप : फ्रान्स च्याम्पियन, ६४ खेल र १ सय ६९ गोल

मस्को (एजेन्सी) – विश्व फुटबलको कुम्भमेला रसिया विश्वकपले फ्रान्सलाई च्याम्पियन बनाउदै सकिएको छ । रोमाञ्चक, प्रतिस्पर्धात्मकर गोलको वर्षा भएको खेलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै फ्रान्स दोस्रोपटक च्याम्पियन बन्न सफल भयो । फ्रान्सले सन् १९९८ मा पहिलो पटक विश्व कप जितेको थियो ।  पहिलोपटक फाइनल प्रवेश गरेको क्रोएसियाको विश्वकप जित्ने सपना भने अधुरै बनेको छ । ३२ […]

July 15, 2018

गोल्डेन बल मोड्रिचलाई, एम्बाप्पे उत्कृष्ट युवा खेलाडी

हाम्रो खेलकुद (काठमाडौं) – रुस विश्वकप २०१८ को उत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । त्यस्तै ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जित्न सफल भए । फ्रान्सका किलियन एम्बाप्पेले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते भने बेल्जियमका गोलकिपर थिबो कोर्टुवाले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको उपाधि जित्न सफल भए । फिफा फेयर प्ले […]

Success

Thank you for your time.