October 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०३४ को आयोजनाको लागि साउदी अरेबियाको प्रस्तावलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले समर्थन गरेको छ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङद्वारा जारी पत्रमार्फत साउदीलाई बलियो समर्थन रहेको उल्लेख । एन्फाको पत्रमा भनिएको छ ,’फिफा विश्वकपको इतिहासमा साउदी अरेबियाले अमिट छाप छोड्नेछ भन्नेमा हामी दृढ विश्वास गर्छौं । हामी साउदी […]
October 6, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता हुने विश्व कप एसिया जोन छनोटका लागि प्रक्रिया पूरा नगरी १५ हजार अमेरिकी डलरमा सिंगापुरको स्पोर्टस फाइभलाई मिडिया र विज्ञापन विक्री गरेको पाइएको छ । बोलपत्र (टेन्डर) आव्हान नगरी सिंगापुरको कम्पनीलाई अधिकार दिएको पाइएको हो । केन्द्रीय समितिले यहि निर्णय गरेको छ । सोही […]
February 14, 2023
एजेन्सी – कतारले फिफा विश्वकप कतार २०२२ को आयोजना दौरान प्रयोग गरिएको १० हजार अस्थायी घरहरु भूकम्पका कारण निकै समस्यामा रहेको टर्की र सिरिया पठाउने भएको छ । गत साता टर्की र सिरियामा आएको दुई शक्तिशाली भूकम्पले ४० हजार व्यक्तिको ज्यान लिएको अनुमान रहेको छ । टर्कीमा झन्डै १० लाख विस्थापित भएको तथ्यांक रहेको छ […]
January 28, 2023
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपको दौरान रेफ्रीविरुद्ध आक्रोशित रुपमा प्रस्तुत भएका उरुग्वेका ४ खेलाडीलाई कारवाही गर्ने निर्णय लिएको छ । उरुग्वेले समूह चरणको अन्तिम खेलमा घानालाई २-० लाई पराजित गरेपनि नकआउट चरणमा स्थान पक्का गर्न सकेको थिएन । उक्त खेलको अन्त्यतिर रेफ्रीको निर्णयप्रति उरुग्वेका खेलाडीले असन्तुष्टि जनाएका थिए । खेलपछि रेफ्रीविरुद्ध अभद्र […]
January 26, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्व कपको टिकट विक्रीका विषयमा सबै जानकारी उपलब्ध गराउन एन्फाकै सदस्यले अध्यक्षलाई बुधबार निवदेन दिएका छन् । एन्फा सदस्य रुपेश अधिकारीले ५ वटा प्रश्न सोध्दै त्यसम स्पष्ट पार्न आग्रह गरेका छन् । फिफाबाट विश्व कपका लागि कुन कुन खेलका लागि कति थान टिकट प्राप्त भएको, […]
December 26, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत फिफा विश्वकपको विश्रामपछि भएको पहिलो खेलमा टोटेनहम हट्सपर र ब्रेन्टफर्डले अंक बाँडेका छन् । घरेलु टोली ब्रेन्टफर्डले २-० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा २-२ को बराबरीमा चित्त बुझायो । ब्रेन्टफर्ड भिटाली जानेल्ट र आइभन टोनीको गोलमा अघि बढेको थियो । टोटेनहमका लागि विश्वकपबाट फर्केका ह्यारी केन र पिएर […]
December 26, 2022
एजेन्सी – ब्राजिली फरवार्ड रिचार्लीसनले सर्वियाविरुद्ध गरेको ‘ओभरहेड किक गोल’ फिफा विश्वकप कतार २०२२ को सर्वाेत्कृष्ट गोल बनेको छ । भोटिङको आधारमा रिचार्लीसनको गोल कतार विश्कवपको हुन्डाई गोल अफ दि टुर्नामेन्ट बनेको विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले जनाएको छ । मनोनयनमा परेका अन्य गोललाई पछि पार्दै रिचार्लीसनको गोल पहिलो भएको हो । समूह चरणको […]
December 23, 2022
एजेन्सी – तेस्रोपटक विश्वकप विजेता बनेपछि अर्जेन्टिनाले घरेलु भुमिमा लाखौं समर्थकमाझ विजयी र्याली मनायो । समर्थकहरुको अत्याधिक चापका कारण विजयी र्याली मनाइरहेका अर्जेन्टिनी टोलीलाई हेलिकप्टरबाट सहर परिक्रमा गराइएको थियो । तोकिएको ८ घण्टा भन्दा कम समय र्याली चलेपनि त्यसमा केहि विषय चर्चाका केन्द्रमा रहे । आफ्नो टोलीले उपाधि जितेर खुशी मनाउनु स्वभाविक नै हो । […]
December 21, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि सुखद रहेन । कतार विश्वकपको पहिलो खेलमा गोल गर्दै दुर्लभ कीर्तिमान राखेका उनका लागि त्यसपछि भने प्रतियोगिता बिर्सनलायक रहयो । विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको विश्वकप जित्ने लक्ष्य राखेका रोनाल्डो त्यसमा सफल हुन सकेनन् । समूह चरणको तीनै खेल सुरुवात गरेका […]
December 21, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को विजेता अर्जेन्टिनाले मंगलबार राजधानी ब्युनस आएर्सस्थित ओबेल्सिक क्षेत्रमा विजयी र्याली गर्ने कार्यक्रम रहेको थियो । समर्थकको अत्याधिक चापका कारण आठ घण्टाको र्याली बिचमा रोकेर हेलिकप्टरबाट खेलाडीलाई र्याली पूरा गराइएको थियो । ब्युनस आएर्समा झन्डै ४० लाख समर्थक उपस्थित भएपछि सुरक्षा व्यवस्था मिलाउन हम्मे हम्मे परेको थियो । र्यालीमा […]