default_image

बी डिभिजन लिग

March 21, 2022

आरसिटीलाई हराउँदै नयाँवस्ती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – रानीपोखरी कर्नर टिम (आरसिटी) माथि महत्वपूर्ण जित निकाल्दै नयाँवस्ती युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । नयाँवस्तीले आरसिटीमाथि १–० को झिनो जित निकाल्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा नयाँवस्तीको जितमा खेलको अन्त्यतिर लिला बहादुर थापामगरले गरेको गोल नै […]

March 16, 2022

खुमलटारको जित, वीरगन्ज र चर्च ब्वाइजको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबले सहज जित निकाल्दा वीरगन्ज युनाइटेड र चर्च ब्वाइजले बराबरी खेलेको छ । एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई २–० ले हराएको हो । खुमलटारको जितमा सविन केसी र आशिष श्रेष्ठले गोल गरे । खेलको सातौं मिनेटमा कप्तान सबिन केसीले गोल […]

March 14, 2022

टुसाल र सामाजिकको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – टुसाल युथ क्लब र सामाजिक युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित गरेको छ । टुसालल खुमलटार युथ क्लबलाई ३–० ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा टुसालको जितमा दीप कुमार लामा र गिलेस्पी जंग कार्कीले गोल गर्दा […]

March 12, 2022

बाँसबारीको गोलवर्षा, चर्च ब्वाइज रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – राजेश पौडेलको ह्याट्रिकमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनमाथि फराकिलो जित निकाल्दा शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडले लिगमा पहिलोपटक अंक गुमाएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीले मध्यपुरमाथि ६-० को सानदार जित दर्ता गरको हो । […]

March 11, 2022

श्री भगवती शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – श्री भगवती क्लब टोखा सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । श्री भगवतीले पुछारमा रहेको सामाजिक युथ क्लबमासथ ३–२ को जित निकाल्दै शीर्षस्थानमा उक्लिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा श्री भगवतीको जितमा सन्तोष केसी, अनिल गुरुङ र अनुज भण्डारीले गोल गरे । सामाजिकका विकास […]

March 10, 2022

श्री कुमारी र आरसिटीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – श्री कुमारी क्लब र रानीपोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीकार भएको खेलमा श्री कुमारी र आरसिटीले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको चौथो मिनेटमा श्रीजन राज गौतमको गोलबाट श्री कुमारीले सुरुवाती अग्रता लिएको थियो […]

March 9, 2022

चर्च ब्वाइजको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विंगर आशिष चौधरीले एक गोलसँगै अर्का गोलको लागि असिस्ट दिएपछि चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । मध्यपुर युथ एसोसिएसनलाई २–० ले पराजित गर्दै चर्च ब्वाइजले लिगमा लगातार तेस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा चर्च ब्वाइजको […]

March 8, 2022

ब्वाइज युनियनमाथि झम्सिखेलको जित

काठमाडौं (हाम्रो खेलकुद) – झम्सिखेल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित दर्ता गर्ने क्रममा ब्वाइज युनियन क्लबमाथि सहज जित निकालेको छ । झम्सिखेलले ब्वाइज युनियनलाई ३–१ ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा झम्सिखेलको जितमा आकाश बहादुर राना, मनकुमार राई र अविरल रिजालले गोल गरे । ब्वाइज […]

March 6, 2022

मध्यपुरमाथि आरसिटीको जित

काठमाडौं (हाम्रो खेलकुद) – रानीपोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकाल्ने क्रममा मध्यपुर युथ एसोसिएसनमाथि सहज जित निकालेको छ । आरसिटीले मध्यपुरलाई २–० ले पराजित गरेको हो । आरसिटीको जितमा कप्तान अमर डंगोल र सागर बन्ठा थारुले गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलको पहिलो मिनेटमा […]

March 6, 2022

आशिषको दुई गोलमा चर्च ब्वाइजको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – आशिष चापागाईको दुई गोल मद्दतमा चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । चर्च ब्वाइजले खुमलटार युथ क्लबलाई २–० ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा आशिषले दुवै गोल दोस्रो हाफमा गरेका थिए । […]

Success

Thank you for your time.