default_image

ए डिभिजन लिग

November 28, 2021

पोखरामा लिग खेल्न ५ क्लबलाई मनाङको प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद)– लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्लबले लिगका आफ्ना ५ खेल पोखरामा खेलाउने योजनाका साथ क्लबहरुलाई प्रस्ताव गरेको छ । मनाङको तर्फबाट क्लबहरुलाई प्रस्ताव गर्ने जिम्मेवारी पाएका सदस्य विजय घलले भोली सम्म पोखरा खेल्न तयार हुने टोलीको टुंगो लाग्ने बताएका छन् । ‘हामीले ५ वटा खेल पोखरामा खेलाउने गरि क्लबहरुलाई प्रस्ताव गरेका […]

November 28, 2021

लिगका नौं चरणका खेलतालिका भोली सार्वजनिक हुने

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको नौं चरण सम्मको खेल तालिका सोमबार सार्वजनिक हुने भएको छ । दशरथ रंगशालासहित ४ वटा मैदानमा खेलाउने योजनाका साथ लिग सुरु गरेको एन्फाले केहि प्राविधिक कठिनाईका कारण खेल तालिका सार्वजनिक नगरेको लिग कमिटीका निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । ‘९ राउन्ड सम्म कुन कुन क्लबीच […]

November 28, 2021

पहिलो जितको खोजीमा पुलिस र जावलाखेल

काठमाडौं (हाम्रो खेलकुद)– जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब दुवैले यसपटकको कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गर्न सकेनन् । जावलाखेल मनाङ मस्र्याङ्दी सँग १–० ले पराजित भएको थियो भने पुलिसले अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ को बराबरी खेलेको थियो । यस्तोमा पहिलो जितको खोजीमा जावलाखेल र पुलिसले […]

November 27, 2021

शेर्पाको सिद्धान्तसामु सेट पिसमा सफल मनाङ

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षणमा सेट पिसमा गरेको अभ्यास सफल भएर विजयी गोल निक्लेपछि थप खुसी लागेको मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक राजेन्द्र तामाङले बताए । मनाङले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार दोस्रो जित निकालेको थियो । दोस्रो हाफमा पुजन उपरकोटीको कर्नरमा निशान लिम्बुले ६ यार्ड बक्सनजिक फ्लिक हेडरमार्फत मिलाइदिएको पासलाई अनमार्क ओलावालेले […]

November 27, 2021

ओलावालेको गोलमा मनाङको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओलावाले ओलडिपो अफिजको गोल मद्दतमा नेपाल आयल निगम मनाङ–मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले नेपाल आइस हिमालयन शेर्पामाथि १–० को जित निकाल्दै लिगमा लगातार दोस्रो जित आत्मसात गरेको हो । खेलको तेस्रो मिनेटमा पुजन उपरकोटीको […]

November 27, 2021

पहिलो हाफ – मनाङ र शेर्पाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आयल निगम मनाङ–मर्स्याङ्दी क्लब र नेपाल आइस हिमालयन शेर्पाले कतार एअरवेज सहदि स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । तेस्रो मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा […]

November 27, 2021

‘एपिएफले विदेशी खेलाडी ल्याउन ढिला गर्न हुँदैन’

काठमाडौं (हाम्रो खेलकुद) – यसै सिजन एएफसीको क्लब लाइसेन्स प्राप्त गरेको नेपाल एपिएफ क्लबका प्रशिक्षक कुमार थापाले विदेशी खेलाडी ल्याउन अब ढिला गर्नु नहुने बताएका छन् । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो हार बेहोरेपछि थापाले भने, ‘आफ्नै स्तरका टोलीसँग लगातार दोस्रो खेलमा गुमाएपछि हामीलाई गाह्रो भएको छ । अब विदेशी खेलाडी […]

November 27, 2021

रुमेशको गोलमा च्यासलको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – च्यासल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । च्यासलले विभागीय नेपाल एपीएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा च्यासलको जितमा रुमेश बर्ताैलाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा […]

November 26, 2021

फ्रेन्ड्समाथि संकटाको पूनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद) – एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ललितपुरको फ्रेन्ड्स क्लबमाथि पूनरागमन जित निकालेको छ । फ्रेन्ड्सले सुरुवाती अग्रता जोगाउन नसक्दा संकटासँग २–१ को हार बेहोरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा संकटाको जितमा निरज बस्नेत र फोडे फोफानाले गोल गर्दा फ्रेन्ड्सका कप्तान प्रकाश […]

November 26, 2021

‘लिग म्याराथन जस्तै हो’ – प्रशिक्षक केसी

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीले लिगलाई म्याराथन दौडसँग तुलाना गर्दै एक दुई किलोमिटरमै हिसाबकिताब गर्न हतार हुने बताएका छन् । कतार एयरवेज सहिद स्मारक ए डिभिजिन लिगमा शुक्रबार आफ्नो पूर्व क्लब थ्री स्टार क्लबलाई १–० ले पराजित गरेपछि प्रशिक्षक केसीले भने,‘ म्याराथन दौडमा ४० किलोमिटर कटेपछि कहाँ छौं हामी भन्ने हुन्छ […]

Success

Thank you for your time.