June 27, 2021
एजेन्सी – युरोपका ११ शहरमा जारी १६औं संस्करणको युरोपेली च्याम्पियनसिपमा १ सय गोलको आँकडा पुरा भएको छ । प्रि–क्वाटरफाइनलमा इटालीका म्याटियो पेस्सिनाले अष्ट्रियाविरुद्ध अतिरिक्त समयमा गोल गरेपछि युरोमा १ सय गोलको आँकडा पुरा भएको हो । सब्सिच्युट पेस्सिना ६७औं मिनेटमा निकोलो बरेल्लाको स्थानमा मैदान प्रवेश गरेका थिए । युरोको ३८औं खेलमा सय गोल पुरा भएको […]
June 27, 2021
एजेन्सी – अतिरिक्त समयसम्म लम्बिएको खेलमा अष्ट्रियालाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि इटालीले वैकल्पिक खेलाडीको दुई गोलमा २-१ को जित दर्ता गरेको हो । खेलको सुरुवातदेखि नै इटालीले बल पोसेसनमा पकड जमाएपनि खेलमा अग्रता लिन सकेको थिएन । दोस्रो हाफमा अष्ट्रियाले गोल […]
June 26, 2021
एजेन्सी – फरवार्ड कास्पर डोलबर्गको दुई गोलमा डेनमार्कले युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ को पहिलो खेलमा वेल्सलाई पराजित गरेको छ । डेनमार्क ४-० को फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । खेलको आठौं मिनेटमा नै डेनिस फरवार्ड डोलबर्गले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासिएको थियो । लगत्तै अर्कोतर्फ कप्तान ग्यारेथ […]
June 26, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को पहिलो खेलमा डेनमार्कले वेल्सविरुद्ध अग्रता लिएको छ । फरवार्ड कास्पर डोलबर्गको दर्शनीय गोलमा डेनमार्कले पहिलो हाफमा १-० को अग्रता लिएको हो । खेलको आठौं मिनेटमा नै डेनिस फरवार्ड डोलबर्गले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासिएको थियो । लगत्तै अर्कोतर्फ कप्तान ग्यारेथ बेलको प्रहार थोरैले बाहिरिंदा […]
June 26, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलको खेल अन्तर्गत समूह ‘ए’ को विजेता इटाली र समूह ‘सी’ को उपविजेता अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । लन्डनमा अष्ट्रियाविरुद्ध मैदान उत्रँदा उपाधि दावेदार इटालीको एकै लक्ष्य हुनेछ । अष्ट्रियालाई हराउँदै आफ्नो अपराजित यात्रालाई लम्ब्याउने अनि आफ्नै नाममा रहेको कीर्तिमा भंग […]
June 26, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलको पहिलो खेलमा शनिबार राति समूह ‘ए’ को उपविजेता वेल्स र समूह ‘बी’ को उपविजेता डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । वेल्स र डेनमार्कबीचको खेल योहान क्राएफ एरिना आम्स्टर्डममा नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ । सन् २०१६ मा सेमिफाइनलमा पुगेको वेल्स यो संस्करणमा पनि आफ्नो प्रतिद्वन्द्वीलाई पन्छाउँदै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ […]
June 26, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलको खेलहरु शनिबारदेखि सुरु हुँदा पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ को उपविजेता वेल्स र समूह ‘बी’ को उपविजेता डेनमार्क तथा अर्काे खेलमा समूह ‘ए’ को विजेता इटाली र समूह ‘सी’ को उपविजेता अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र डेनमार्कबीचको खेल योहान क्रुएफ एरिना आम्स्टर्डममा नेपाली समयअनुसार राति […]
June 25, 2021
एजेन्सी – स्पेनिस राष्ट्रिय फुटबल टोलीका फरवार्ड अल्भारो मोराटाले युरोपेली च्याम्पियनसिप २०२० को दौरान गरेको प्रदर्शनलाई लिएर उनको परिवारलाई धम्की आइरहेको खुलासा गरेका छन् । इटालियन क्लब युभेन्टसबाट व्यावसायिक फुटबल खेलिरहेका २८ वर्षीय फरवार्डले सामाजिक संजालमा आफ्नो परिवारलाई धम्की आएको बताए । उनले स्पेनको सेभियामा रहँदै आएका पत्नी र बच्चालाई पनि दुर्व्यवहार भएको बताएका छन् […]
June 25, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह चरणको खेल समापन भएका छन् । सहभागी २४ टोलीमध्य १६ टोली अर्को चरण प्रवेश गर्दा ८ टोलीको यात्रा समाप्त भइसकेको छ । अपेक्षा गरेअनुसार नै यसपटक युरोमा ठूला टोली सबैले अन्तिम १६ मा स्थान बनाएका छन् । अधिकांश स्टार खेलाडीबाट पनि सोचेजस्तो प्रदर्शन नै भएको छ । इटाली […]
June 24, 2021
एजेन्सी – पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमानलाई बराबरी गरेका छन् । युरोपेली च्याम्पियनसिप अन्तरगत फ्रान्सविरुद्धको खेलमा दुई गोल गर्दै ३६ वर्षीय रोनाल्डोले अली दाईको १०९ अन्तर्राष्ट्रिय गोललाई बराबरी गरेका हुन् । उनले फ्रान्सविरुद्ध दुवै गोल पेनाल्टीमा गर्दै टोलीलाई २-२ को बराबरीसम्म पुर्याएका थिए । रोनाल्डोले यसै युरोमा ३ खेल खेल्दै ५ गोल गरेपछि दाईको […]