default_image

ए डिभिजन लिग

November 21, 2021

‘ठूलो टिममा स्टार खेलाडी हुँदा धेरै योजना बनाउनु पर्दैन’

काठमाडौं (हाम्रो खेलकुद) – खेलाडीका रुपमा मनाङ मर्स्याङ्दी क्लबमा खेलेका राजेन्द्र तामाङ अहिले प्रशिक्षकको रुपमा क्लब सम्हालिरहेका छन् । झन्डै १२ वर्षपछि फरक भूमिकामा क्लब फर्केका तामाङले ए डिभिजन लिगको पहिलो खेलमा जितको स्वाद चाखे । जावलाखेल युवा क्लबलाई १-० ले पराजित गर्दा दोस्रो हाफमा दीनेश राजवंशीले हेडरमार्फत गरेको गोल नै निर्णायक सावित भयो । […]

November 21, 2021

जावलाखेललाई हराउँदै मनाङको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लबले नयाँ सिजनको कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । मनाङले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै लिगमा सुखद् सुरुआत गरेको हो । मनाङको जितमा दोस्रो हाफमा दिनेश राजवंशीले गरेको गोल नै निर्णायक बन्यो । उनले ५७औं मिनेटमा गोल गरेका थिए […]

November 21, 2021

पहिलो हाफ – जावलाखेल र मनाङ बराबर

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्र्तगत जावलाखेल युथ क्लब र नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लबबीचको पहिलो हाफ बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबा भएको खेलमा दुवै टोलीले पोस्टमा उल्लेख्य आक्रमण बुन्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलको ३१औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा एडिलाजा सोमिडेको मिलाईदिएको हेडर […]

November 21, 2021

एपीएफमाथि बीबीसीको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबमाथि रोमाञ्चक जित निकालेको छ । बीबीसीले एपीएफमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । बीबीसीले खेलमा तीनपटक अग्रता लिर्दै जित निकाल्न सफल भएको हो । बीबीसीको रोमाञ्चक दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे […]

November 21, 2021

‘ए’ डिभिजन लिगमा आज दुई खेल

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो राउन्डको खेलमा आज (आइतबार) दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । दुवै खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ । दिनको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी र एपिएफ फुटबल क्लबबीच खेल हुदैछ । खेल दिउँसो १ बजेपछि हुनेछ । दुवै टोली मैदान उत्रदा अंक नगुमाउने योजनामा […]

November 20, 2021

छिमेकी च्यासललाई हराउँदै थ्री स्टारको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – छिमेकी प्रतिद्वन्द्वी च्यासल युवा क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७८ मा विजयी सुरुवात गरेको छ । राष्ट्रिय टोलीमा खेलेका खेलाडी र विदेशी खेलाडीको संयोजन मिल्दा थ्री स्टारले सेट पिसमा सबै गोल गर्दै ३-० को जित दर्ता गर्यो । खेलको २२ औं मिनेटमा निशान खड्काले […]

November 20, 2021

शेर्पा र संकटाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको नेपाल आइस हिमालयन शेर्पा क्लब र संकटा क्लबको खेल १-१ को बराबरीमा टुंगिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि संकटाले ६० औं मिनेटमा लक्ष्मण रुचालको गोलमा दोस्रो हाफमा अग्रता लिएको थियो । उनले सुभास गुरुङले बायाँ विंगबाट दिएको क्रसलाई गोलमा परिणत गरेका […]

November 19, 2021

लिगको पहिलो खेल बराबरीमा टुंगियो

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको उद्घाटन खेलमा १० खेलाडीमा समेटिएको फ्रेन्ड्स क्लबले सातदोबाटोलाई गोलरहित बराबरीमा रोक्दै अंक खोसेको हो । दुवै टोलीले १-१ अंक जोडेका छन् । ए डिभिजनमा डेब्यु […]

November 19, 2021

सातदोबाटो र फ्रेन्ड्स पहिलो हाफ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लव र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिपुरेश्वरस्थित रगंशालामा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । ए डिभिजनमा डेब्यु खेल खेलिरहेको सातदोबाटोले खेलमा गोल गर्ने सुन्दर मौका पाए पनि सदुपयोग गर्न सकेन । पहिलो हाफको ११ […]

November 19, 2021

अन्जनको कप्तानीमा मनाङको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टको कप्तानीमा मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७८ को लागि टोली घोषणा गरेको छ । मनाङले केहि नयाँ खेलाडीलाई क्लबमा अनुबन्ध गर्दै २३ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको गोलरक्षकमा विशाल सुनार, अशोक बराल र तोप बहादुर राना छन् । त्यस्तै गत […]

Success

Thank you for your time.