default_image

फिफा विश्वकप

November 26, 2022

डेनमार्कसँग सचेत फ्रान्स

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह चरणको दोस्रो खेलमा आज (शनिबार) विश्व विजेता फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे हुनेछ । फ्रान्स लगातार दोस्रो जितको योजनामा रहँदा डेनमार्क पहिलो जित निकाल्न चाहन्छ । डेनमार्कका प्रशिक्षक कास्पर हुजलमन्डले आफ्नो टिमले डिफेन्डिङ च्याम्पियन फ्रान्सको […]

November 26, 2022

पोल्यान्डलाई स्तब्ध पार्ने साउदी अरेबियाको लक्ष्य

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत आज (शनिबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच खेल हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिनालाई २–१ ले हराएर फिफा विश्वकप इतिहासको सबैभन्दा आश्चर्यचकित नतिजा निकालेको साउदी पोल्यान्डलाई पनि स्तब्ध पार्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन […]

November 26, 2022

अष्ट्रेलिया र ट्युनिसिया भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत आज (शनिबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । शनिबार समूह ‘सी’ र समूह ‘डी’ का समान दुई खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेपछि अल जानौव रंगशालामा हुनेछ । दुवै टोली पहिलो […]

November 26, 2022

अमेरिका र इंग्ल्यान्ड गोलरहित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी मा अमेरिका र इंग्ल्यान्डको खेल गोलरहित बराबरीमा सकिएको छ । खेलको दशौं मिनेटमा रहिम स्टर्लिङको कटब्याकमा ह्यारी केनको प्रहार अमेरिकी डिफेन्डर टिम रीमले विफल पारे । लगत्तै प्राप्त कर्नरको रिबाउन्डमा मेसन माउन्टको प्रहार आकाशियो । २५ अ‍ौं मिनेटमा टिम वेहको क्रसमा वेस्टन मक्केनीको भली […]

November 25, 2022

आयोजक कतार समूह चरणबाटै बाहिरियो

सुबास हुमागाईं, कतार फिफा विश्वकप २०२२ को आयोजक टोली कतार समूह चरणबाट नै बाहिरिएको छ । समूह ए मा शुक्रबार लगातार दोस्रो हार बेहोरेको कतार अंकविहिन हुँदै बाहिरिएको हो । आइतबार भएको उद्घाटन खेलमा इक्वेडरसँग २-० ले पराजित हुँदै कतारले खराब सुरुवात गरेको थियो । यसक्रममा कतार विश्वकपको उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टोली […]

November 25, 2022

नेदरल्यान्ड्स र इक्वेडरले अंक बाँडे

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ए को खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । खलिफा रंगशालामा शुक्रबार नेदरल्यान्ड्सले खेलको सुरुवातमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । कोडी गाक्पोले अग्रता दिलाएको नेदरल्यान्ड्सले खेल अघि बढ्दै जाँदा आक्रमणलाई निरन्तरता दिन सकेन । जवाफमा इक्वेडरले भने पटक पटक […]

November 25, 2022

नेयमारले दुई खेल गुमाउने

एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमारसँगै डिफेन्डर डानिलोले कतारमा जारी फिफा विश्वकपको समूह चरणका बाँकी दुई खेल गुमाउने भएका छन् । सर्वियाविरुद्ध २–० को जित निकालेको खेलमा नेयमारले दाया खुट्टामा चोट बोक्दै मैदानबाट बाहिरिनु परेको थियो । ब्राजिली टोलीका चिकित्सक रोड्रिगो लास्मारले नेयमारले कम्तीमा पनि दुई खेल गुमाउने बताएका छन् । सर्वियन डिफेन्डर निकोला मिलेन्कोभिचको […]

November 25, 2022

कतारमाथि सेनेगलको जित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ए को खेलमा सेनेगलले आयोजक कतारलाई पराजित गरेको छ । अल थुमामा रंगशालामा सेनेगलले ३-१ को जित दर्ता गरेको हो । पहिलो हाफको अन्त्यतिर अग्रता लिएको सेनेगलले दोस्रो हाफको सुरुवातमै गोल थपेको थियो । तर मोहमद मुन्टारीले कतारका लागि विश्वकप इतिहासकै पहिलो गोल गर्दै खेलमा […]

November 25, 2022

इन्ज्युरी समयको गोलमा इरानले वेल्सलाई हरायो

कतार (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा दुई गोल गर्दै फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी को खेलमा इरानले वेल्सलाई २-० ले पराजित गरेको छ । खेल अवधिभर आक्रमक देखिएको इरान विरुद्ध गोलरक्षक वायन हेनेसी पटक पटक बाधक बनेका थिए ‌‌। इरानको दुई प्रहार पोस्टमा पनि लागेको थियो । तर अन्त्यतिर हेनेसी रातो कार्ड […]

November 25, 2022

विश्वकपमा नेयमार घाइते

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच मा ब्राजिलले विजयी सुरुवात गर्यो । फरवार्ड रिचार्लीसनको दुई गोलमा सर्बियालाई २-० ले पराजित गर्दै ब्राजिलले ३ अंक जोड्यो । तर खेलपछि चर्चाको विषय भने नेयमार रहे । सर्बियाका डिफेन्डर निकोला मिलेन्कोभिचको ट्याकलका कारण एंककलमा चोट बोकेपछि नेयमारलाई ८० औं मिनेटमा परिवर्तन गरिएको थियो […]

Success

Thank you for your time.