default_image

फिफा विश्वकप

December 7, 2022

कतार विश्वकपको क्वाटरफाइनल समीकरण पूरा

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप – २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै ८ टोलीको टुंगो लागेको हो । साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् । नेदरल्यान्डस्ले अमेरिकालाई ३–१, […]

December 7, 2022

पोर्चुगिज रामोस बने कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलाे खेलाडी

एजेन्सी – पोर्चुगिज युवा स्टार गोन्कालो रामोस फिफा विश्वकप कतार २०२२ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । अन्तिम १६ को खेलमा स्वीट्जरल्यान्डविरुद्ध ६–१ को जित निकालेको खेलमा ह्याट्रिक पूरा गर्दै उनी यस विश्वकपमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका हुन् । पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले भेट्रान फरवार्ड तथम कप्तान क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा […]

December 7, 2022

पोर्चुगल गोलवर्षा गर्दै क्वाटरफाइनलमा

कतार (हाम्रो खेलकुद) – कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा सुरुवात गराएको पोर्चुगलले फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा पुग्न स्विट्जरल्यान्डविरुद्ध गोलको वर्षा गरेको छ । क्वाटरफाइनलमा स्थान पक्का गर्ने क्रममा पोर्चुगलले अन्तिम १६ को खेलमा ६-१ को फराकिलो जित दर्ता गर्यो । पोर्चुगलको जितमा फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे । क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो […]

December 7, 2022

पोर्चुगल पहिलो हाफमा दुई गोलले अगाडि

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ चरणको अन्तिम खेलमा पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध पहिलो हाफमै २-० को अग्रता लिएको छ । कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको पोर्चुगलले उनकै स्थानमा खेलिरहेका फरवार्ड गोन्कालो रामोसको गोलमा अग्रता लियो । १७ अ‍ौं मिनेटमा रामोसले जोआअ‍ो फेलिक्सको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरे । […]

December 6, 2022

रोनाल्डो पोर्चुगलको बेन्चमा!

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत पोर्चुगलले अन्तिम १६ को खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको छ । खेलको अघिल्लो दिन नै प्रशिक्षक फर्नान्डो सान्तोसले पछिल्लो खेलमा रोनाल्डोले गरेको व्यवहारका कारण आफू रुष्ट रहेको बताएका थिए । रोनाल्डोलाई परिवर्तन गर्दा उनले देखाएको आचरणप्रति प्रशिक्षकको आपत्ति थियो । प्रशिक्षक सान्तोसले खेलको अघिल्लो दिन […]

December 6, 2022

स्पेनलाई स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनलमा

कतार – उपाधिको बलियो दावेदार स्पेनलाई टाइब्रेकरमा स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनलाई टाइब्रेकरमा ३–० ले स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो । निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । त्यसमा मोरक्कोले बाजी […]

December 6, 2022

मोरक्को र स्पेनको खेल अतिरिक्त समयमा लम्बियो

कतार – फिफा विश्वकप कतार २०२२ अन्तरगत मोरक्को र स्पेनबीचको प्रि क्वाटरफाइनलको खेल अतिरिक्त समयमा लम्बिएको छ । एजुकेशन सिटी संगशालामा मंगलबार राति भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिदा खेल अतिरिक्त समयमा लम्बिएको हो । स्पेनले बल पोसेसन राख्दै मोरक्कोलाई दवावमा राखेपनि गोलरक्षक यासिन […]

December 6, 2022

पहिलो हाफमा मोरक्को र स्पेनको बराबरी

कतार – फिफा विश्वकप कतार २०२२ अन्तरगत मोरक्को र स्पेनबीचको प्रि क्वाटरफाइनलको पहिलो हाफको खेल बराबरीमा सकिएको छ । एजुकेशन सिटी संगशालामा मंगलबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । स्पेनले बल पोसेसन राख्दै मोरक्कोलाई दवावमा राखेपनि गोलरक्षक यासिन बोनोउलाई खासै समस्या भएको छैन । यता, मोरक्कोले काउन्टर अट्याकमा स्पेनको डिफेन्डरमाथि दवाव […]

December 6, 2022

रोनाल्डोको पोर्चुगलप्रति आशावादी सरु

खेलकुर्मीको नजरमा विश्वकप प्रकाश तिमल्सिना, काठमाडौं विश्व फुटबलका चर्चित खेलाडी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको समर्थक विश्वभर छन् । रोनाल्डोसँग बढी तुलाना अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको गरिन्छ । समाजिक सञ्चालमा हेर्ने हो भने रोनाल्डो र मेस्सीका समर्थकबीच घोचपेच पनि चलिरहेको हुन्छ । उनीहरुले गर्ने प्रदर्शनका आधारमा समर्थकहरुले आलोचना र प्रशंसा पनि गरिरहेका हुन्छन् । मेस्सीका कारण […]

December 6, 2022

कप्तान रोनाल्डोसँग प्रशिक्षक सान्तोस रुष्ट

कतार (हाम्रो खेलकुद) – पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलअघि आफू कप्तान क्रिस्टियानो रोनाल्डोप्रति रुष्ट देखिएका छन् । समूहको अन्तिम खेलमा रोनाल्डोलाई परिवर्तन गर्दाको व्यवहारप्रति उनले असन्तुष्टि व्यक्त गरे । पोर्चुगलले २-१ ले हारेको उक्त खेलमा रोनाल्डो ६५ औं मिनेटमा परिवर्तन भएका थिए । रोनाल्डोले बाहिर जाने बेलामा […]

Success

Thank you for your time.