default_image

ए डिभिजन लिग

November 11, 2021

लालरम्मावियाले थ्री स्टारबाटै खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको ‘ए’ डिभिजन टोली रुस्लान थ्रीस्टार क्लबले बिहीबार तीन खेलाडीसँगको सम्झौता नविकरण गरेको छ । थ्री स्टारले आसन्न ‘ए’ डिभिजन लिगका लागि दक्षिण एसियाली कोटामा भारतीय फरवार्ड लालरम्मावियासँगको सम्झौता नविकरण गरेको हो । लालरम्मावियाले अघिल्लो सिजन थ्रीस्टारबाटै लिग खेलेका थिए । उनले गत सिजन लिग डेब्युमै मनाङविरुद्ध दुई गोल गरेका थिए […]

November 11, 2021

ए डिभिजन लिग सर्यो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको मिति सरेको छ । कार्तिक २९ गते सुरु हुने भनिएको लिग अब मंसिर ३ बाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार क्लबहरुकै सल्लाहमा साताको अन्त्यमा मात्र खेल खेलाउने सहमति भएको हो । खेल तालिकामा अब मिति मात्र […]

November 11, 2021

फरवार्डले भरिपूर्ण मच्छिन्द्रको उपाधि रक्षा गर्ने दाउ

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मच्छिन्द्र ए डिभिजन लिगको उपाधि रक्षाका लागि यस सिजन खेलाडी अनुबन्धनमा आक्रामक देखियो । अनुबन्धन यति आक्रामक भयो की क्लबले फरवार्ड लाइनमा मात्र ८ अन्तर्राष्ट्रिय स्तरका खेलाडी अनुबन्धन गरेको छ । क्लबले यस सिजनका लागि विमल घर्ती मगर, मनिष डाँगी, सुनिल बल र नुर्लान नोभ्रुजोभलाई अनुबन्ध गर्दा गत सिजन […]

November 8, 2021

अर्पण र मार्टन च्यासलमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-२३ राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक अर्पण कार्की र भारतीय मिडफिल्डर शेम मार्टन ए डिभिजन लिगको क्लब च्यासल युवा क्लबमा अनुबन्धित भएका छन् । क्लबले सोमबार एक विज्ञप्तिमार्फत दुई खेलाडी अनुबन्धनबारे जानकारी दिएको हो । अर्पणले भर्खरै सम्पन्न एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल यू-२३ टोलीको कप्तानी सम्हालेका थिए […]

November 8, 2021

प्रशिक्षणमा विष्णुले देखाएको सुखद संकेत

प्रकाश तिमल्सिना, काठमाडौं विष्णु गुरुङको जीवन फुटबल वरिपरि नै घुमेको छ । नियमित आम्दानीका लागि फरक व्यवसायमा पनि हात हालेको विष्णुको पहिलो प्राथमिकता भने फुटबल नै रहने गरेको छ । फरक यति हो फुटबलमा उमेर अनुसार जिम्मेवारी भने बदलिएको छ । खेलाडीको रुपमा राष्ट्रिय फुटबल टोलीको जर्सी लगाउने सपना पूरा नभएपनि जति पनि उनको परिचय […]

November 4, 2021

नेपालका चार क्लबलाई एएफसीको क्लब लाइसेन्स

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ४ ए डिभिजन क्लबले एएफसीको मातहतमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आवश्यक एएफसी क्लब लाइसेन्स प्राप्त गरेका छन् । एन्फाले एक विज्ञप्ति जारी गर्दै फर्स्ट इन्स्ट्यान्ट बडीले ४ क्लबलाई लाइसेन्स दिएको जनाएको छ । गत सिजन लाइसेन्स प्राप्त गरेको त्रिभुवन आर्मी फुटबल क्लबसँगै मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र नेपाल […]

November 3, 2021

मछिन्द्र र पुलिसको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको तयारीका क्रममा रहेको मछिन्द्र क्लब र नेपाल पुलिस क्लबको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको छ । पुलिसका लागि रवी पासवानले गोल गर्दा मछिन्द्रका लागि देवेन्द्र तामाङले गोल गरे । साविक विजेता मछिन्द्र यस सिजन खेलाडी अनुबन्धनमा आक्रामक देखिएको छ । क्लबका लागि नुर्लान नोभ्रुजोभ, सादिग गुलिएभ र […]

November 3, 2021

थ्री स्टारले मनाङलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा थ्री स्टार क्लबले नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको मैत्रीपूर्ण खेलमा थ्री स्टार २-१ ले विजयी भयो । थ्री स्टारको जितमा विजय भुजेल र निशान खड्काले गोल गरेका थिए । मनाङका लागि […]

October 29, 2021

उद्घाटन खेल फ्रेन्ड्स र सातदोबाटोले फ्लडलाइटमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७८ को उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युवा क्लब भिड्ने भएका छन् । पहिलो खेल दशरथ रंगशालामा कार्तिक २९ गते साँझ ५ बजे हुनेछ । पहिलो चरणका अन्य खेल दशरथ रंगशाला र एन्फा दुवै मैदानमा हुनेछ । दिउँसो १२ बजेको खेल एन्फा कम्प्लेक्समा […]

October 29, 2021

थ्री स्टार र एनआरटीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको तयारीस्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा थ्री स्टार क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेलेका छन् । एनआरटीले एकेडेमी संचालन गर्ने कीर्तिपुरस्थित ल्याब स्कुलको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा थ्री स्टार ३-३ को बराबरीमा रोकिएको हो । थ्री स्टारको लागि डोना थापा, निकोलस फर्नान्डेस र राफाएल रिम्गागोले गोल […]

Success

Thank you for your time.