default_image

फिफा विश्वकप

November 24, 2022

रोनाल्डो पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

सुबास हुमागाईं, कतार पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो फिफा विश्वकपको पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । विहीबार समूह जी को खेलमा घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै रोनाल्डोले दुर्लभ उपलब्धि हासिल गरेका हुन् । रोनाल्डोले घानाविरुद्ध विश्वकपको आठौं गोल गरे । उनले १८ औं खेल खेल्ने क्रममा ६४ औं मिनेटमा घानाविरुद्ध सुरुवाती अग्रता पनि दिलाए […]

November 24, 2022

उरुग्वे र दक्षिण कोरियाको बराबरी

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ‘एच’ को पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाको खेल गोलरहित बराबरीमा सकिएको छ । विहीबार एजुकेसन सिटी रंगशालामा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । निकै प्रतिस्पर्धात्मक खेलमा उरुग्वेको दुवै हाफमा १-१ प्रहार पोस्टमा लागेको थियो । कोरियाले आक्रमण बुनेपनि विपक्षी गोलरक्षक रोसेलाई खास […]

November 24, 2022

एम्बोलोको गोलमा स्विटजरल्यान्डको जित

कतार (हाम्रो खेलकुद) – फरवार्ड ब्रील एम्बोलोको गोलमा स्विटजरल्यान्डले फिफा विश्वकप २०२२ अन्तर्गत समूह एचको खेलमा क्यामरुनलाई पराजित गरेको छ । एम्बोलोले खेलको ४८ औं मिनेटमा गरेको गोल नै स्वीस टोलीको जितमा निर्णायक सावित भयो । उनले जेर्डान शाकिरीको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए । शाकिरीले दायाँ विंगबाट दिएको लो क्रसलाई एम्बोलोले ६ यार्ड […]

November 24, 2022

यसकारण थपिन्छ कतार विश्वकपमा धेरै इन्ज्युरी समय

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गर्दै विश्वकप इतिहासमै सबैभन्दा आश्चर्य पार्ने नतिजा निकाल्यो । अर्जेन्टिनालाई २-१ ले पराजित गर्दै साउदीले सारा विश्वको ध्यान आफूतर्फ तानेको थियो । लुसेल रंगशालामा ८८ हजार दर्शकमाझ भएको खेलको अन्तिम समय भने निकै रोमान्चक थियो । निर्धारित ९० मिनेट […]

November 24, 2022

प्रशिक्षक मोरियासुको रणनीतिले खोलेको नकआउट चरणको ढोका

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ को समूह चरणमा जर्मनी र स्पेन आफ्नै समूहमा रहेपनि प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपका लागि प्रस्थान गर्नुअघि क्वाटरफाइनलमा पुग्ने लक्ष्य राखेका थिए । बुधबार चार पटकको च्याम्पियन जर्मनीलाई पराजित गरेपछि उनको उक्त लक्ष्य सम्भव देखिएको छ । खलिफा रंगशालामा जापानका लागि पहिलो हाफ सम्झनलायक थिएन । जर्मनीले एकपछि अर्को […]

November 24, 2022

सर्वियासँग सचेत ब्राजिल

एजेन्सी – पाँच पटकको विश्वविजेता ब्राजिलले आज (बिहीबार) सर्वियासँग खेल्दै फिफा विश्वकप कतार २०२२ को सुरुवात गर्दैछ । खेल कतारको दोहास्थित लुसेल आइकोनिक स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । सर्वियाविरुद्ध मैदान उत्रदा स्टार खेलाडीले भरिएको ब्राजिल सचेत रहँदै स्पष्ट जितको लक्ष्यमा हुनेछ । ठुला प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेपनि सर्विया अन्डरडग टोलीको रुपमा […]

November 24, 2022

पोर्चुगललाई घानाको चुनौती

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (बिहीबार) समूह ‘जी’ र ‘एच’ का विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । यससँगै समूह चरणको पहिलो राउन्डको खेल सकिनेछ । आज उपाधिको दावेदारको रुपमा हेरिएको पोर्चुगलले अफ्रिकी प्रतिद्धन्द्धी घानाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ः४५ बजे स्टेडियम ९७४ मा हुनेछ । स्टार र चर्चित खेलाडीले […]

November 24, 2022

विजयी सुरुवातको सोचमा उरुग्वे र दक्षिण कोरिया

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच को खेलमा उरुग्वे र दक्षिण कोरिया भिड्दैछन् । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे एजुकेसन सिटी रंगशालामा हुनेछ । हालसम्म विश्वकपमा दुई पटक खेलेका यी टोलीबीच उरुग्वेले दुवै खेलमा जित निकालेको छ । सन् १९९० मा १-० ले विजयी उरुग्वेले सन् २०१० मा २-१ […]

November 24, 2022

स्विटजरल्यान्ड र क्यामरुन भिड्दै

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी मा विहीबार स्विटजरल्यान्डले अफ्रिकी राष्ट्र क्यामरुनको सामना गर्दैछ । खेल दिउँसो ३:४५ बजे अल जनौब रंगशालामा हुनेछ । छनोटमा विश्वकपको पूर्व विजेता इटालीलाई पन्छाउँदै आएको स्विटजरल्यान्ड पुरानै लय कायम राख्ने सुरमा हुनेछ । स्विटजरल्यान्ड १२ औं पटक विश्वकप खेल्दैछ । सन् २००६ यता लगातार […]

November 24, 2022

प्लेयर अफ द म्याच डे ब्रुएनले भने – ‘म यसको हकदार होइन’

कतार (हाम्रो खेलकुद) – बेल्जियमका मिडफिल्डर केभिन डे ब्रुएन फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्यानडाविरुद्ध समूह चरणको खेलमा प्लेयर अफ द म्याच चुनिए । तर उनले खेलपछि आफू उक्त अवार्डका लागि हकदार नभएको बताए । बेल्जियमले क्यानडालाई १-० ले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गर्यो । मिसी बासुआइले दोस्रो हाफमा गरेको गोल नै खेलमा निर्णायक […]

Success

Thank you for your time.