default_image

ए डिभिजन लिग

October 28, 2021

मनाङ र एनओसीबीच सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी क्लबले नेपाल आयल निगम (एनओसी) सँग मुख्य प्रायोजन सम्झौता नविकरण गरेको छ । गत वर्ष एक वर्षका लागि भएको सम्झौता थप एक वर्षका लागि नविकरण गर्दै ३५ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको छ । मनाङका महासचिव तेन्जिङ गुरुङ र एनओसीको तर्फबाट […]

October 27, 2021

नुर्लान र सादिग मच्छिन्द्रमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र क्लबले नयाँ सिजनका लागि अजरबैजानका फरवार्ड नुर्लान नोभ्रुजोभ र डिफेन्डर सादिग गुलिएभलाई अनुबन्ध गरेको छ । केहि महिना अघि सम्पन्न नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटीका लागि खेलेका नुर्लानले नेपाली फुटबलमा पुनरागमन गर्ने भएका हुन् । उनीसँगै डिफेन्डर सादिग पनि टोलीमा अनुबन्धित भएका छन् […]

October 26, 2021

विमलको पुनरागमनमा आशा

प्रकाश तिमल्सिना, काठमाडौं समकालिन फरवार्डमा आशा गरिएका विमल घर्तिमगर झण्डै एक वर्षयता गुमनाम जस्तै छन् । बेला बेला सञ्चारमाध्यममा आएपनि खेलका कारण नभई चोटका उनको चर्चा हुने गरेको थियो । गत वर्ष पुसमा राष्ट्रिय टोलीको प्रशिक्षणका दौरान दायाँ घुँडामा गम्भिर चोट लागेपछि उनी लामो समय देश बाहिर रहे । शल्यक्रिया र रिह्याबमा ९ महिना बिताएर […]

October 24, 2021

हेमन्त थ्री स्टारमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुदका स्वर्णधारी मिडफिल्डर हेमन्त थापा मगर रुस्लान थ्री स्टार क्लबमा आबद्ध भएका छन् । यसै महिनाको अन्त्यमा सुरु हुने सहिद स्मारक ए डिभिजन लिग अघि हेमन्तले थ्री स्टारसँग सम्झौता गरेका हुन् । थ्री स्टारले हेमन्तसँग दुई वर्षको सम्झौता भएको जनाएको छ । एन्फा एकेडेमीका उत्पादन समेत रहेका उनले नेपाली यू […]

October 22, 2021

इटालियन विकासले च्यासलबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– इटालीबाट तेह्र वर्षपछि जन्मभूमी फर्केका विकास मेराग्लियाले यसै महिना सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने पक्का भएको छ । कात्तिक २९ गतेबाट सुरु हुने लिगमा उनी च्यासल युथ क्लबको जर्सीमा देखिनेछन् । विकास शुक्रबार औपचारिक रुपमा च्यासलमा आबद्ध भएका छन् । नेपाली मूलका इटालियन खेलाडी विकासलाई च्यासलले विदेशी खेलाडीको कोटामा […]

September 15, 2021

केल्मी र एनआरटीबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र खेलकुद सामाग्री कम्पनी केल्मीबीच सम्झौता भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित एनआरटीको कार्यालयमा दुई संस्थाबीच चार वर्षका लागि सम्झौता भएको छ ‌। सम्झौता पत्रमा एनआरटीका अध्यक्ष सुन्दरनरसिं जोशी र केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङका निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे । केल्मीले एनआरटीको फुटबल […]

August 20, 2021

रेजिन मछिन्द्रबाटै खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड रेजिन सुब्बाले सहिद स्मारक ए डिभिजन क्लबको साविक विजेता मछिन्द्र क्लबसँगको सम्झौता नविकरण गरेका छन् । दुई वर्षअघि मछिन्द्रले लिग इतिहासमा पहिलो पटक उपाधि जित्दा रेजिन टोलीका सदस्य थिए । मछिन्द्रले शुक्रबार सामाजिक सञ्जालमार्फत रेजिनसँगको सम्झौता नविकरण गरेको बताएका छन् । रेजिन झन्डै दुई वर्ष अघि स्वदेशमा भएको १३ औं […]

August 16, 2021

थ्री स्टार छाड्दै मनाङ फर्किए रुपेश

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रुपेश केसी रुस्लान थ्री स्टार क्लब छाड्दै मनाङ मर्स्याङ्दी क्लबमा फर्किएका छन् । राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अनुभवी मिडफिल्डर रुपेशले चार वर्ष थ्री स्टार बसाई बिट मार्दै कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङ फर्किएका हुन् । क्लबले आधिकारिक रुपमा सार्वजनिक नगरेपनि रुपेशले सामाजिक सन्जाल फेसबुकमा यसअघि मनाङबाट खेल्दाको तस्विर पोस्ट […]

August 12, 2021

विक्रमको थ्री स्टार बसाइँ १२ औं वर्षमा

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले कप्तान विक्रम लामालाई लगातार १२ औं वर्षका लागि क्लबमा अनुबन्ध गरेको छ । २०६७ सालमा जावलाखेलबाट थ्री स्टार आएका विक्रमले नयाँ सिजनका लागि क्लबसँग नयाँ सम्झौता गरेका हुन् । क्लबले विक्रमको १२ औं वर्षको नविकरण आफ्नो सामाजिक संजालमार्फत आज अगस्ट १२ तारिखमा १२ बजेर १२ मिनेटको समयमा […]

August 8, 2021

मनिषले मछिन्द्रबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड मनिष डाँगीले ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र क्लबबाट खेल्ने भएका छन् । मनिषले आइतबार मछिन्द्रसँग औपचारिक रुपमा सम्झौता गरेको क्लबले जनाएको छ । क्लबका तर्फबाट अध्यक्ष सुनिल कपाली र मनिषले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उनले ए डिभिजन लिग र राष्ट्रिय लिगका लागि सम्झौता […]

Success

Thank you for your time.