default_image

ए डिभिजन लिग

November 19, 2021

लिग आजदेखि, नव प्रवेशी सातदोबाटो र फ्रेन्ड्स भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको मेरुदण्ड सहिद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ सिजन शुक्रबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबसँग खेल्नेछ । खेल अपरान्ह ४ः४५ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेल फ्लड लाइटमा खेलाईने छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको सम्पूर्ण तयारी सकिएको जनाएको […]

November 18, 2021

कसैको लक्ष्य उपाधि, कसैको सुरक्षामा ध्यान

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु हुँदैछ । लिगको पूर्वसन्ध्यामा दशरथ रंगशालामा सहभागी टोलीका कप्तान र प्रशिक्षकले आ-आफ्नो भनाइ राखे । अधिकांश टोलीले आफ्नो स्पष्ट लक्ष्य नबताएपनि ठूला टोलीले भने लिग जित्ने लक्ष्य रहेको बताए । केहि टोलीले आफू सुरक्षित रहने पहिलो लक्ष्य रहेको आशय समेत व्यक्त गरे । […]

November 17, 2021

प्रशिक्षकको भूमिकामा कुमार थापाको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)– आफ्नो समयका उत्कृष्ट मिडफिल्डर मध्यका कुमार थापा झण्डै ५ वर्षपछि सक्रिय प्रशिक्षणमा फर्केका छन् । २०७३ सालमा महिला राष्ट्रिय फुबल टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थापा नेपाल एपिएफ फुटबल क्लबको प्रशिक्षकका रुपमा घरेलु फुटबलमा फर्कदैछन् । सशस्त्र प्रहरी बलका निरीक्षक समेत रहेका थापाले २०६३ देखि २०७१ सम्म एपिएफबाटै खेलेका थिए । त्यसअघि घरेलु […]

November 17, 2021

सातदोबाटोले टि१० को किट प्रयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा डेब्यु गर्ने तयारीमा रहेको सातदोबाटो युवा क्लबले टि१० सँग खेल सामाग्री प्रायोजन सम्झौता गरेको छ । भाटभटेनी होल्डिङ कम्पनी आधिकारिक विक्रेता रहेको टि१० ले ए डिभिजन क्लब सातदोबाटोसँग तीन वर्षको सम्झौता गरेको हो । सम्झौता अनुसार टि१० सातदोबाटो युथ क्लबको आधिकारिक किट पार्टनर रहनेछ । टि१० […]

November 17, 2021

हिमालयन शेर्पालाई नेपाल आइसको मुख्य प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग खेल्ने हिमालयन शेर्पा क्लबले नेपाल आइससँग मुख्य प्रायोजन सम्झौता गरेको छ । क्लबले बुधबार एक कार्यक्रमका बीच प्रायोजन सम्झौता गरेको हो । क्लबका कार्यवाहक अध्यक्ष गम्बु दोर्जे शेर्पा र नेपाल आइसका तर्फबाट सिजी फुड्सका बिजिनेस प्रमुख प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सार्वजनिक रुपमा […]

November 17, 2021

लिगको प्रायोजनमा कतार एअरवेजको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजकमा बहुराष्ट्रिय कम्पनि कतार एअरवेजले निरन्तरता दिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार सम्झौता हस्ताक्षार गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एअरवेजले एक वर्षका लागि सम्झौता गर्ने निर्णय सार्वजनिक गरेका हुन् । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एअरवेजका कन्ट्री म्यानेजर मोहमद […]

November 15, 2021

शेर्पामा खेल्ने शैलीको जग बसाल्ने ‘युगल’ प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर युगलकिशोर राईको प्रशिक्षणमा यसपटकको सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएको छ । लिग खेल्नुअघि नै राईको प्रशिक्षणमा हिमालयन शेर्पाले यसै महिना बेलबारी गोल्ड कपको उपाधि जितेको थियो । अर्को ए डिभिजन टोली नेपाल एपिएफ क्लबलाई फाइनलमा हराउँदै हिमालयन शेर्पाले उपाधि जितेको थियो […]

November 13, 2021

‘चुनौती स्वीकार्दै सातदोबाटोमा आबद्ध भए’- प्रशिक्षक केसी

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन क्लब नहेर्ने आफ्नो पुरानो निर्णयबाट पछि हट्दै मेघराज केसीले सातदोबाटो युथ क्लबको कमान सम्हालेका छन् । २०७६ को अन्त्यतिर थ्री स्टार क्लबमा चार वर्षको दोस्रो कार्यकाल सकेपछि केसीले ए डिभिजन क्लबलाई प्रशिक्षण नदिई प्रशिक्षणकै अर्को पाटोमा काम गर्ने बताएका थिए । तर मंसिर ३ गतेबाट सुरु हुने यसपटक सहिद स्मारक […]

November 12, 2021

नवयुगले ग्राउन्ड रिह्याबका लागि ३ महिना कुर्नुपर्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठको ग्राउन्ड रिह्याबका लागि १२ साता कुर्नुपर्ने भएको छ । प्रशिक्षणका दौरान दायाँ घुँडामा चोट लागेपछि बिहीबार नवयुगको शल्यक्रिया गरिएको थियो । बिएण्डबीका डाक्टर अमित जोशीको टोलीले उनको घुँडाको शल्यक्रिया गरेका थिए । डाक्टरले शल्यक्रिया राम्रो भएको र ३ महिनापछि ग्राउन्ड रिह्याब सुरु […]

November 12, 2021

लिगको टिकट १ सय रुपैयाँ

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले साधारणतर्फ टिकट दर १ सय रुपैयाँ राखेको छ । एन्फाले शुक्रबार दशरथ रंगशालामा पत्रकार सम्मेलन राख्दै लिगको तयारी र ढांचाबारे जानकारी दिएको हो । महासचिव इन्द्रमान तुलाधरले साताको अन्त्यमा मात्र खेल हुने र फ्लड लाइटमा खेल खेलाउने जानकारी दिए […]

Success

Thank you for your time.