June 14, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको खेलमा आज (सोमबार) राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘डी’ को स्कटल्यान्ड र चेक रिपब्लिकले प्रतिस्पर्धा गर्दा समूह ‘ई’ को दुई खेल आज राति नै हुनेछ । जायन्ट किलरको छवि बनाएको स्कटल्यान्डले २३ वर्षपछि ठुलो प्रतियोगिताको लागि मैदान उत्रदा चेक रिपब्लिकलाई हराउने लक्ष्यमा हुनेछ । खेल ग्लास्गोमा नेपाली […]
June 13, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह सी को पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दोस्रो हाफमा वैकल्पिक खेलाडीद्वय माइकल ग्रेगोरीच र मारको अर्नाउटोभिचले गोल गरेपछि अष्ट्रियाले ३-१ को जित दर्ता गरेको हो । खेलको १८ औं मिनेटमा स्टेफान लाइनरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । उनले मार्सल […]
June 13, 2021
एजेन्सी – इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिंग्हमले क्रोएसियाविरुद्ध खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै युरोपेली च्याम्पियनसिपमा सबैभन्दा कम उमेरको खेलाडी बन्ने कीर्तिमान राखेका छन् । जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट व्यावसायिक फुटबल खेल्दै आएका बेलिंग्हमले १७ वर्ष ३ सय ४९ दिनको उमेरमा खेल्दै कीर्तिमान कायम गरेका हुन् । यसअघि सन् २०१२ मा नेदरल्याण्डका जेट्रो विलेम्सले १८ […]
June 13, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको तेस्रो दिन आज (आइतबार) समूह चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदा नेदरल्यान्ड्स सन् २०१४ पछि पहिलोपटक ठुलो प्रतियोगितामा फर्कदैछ । समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले घरेलु मैदान योहान क्रुएफ एरिना आम्स्टरडममा युक्रेनको आतिथ्यता गर्नेछ । खेल राति १२:४५ बजे हुनेछ । सन् २०१६ को युरो र २०१८ को विश्वकपमा छनोट हुन […]
June 13, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तरगत आज राति समूह चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । समूह ‘डी’ मा इंग्ल्यान्ड र क्रोएसियाले प्रतिस्पर्धा गर्दा समूह ‘सी’ तर्फ अष्ट्रिया र नर्थ म्यासेडोनिया तथा नेदरल्यान्ड्स र युक्रेनबीच आज राति नै प्रतिस्पर्धा हुँदैछ । अष्ट्रिया र नथ म्यासेडोनियाबीचको खेल नेपाली समयअनुसार राति ९:४५ बजेपछि बुकारेस्टस्थित एरिना नासिनोलामा हुनेछ । […]
June 13, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको तेस्रो दिन आज (आइतबार) समूह चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘डी’ मा इंग्ल्यान्ड र क्रोएसियाले प्रतिस्पर्धा समूह ‘सी’ तर्फ अष्ट्रिया र नर्थ म्यासेडोनिया तथा नेदरल्यान्ड्स र युक्रेनबीच आज राति नै प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्ड र क्रोएसियाबीचको खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार साँझ ६:४५ बजे हुनेछ । दुवै […]
June 13, 2021
एजेन्सी – डेनमार्कका स्टार फरवार्ड क्रिस्टियन एरिक्सन खतरामुक्त रहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अहिले उनको अवस्था ठिक तर स्थिर रहेको बताएका छन् । डेनिस फुटबल फेडेरेसनले पनि अहिले एरिक्सनको अवस्था ठिक रहेको जनाएको छ । युरोकप २०२० अन्तरगत शनिबार राति फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर एरिक्सन अचेत भई अकस्मात मैदानमा ढलेका थिए । एरिक्सन एक्कासी […]
June 13, 2021
एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुले युरोकपको समूह चरणको पहिलो खेलमा रसियाविरुद्ध गरेको गोल आफ्नो सहयात्री डेनिस खेलाडी क्रिस्टियन एरिक्सनलाई समर्पित गरेका छन् । डेनमार्कका महत्वपुर्ण खेलाडी क्रिस्टयन एरिक्सन फिनल्यान्डविरुद्धको पहिलो हाफको अन्त्यतिर अचेत भइ अकस्मात मैदानमा ढलेका थिए । एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएरपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए । बल […]
June 13, 2021
एजेन्सी – उपाधि दावेदार बेल्जियमले युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा रुसलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । फरवार्ड रोमेलु लुकाकुको दुई गोलको मदतमा बेल्जियम ३-० ले विजयी रहयो । बेल्जियमले रुसको कमजोर डिफेन्सको फाइदा उठाउँदै पहिलो हाफमा २-० को अग्रता लिँदै दोस्रो हाफमा १ गोल थपेको हो । खेलको दशौं मिनेटमा नै […]
June 13, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपमा डेब्यु गरिरहेको फिनल्याण्डले समूह बी को पहिलो खेलमा डेनमार्कलाई पराजित गरेको छ । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा अचेत भएर लडेपछि झन्डै डेढ घण्टा रोकिएको खेलमा फिनल्याण्डले १-० को जित दर्ता गरेको हो । पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य […]