default_image

ए डिभिजन लिग

December 13, 2019

अनिलसँगै अनुभवको आगमन

सुबास हुमागाईं, काठमाडौं ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले गत सिजन ‘रेलिगेसन बिनाको लिग’ मा तत्कालिन यू-१६ राष्ट्रिय टोलीको लगभग सबै खेलाडीलाई अनुबन्ध गर्दै ए डिभिजन लिगमा उतार्यो । युवा खेलाडीलाई शीर्ष श्रेणीको फुटबलमा अवसर दिएर बीबीसीले प्रयोग गरेको थियो । लिगको अन्तिम तालिका हेर्ने हो भने नतिजाको हिसाबले उक्त प्रयोग सफल रहयो । प्रदर्शनको हिसाबमा […]

December 13, 2019

अधिकांश प्रशिक्षकको उपाधि जित्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ए डिभिजन लिग शनिबारदेखि सुरु हुँदैछ । यसक्रममा हरेक क्लबका प्रशिक्षकले लिगअघि आफ्नो तयारी र लक्ष्यबारे राखेको आफ्नो धारणा यसप्रकार छ : न्यू रोड टिम (एनआरटि): राजुकाजी शाक्य, प्रशिक्षक एक महिनादेखि लिगको नै तयारीमा छौं । केहि खेलाडी यू-२३ मा आबद्ध हुँदा टिम सेटमा केहि असर परेको छ । […]

December 13, 2019

अनिलको कप्तानीमा बीबीसीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको कप्तानीमा ब्रिगेड ब्वाइज क्लबले शहिद स्मारक ए डिभिजन लिगको लागि टोली घोषणा गरेको छ । क्लबले पछिल्लो सिजनबाट केहि अनुभवी खेलाडी थप्दै लिगका लागि बलियो टोली घोषणा गरेको छ । टोलीमा अनिलले कप्तानी गर्दा राष्ट्रिय टोलीबाट खेलिसकेका विजय गुरुङ पनि अनुबन्धित भएका छन् । […]

January 9, 2019

ह्याट्रिक विना नै सकियो ‘ए’ डिभिजन लिग

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मंगलबार सकिएको छ । अचम्मको संयोग मान्नुपर्छ, रेलिगेसन विनाको लिगमा यसपटक कुनै पनि खेलाडीले लिगमा ह्याट्रिक पुरा गर्न सकेनन् । हुन त खेलमा गोल गर्न निकै गाह्रो हुन्छ, त्यसमाथि पनि एकै खेलमा तीन गोल सहज कार्य होइन । लिगको ९१ खेलमा आर्मीका कप्तान भरत […]

December 27, 2018

‘ गोल र उपाधि बोजुलाई समर्पण’ – मनाङ मिडफिल्डर पुजन

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लब मिडफिल्डर पुजन उपरकोटीले संकटाविरुद्धको जितमा गरेको गोल र त्यसको नतिजामा क्लबले जितेको लिग उपाधि आफ्नो दिवंगत बोजुलाई समर्पित गरेका छन् । मिडफिल्डर पुजनकी बोजुको केहि दिन अघिमात्र स्वोर्गरोहण भएको थियो । पुजनले संकटाविरुद्ध गरेको गोल आफ्नी बोजुलाई समर्पित गरेको हाम्रो खेलकुदलाई बताए । ‘ मेरो गोल र यो उपाधि […]

December 27, 2018

‘सबैको मिहिनेतले सफल भयौं’ – मनाङका गोलरक्षक विशाल

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो स्थानको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै मनाङ मर्स्याङदी क्लबले बिहीबार पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । मनाङको लिग उपाधिमा महत्त्वपूर्ण भूमिका खेलेका गोलरक्षक विशाल श्रेष्ठले सबैको मिहिनेतकै कारण लिग जित्न सफल रहेको बताए । ‘ लिगको सबै खेल कठिन थिए । सबै खेलमा ३ […]

December 27, 2018

लिग जितेपछि हर्षविभोर मनाङ मर्स्याङदी (फोटोफिचर)

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लबले बिहिबार लिगको दोस्रो स्थानको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै लिग उपाधि पक्का गर्यो । किर्तीमानी आठौं उपाधि जित्ने क्रममा मनाङले ११ मध्ये ११ खेलमा नै जित हात पारेको छ । शत प्रतिशत जित नतिजासहित लिग उपाधि पक्का गरेको मनाङले खेलदौरान यसरी खुसी मनाएको थियो :

November 19, 2018

दोस्रो चरणका अन्तिम तीन खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत दोस्रो चरणको अन्तिम तीन खेल आज हुँदैछन् । आज हुने दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र एक खेल हल्चोकस्थित एपीएफ रंगशालामा हुनेछ । दिनको पहिलो खेलमा जावलाखेल युवा क्लब र सीएमजी संकटा क्लब भिड्नेछन् । संकटाले पहिलो खेलमा सरस्वति युवा क्लबलाई १-० ले पराजित गरेको […]

November 18, 2018

पुलिसलाई रोक्ने मछिन्द्रको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लब भिड्दैछन् । पहिलो खेलमा जावलाखेलविरुद्ध १-० को कठिन जित हात पारेको पुलिस फेरी त्यसै नतिजा दोहोर्याउने लक्ष्यसहित मैदानमा उत्रनेछ । चाडबाडको बिचमा नियमित प्रशिक्षण गरेको पुलिसले गतसाता राइनो गोल्डकपमा पनि सहभागिता जनायो । फाइनलमा च्यासलसँग […]

November 17, 2018

च्यासलविरुद्ध ‘म्यान अफ द म्याच’ बने विकेश

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबमाथि १-० को जित दर्ता गर्यो । उक्त खेलमा आर्मीले क्लिन सिट राख्दा विकेश कुथुले प्रभावशाली प्रदर्शन गरे । पहिलो हाफमा च्यासलले बलियो चुनौती पेस गर्न सकेको थिएन । अमिर श्रेष्ठले लामो दुरीबाट गरेको कडा प्रहारलाई […]

Success

Thank you for your time.