December 6, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ मा स्पेनविरुद्ध खेल्नुअघि मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुइले स्पेनिस फुटबलबारे आफूलाई जानकारी भएको बताएका छन् । प्रशिक्षक वालिदले स्पेनविरुद्ध खेल फाइनलसरह हुने बताए । ‘स्पेन विश्वकपको उपाधि दावेदार हो । स्पेनलाई घर पठाउन सक्यौं भने प्रतियोगिताको सबैभन्दा ठूलो नतिजा हुनेछ । यसले हाम्रो देशको फुटबलमा […]
December 6, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को अन्तिम प्रि–क्वाटरफाइनल खेलमा आज (मंगलबार) राति पोर्चुगलले स्वीट्जरल्यान्डको सामना गर्दैछ । स्वीट्जरल्यान्ड र पोर्चुगलबीचको खेल कतारको लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सुरू हुनेछ । भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल स्वीट्जरल्यान्डलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा छ । विश्वकपको दावेदार टोलीको रुपमा हेरिएको पोर्चुगलले […]
December 6, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (मंगलबार) मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । मोरक्को र स्पेनबीचको खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । मोरक्को समूह ‘एफ’ को विजेता तथा स्पेन समूह ‘ईं’ को उपविजेता हो । समूह चरणको पहिलो खेलमा […]
December 6, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (मंगलबार) प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा समूह ‘एफ’ को विजेता मोरक्कोले समूह ‘ईं’ को उपविजेता स्पेनसँग खेल्दैछ । अर्काे खेलमा समूह ‘एच’ को विजेता पोर्चुगलले समूह ‘जी’ को उपविजेता स्वीट्जरल्यान्डसँग खेल्दैछ । यि दुई खेलको अन्त्यसँगै क्वाटरफाइनल समिकरण पूरा हुनेछ । हालसम्म नेदरल्यान्ड्स, […]
December 6, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत नकआउट चरणको पहिलो खेलअघि स्पेनका प्रशिक्षक लुइस एन्रिकेले आफ्ना खेलाडीलाई पेनाल्टी प्रशिक्षणका लागि विशेष गृहकार्य दिएको बताएका छन् । मोरक्कोविरुद्ध हुने अन्तिम १६ चरणको खेलअघि पेनाल्टीमा टोलीको तयारीबारे सोधिएको प्रश्नमा एन्रिकेले क्लब फुटबलमै रहँदा खेलाडीलाई प्रशिक्षणको लागि निर्देशन दिइएको बताए । ‘मैले एक वर्ष अघिदेखि खेलाडीलाई होमवर्क […]
December 6, 2022
सुबास हुमागाईं, कतार उपाधि दावेदार ब्राजिलले फिफा विश्वकपमा बेग्लै इतिहास रचेको छ । सोमबार दक्षिण कोरियाविरुद्ध ४-१ को फराकिलो जितका दौरान तेस्रो रोजाइका गोलरक्षक वेभर्टनलाई मैदानमा उतारेसँगै ब्राजिल विश्वकपको एकै संस्करणमा २६ खेलाडी खेलाउने पहिलो राष्ट्र बनेको हो । प्रशिक्षक टिटेले खेलको ८० औं मिनेटमा एलिसन बेकरको स्थानमा ३४ वर्षीय वेभर्टनलाई मैदान प्रवेश गराएका थिए […]
December 6, 2022
कतार (हाम्रो खेलकुद) – उपाधि दावेदार ब्राजिल फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दक्षिण कोरियालाई राउन्ड अफ १६ को खेलमा ४-१ ले हराउँदै ब्राजिलले क्रोएसियासँग भिडन्त पक्का गरेको हो । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ब्राजिलले प्राप्त अवसर सदुपयोग गर्दै पहिलो हाफमा नै ४ गोलको फराकिलो अग्रता बनाएको थियो । बल […]
December 6, 2022
कतार (हाम्रो खेलकुद) – उपाधि दावेदार ब्राजिलले फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको छ । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ब्राजिलले प्राप्त अवसर सदुपयोग गर्दै फराकिलो अग्रता बनाएको हो । बल पोसेसनमा बलियो पकड जमाउँदै आक्रमण बुनेको ब्राजिलले लगातार आक्रमणमा अवसर सिर्जना गरिरहेको छ । […]
December 6, 2022
कतार (हाम्रो खेलकुद) – स्टार फरवार्ड नेयमार फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा दक्षिण कोरियाविरुद्ध सुरुवाती रोजाइमा खेल्ने भएका छन् । नेयमार चोटका कारण यस खेलमा खेल्ने नखेल्ने दुविधा थियो । तर प्रशिक्षक टिटेले उनलाई पहिलो रोजाइमा समेट्दै बलियो टोली उतारेका छन् । डिफेन्डर एलेक्स सान्ड्रो भने टोलीमा छैनन् । ब्राजिल : […]
December 5, 2022
सुबास हुमागाईं, कतार गोलरक्षक डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा तीन पेनाल्टी विफल पारेपछि क्रोएसिया फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा जापानलाई ३-१ ले हराउँदै क्रोएसिया अन्तिम ८ मा स्थान बनाउन सफल भयो । सोमबार अल जनौब रंगशालामा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त ३० मिनेटमा गोल हुन […]