default_image

युरो

June 26, 2024

फ्रान्स पोल्याण्डसँग इनबराबरीमा रोकियो

एजेन्सी – युरो कप २०२४ को समूह चरणको अन्तिम खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ । पोल्याण्ड विरुद्ध १-१ को बराबरी खेलेसँगै फ्रान्सले समूह विजेता बन्ने मौका गुमाएको छ । गोलका लागि निकै संघर्ष गर्नु परेको खेलमा फ्रान्सले ५६औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो । उसमान डेम्बेले माथि भएको फाउल पछि पाएको पेनाल्टीमा चोट […]

June 26, 2024

फ्रान्स र नेदरल्याण्ड्स रहेको समूहमा अष्ट्रिया विजेता

एजेन्सी – फ्रान्स र नेदरल्याण्ड्स भन्दा अघि रहँदै अष्ट्रियाले युरो कप २०२४ समूह डि मा शीर्ष स्थान हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्स माथि ३-२ को रोमाञ्चक जित हात पार्दै समूह विजेताका रुपमा अष्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो । ३ खेलमा २ जित हासिल गरेको अष्ट्रियाको ६ अंक रह्यो । […]

June 25, 2024

इटाली नाटकीय ढंगले युरो कपको अन्तिम १६मा

एजेन्सी – अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै इटाली नकआउट चरणमा पुगेको हो । ५५औं मिनेटमा लुका मोड्रिचको गोलमा क्रोएसियाले अग्रता लिएको थियो । त्यसअघि […]

June 24, 2024

अन्तिम १६मा स्थान पक्का गर्न इटाली क्रोएसियासँग भिड्दै

एजेन्सी – साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा स्थान पक्का गर्न आज क्रोएसियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राती १२:४५ बजे हुनेछ । अल्बानिया माथि जित र स्पेन विरुद्ध हार बेहोरेको इटाली ३ अंक सहित समूह बि को दोस्रो स्थानमा छ । क्रोएसियाको भने २ खेलमा १ अंक छ […]

June 24, 2024

जर्मनीसँग रोकिएपनि स्विट्जरल्याण्ड नकआउट चरणमा

एजेन्सी – निकलस फुलक्रगले इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेपछि युरो कप आयोजक जर्मनीले आफ्नो समूहको विजेता बनेको छ। स्विट्जरल्याण्डसँग आइतबार १–१ को बराबरी खेल्दै जर्मनी समूह ए विजेता बनेको हो । लगातार दुई खेल जित्दै यसअघि नै नकआउट चरणमा पुगिसकेको जर्मनीलाई समूह विजेता बन्न बराबरी नै पर्याप्त थियो । डान एनडोएले २८ औं मिनेटमा […]

June 22, 2024

पोर्चुगल युरोको अन्तिम १६ मा

एजेन्सी – लगातार दोस्रो जित दर्ता गर्दै पोर्चुगल युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा पोर्चुगलले टर्कीलाई ३-० ले सहजै पराजित गरेको हो । पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो । २१औं मिनेटमा बर्नार्डो सिल्भाले […]

June 22, 2024

जर्जिया र चेकियाको बराबरी 

काठमाडौँ (हाम्रोखेलकुद) – यूरो कप २०२४ अन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा जर्जिया र चेकियाले बराबरी खेलेका छन् । जर्मनीको ह्यामबर्गमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । पहिलो हाफको अन्त्यतिर जर्जियाले खेलमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । रोबिन ह्रनाचले बक्स भित्र ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा जर्जेस मिकाउताड्जेले कुनै गल्ती गरेनन् ।   खेलको ५९औ मिनेटमा […]

June 22, 2024

पोल्यान्ड युरो कपबाट बाहिरियो

एजेन्सी – रोबर्ट लेवान्डोस्कीको पोल्यान्ड युरो कप २०२४ बाट बाहिरिने पहिलो टोली बनेको छ । अस्ट्रियासँग ३–१ को हारसँगै पोल्यान्ड समूह चरणको एक खेल बाँकी छँदै युरोबाट बाहिरिएको हो । पोल्यान्डविरुद्धको जितसँगै अस्ट्रियाको भने नकआउट चरणमा पुग्ने आशा कायम रहेको छ । बर्लिनमा शुक्रबार राति भएको खेलमा अस्ट्रियाको जितमा गेर्नोट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को […]

June 22, 2024

नेदरल्यान्ड्स र फ्रान्सको बराबरी

एजेन्सी – नेदरल्यान्ड्स र फ्रान्सले युरो कप २०२४ मा बराबरी खेल्दै अंक बाँडेका छन् । यि दुई टोलीले समूहको आफ्नो दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । नेदरल्याण्ड्स र फ्रान्सबीचको गोलरहित बराबरीको यो खेल युरो २०२० को समुह चरणमा इङ्गल्याण्ड र स्कटल्याण्ड पछिको पहिलो गोलरहित खेल हो। लेइपजिग स्टेडियम जर्मनीमा शुक्रबार राति भएको […]

June 21, 2024

युरो २०२४: युक्रेनको पुनरागमन जित

एजेन्सी – युरो २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा युक्रेनले स्लोभाकिया विरुद्ध पुनरागमन जित दर्ता गरेको छ । डसेलडोर्फमा भएको समूह ई अन्तर्गतको खेलमा युक्रेनले २-१ को जित हार पारेको हो । १७औं मिनेटमा इभान स्क्रान्जलिए लुकास हरासलिनको क्रसमा हेडर मार्फत गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा युक्रेनका लागि माईकोला शापारेन्कोले बराबरी गोल […]

Success

Thank you for your time.