default_image

युरो

June 16, 2021

रोनाल्डोले बनाए एकैसाथ तीन कीर्तिमान

एजेन्सी – युरोपेली च्याम्पियनसिपको पहिलो खेलमा हंगेरीविरुद्ध खेल्दै र दुई गोल गरेपछि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकपमा एकैपटक तीन नयाँ कीर्तिमान बनाएका छन् । हंगेरीविरुद्ध मैदानमा उत्रदै लगातार पाँचौ सिजन युरोकप खेल्ने कीर्तिमान बनाएका रोनाल्डोले मिचेल प्लाटिनीको ९ गोलको कीर्तिमानलाई भंग गर्दा युरोकपमा सर्वाधिक गोल (११) गर्ने कीतिमान आफ्नो नाममा लेखाए । यस्तै उनी युरोकपको […]

June 16, 2021

जर्मनीमाथि फ्रान्सको जित

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत फ्रान्सले ग्रुप अफ डेथ मानिएको समूह एफको खेलमा जर्मनीलाई १-० ले पराजित गरेको छ । फ्रान्सको जितमा जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै निर्णायक सावित भयो । खेलको २० औं मिनेटमा फ्रान्सले आत्मघाती गोलको सहयोगमा अग्रता लिएको थियो । पल पोग्बाले पेनाल्टी क्षेत्रको बाहिरबाट दिएको विश्वस्तरीय पासलाई […]

June 16, 2021

कीर्तिमानी रोनाल्डो बने ‘स्टार अफ द म्याच’

एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत पहिलो खेलमा हंगेरीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै स्टार अफ द म्याचको अवार्ड जितेका छन् । पोर्चुगलले ३-० को जित आत्मसात गर्दा रोनाल्डोले २ गोल गरेका थिए । अन्तिम समयमा लगातार गोल गर्दै पोर्चुगलले जित दर्ता गर्दा रोनाल्डोले पछिल्लो दुई गोल गरेका थिए । यूईएफएका प्राविधिक अवालोककर्ता […]

June 15, 2021

पोर्चुगलको विजयी सुरुवात

एजेन्सी – खेलको अन्तिम समयमा लगातार तीन गोल गरेपछि पोर्चुगलले घरेलु टोली हंगेरीलाई हराउँदै युरोपेली च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । ग्रुप अफ डेथ मानिएको समूह एफको पहिलो खेलमा पोर्चुगल ३-० ले विजयी भयो । खेलको ४३ औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । ब्रुनो फर्नान्डेसको पासमा रोनाल्डोले पेनाल्टी […]

June 15, 2021

फ्रान्स र जर्मनी खेल्दै

एजेन्सी – युरोपेली च्याम्पियनसिपको सबैभन्दा महत्वपुर्ण र रोमाञ्चक खेलमा आज राति विश्वविजेता फ्रान्स र जर्मनी आमने सामाने हुँदैछ । एलिएन्ज एरिना म्युनिख जर्मनीमा यि दुई टोलीबीच नेपाली समयअनुसार राति १२ः४५ बजे हुने खेललाई निकै महत्वका साथ हेरिएको छ । ग्रुप अफ डेथ मानिएको यो समूह ‘एफ’ मा पोर्चुगल र हंगेरी पनि रहेका छन् । हंगेरीलाई […]

June 15, 2021

च्याम्पियन पोर्चुगललाई हंगेरीको चुनौती

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज राति समूह ‘एफ’ को दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । साविकको विजेता पोर्चुगलले घरेल टोलीको आतिथ्यता गर्दा विश्वविजेता तथा युरोको साविक उपविजेता फ्रान्सले जर्मनीको सामना गर्दैछ । हंगेरी र पोर्चुगलबीचको खेल पुस्कार एरिना बुडापेस्ट हंगेरीमा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा हंगेरी पोर्चुगललाई स्तब्ध पार्ने लक्ष्यमा […]

June 15, 2021

स्पेन स्वीडेनसँग बराबरीमा रोकियो

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको छ । स्पेनका फरवार्डको कमजोर प्रदर्शनसँगै स्वीडिस गोलरक्षकले एकपछि अर्को बचाउ गर्दा स्पेनले ३ अंक जोड्न सकेन । स्पेनिस मिडफिल्डर कोकेले खेलको सुरुवाती समयमा नै दुई अवसरको सदुपयोग गर्न सकेनन् । दुवै अवसरमा उनको प्रहरले पोस्टको दिशा लिन सकेको थिएन । […]

June 14, 2021

स्कटल्यान्डमाथि चेक रिपब्लिकको सनसनीपुर्ण जित

एजेन्सी – जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड प्याट्रिक सिकको दुई गोल मद्दतमा चेक रिपब्लिकले स्कटल्यान्डमाथि सनसनीपुर्ण जित हात पारेको छ । युरोपेली च्याम्पियनसिप अन्तर्गत सोमबार राति भएको समूह चरणको खेलमा स्कटल्यान्डलाई २–० को जित निकालेको हो । ह्याम्प्डेन पार्क ग्लास्गोमा सोमबार राति भएको खेलमा चेकको जितमा सिकले दुई गोल गरे । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा […]

June 14, 2021

पोल्यान्डलाई स्लोभाकियाको चुनौती

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको खेलमा आज (सोमबार) राति समूह ‘डी’ को स्कटल्यान्ड र स्लोभाकियाले प्रतिस्पर्धा गर्दा समूह ‘ई’ को दुई खेल हुँदैछ । समूह ‘ई’ मा रहेको पोल्यान्डले सेन्ट पिटर्सवर्ग रसियामा स्लोभाकियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ । पछिल्लो तीन खेलमा जित निकाल्न नसकेको पोल्यान्ड स्लोभाकियालाई हराउँदै जितको लयमा […]

June 14, 2021

स्वीडेनसँग स्पेनको परीक्षा

एजेन्सी – तीनपल्टको युरोपेली च्याम्पियन स्पेनले आज राति घरेलु मैदानमा स्वीडेनको सामना गर्दैछ । खेल सेभियामा नेपाली समयअनुसार राति १२:४५ बजेपछि हुनेछ । सन् २००८ देखि २०१२ बीचमा तीन उपाधि जितेको स्पेनको टोली अहिले सोही अवस्थामा नरहँदा सोही अवस्थामा फर्कने लक्ष्यमा रहेको छ । त्यो पुस्ता (२००८–२०१२) का खेलाडी हराइसके । पछिल्ला केही वर्ष स्पेनका लागि […]

Success

Thank you for your time.