default_image

फिफा विश्वकप

December 5, 2022

जापान र क्रोएसियाको खेल अतिरिक्त समयमा लम्बियो

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत जापान र क्रोएसियाबीच जारी अन्तिम १६ चरणको खेल अतिरिक्त समयमा लम्बिएको छ । निर्धारित ९० मिनेट १-१ को बराबरीमा रहेपछि खेलमा ३० मिनेट थपिएको हो । खेलको सुरुवातमा क्रोएसियाले केहि अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेन । इभान पेरिसिचको प्रहार गोलरक्षक शुइची गोन्डाले बचाए । […]

December 5, 2022

जापानलाई पहिलो हाफमा अग्रता

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत जापानले पहिलो हाफमा क्रोएसियाविरुद्ध १-० को अग्रता लिएको छ । पहिलो हाफको एक मिनेट समय बाँकी रहँदा डेजन माएदाले गोल गर्दै जापानलाई अघि बढाए । जापानले छोटो कर्नर खेल्दै निर्माण गरेको मुभमा गोल गरेको हो । पेनाल्टी क्षेत्र भित्र लामो पास क्लिएर हुन नसक्दा माएदाले गोल […]

December 5, 2022

जर्सीबाट आकर्षित हुँदै ब्राजिल समर्थक बनेकी सावित्रा

खेलकर्मीको नजरमा विश्वकप प्रकाश तिमल्सिना, काठमाडौं कतारमा जारी विश्वकप फुटबलमा अधिकांशले कुनै कुनै टोलीलाई समर्थन गर्दै हेरिरहेका हुन्छन् । नेपालमा पनि विश्वकपलाई पछ्याउने थुप्रै समर्थक छन् । खासगरि नेपालमा अर्जेन्टिना र ब्राजिलको समर्थक बढी रहेको विश्वास गरिन्छ । कतिपयले युरोपियन टोलीलाई समर्थन गरेको पनि सामाजिक सञ्जालमार्फत देख्न सकिन्छ । एसियालाई प्रतिनिधित्व गर्ने ३ टोली अन्तिम […]

December 5, 2022

‘बेल्जियमसँग हारले पाठ सिकाएको छ’

कतार (हाम्रो खेलकुद) – सन् २०१८ मा रुसमा भएको फिफा विश्वकपमा जापान अन्तिम १६ मा बेल्जियमसँग अन्तिम समयमा गोल खाँदै बाहिरिएको थियो । यसपटक फिफा विश्वकप कतार २०२२ मा जापानले पुन: बेल्जियमकै सामना गर्ने सम्भावना थियो । तर क्रोएसियाले बेल्जियमलाई हराउँदै नकआउट चरणमा स्थान पक्का गर्यो । जापानले समूह चरणमा जर्मनी र स्पेनलाई हराउँदै समूह […]

December 5, 2022

नेयमारले कोरियाविरुद्ध खेल्ने बलियो सम्भावना

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा ब्राजिलले दक्षिण कोरियाविरुद्ध खेल्दैछ । चोटका कारण पछिल्लो खेल गुमाएका स्टार फरवार्ड नेयमारले कोरियाविरुद्ध खेल्ने बलियो सम्भावना रहेको छ । ब्राजिलका प्रशिक्षक टिटेले खेलको अघिल्लो दिन नेयमारले साँझमा प्रशिक्षण गरेपछि उनको अवस्था हेरेर निर्णय लिने बताएका थिए । ‘नेयमारले आज साँझ प्रशिक्षण […]

December 5, 2022

दक्षिण कोरियासँग सचेत ब्राजिल

एजेन्सी – चोटसँग जुधिरहेको पाँचपल्टको च्याम्पियन ब्राजिल अनि उत्कृष्ट लयमा रहेको एसियाली राष्ट्र दक्षिण कोरियाले आज क्वाटरफाइनल प्रवेशका लागि प्रतिपर्धा गर्दैछ । यो खेल कंक्रिटले निर्मित रंगशाला ९७४ मा हुनेछ । दक्षिण कोरियाविरुद्ध मैदान उत्रदा ब्राजिल आफ्नो खेलाडीको चोटलाई बिर्सदै जितको लक्ष्यमा हुनेछ । सर्वियासँगको पहिलो खेलमै चाेट बाेकेका स्टार फरवार्ड नेयमार टोलीमा फर्किदा टाेलीकाे […]

December 5, 2022

जापान र क्रोएसिया भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (सोमबार) प्रि–क्वाटरफाइनलको पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यस विश्वकपमा जाइन्ट किलर तथा कमब्याक किङ बनेको जापानले अल जानोब स्टेडियममा सोमबार राति अन्तिम १६ को भिडन्तमा क्रोएसियासँग खेल्दा अर्को प्रभावशाली नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । हाजिमे […]

December 5, 2022

विश्वकपमा आज प्रि–क्वाटरफाइनलका दुई खेल

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (सोमबार) प्रि–क्वाटरफाइनलका दुई खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा समूह ‘ईं’ को विजेता जापानले समूह ‘एफ’ को उपविजेता क्रोएसियासँग खेल्दैछ । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । हाजिमे मोरियासुको टोली दुई विश्व च्याम्पियन स्पेन र जर्मनीलाई हराएर समूह विजेता बन्दै बनेको […]

December 5, 2022

इंग्ल्यान्ड सहज जितसँगै क्वाटरफाइनलमा

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को चौथो खेलमा सेनेगललाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल बेयत रंगशालामा आइतबार सेनेगललाई ३-० ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सफल रह्यो । पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल थपेको थियो । इंग्ल्यान्डका लागि जोर्डन […]

December 4, 2022

इंग्ल्यान्ड र सेनेगलको एक परिवर्तन

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा इंग्ल्यान्ड र सेनेगल खेल्दैछन् । खेलका लागि दुवै टोलीले पछिल्लो खेलबाट टोलीमा एक परिवर्तन गरेका छन् । इंग्ल्यान्डले मार्कस रासफर्डको स्थानमा बुकायो साकालाई सुरुवाती रोजाइमा खेलाएको छ । वेल्सविरुद्ध जितमा दुई गोल गरेका रासफर्ड बेन्चमा रहँदा रहिम स्टर्लिङ टोलीमा छैनन् । उनी […]

Success

Thank you for your time.