default_image

ए डिभिजन लिग

November 29, 2021

साविक विजेता मछिन्द्र र उपविजेता आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको अघिल्लो संस्करणको अन्तिम खेलमा मछिन्द्र क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो । २०७६ फागुन ३ गतेको अन्तिम खेलबाट लिग उपाधिको छिनोफानो हुने अवस्थामा थियो । आर्मीले बराबरी गर्दा च्याम्पियन बन्ने अवस्था थियो भने मछिन्द्रलाई जित्नै पर्ने अवस्था थियो । तुलानात्मक रुपमा मछिन्द्रलाई […]

November 29, 2021

एनआरटीलाई पहिलो अंक

काठमाडौं (हाम्रो खेलकुद)– न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो अंक जोडेको छ । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग गोलरहित बराबरी खेल्दै एनआरटीले दोस्रो खेलबाट पहिलो अंक जोडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको निराशजनक खेलमा दुवै टोलीले गोलको उल्लेख्य आक्रमण बुन्न सकेनन् । ५०औं मिनेटमा दिनेश राईको प्रहार […]

November 29, 2021

बिबिसी र एनआरटी- पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले गोलका लागि केहि अवसर खेर फाल्दा अग्रता भने लिन सकेनन् । बिबिसी विजय यात्रालाई निरन्तरता दिने प्रयासमा हुनेछ भने एनआरटी पहिलो जितेको खोजीमा हुनेछ । प्रतिस्पर्धात्मक […]

November 29, 2021

बिबिसी र एनआरटी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार २ खेल सँगै दोस्रो चरणका सम्पन्न हुँदैछ । दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र न्यूरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुँदैछ । एपिएफ विजय यात्रालाई निरन्तरता दिने प्रयासमा हुनेछ भने एनआरटी पहिलो जितेको खोजीमा हुनेछ । प्रतिस्पर्धात्मक खेलमा […]

November 28, 2021

‘लिगको हरेक खेल कठिन छ’

काठमाडौं (हाम्रो खेलकुद)– यसपटक कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा हरेक टोलीविरुद्धको खेल कठिन हुने नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले बताएका छन् । आइतबार जावलाखेल युथ क्लबमाथि १–० को कठिन जित निकालेपछि थापाले भने, ‘५०-५० खेल थियो । पछि सुमन लामालाई पठाएपछि हामीले चाहे अनुसारको नतिजा निकाल्यौं ।’ उनले यसपटक लिगमा सबै टोलीको […]

November 28, 2021

सुमनको गोलमा पुलिसको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – वैकल्पिक फरवार्ड सुमन लामाको गोल मद्दतमा विभागीय नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै पुलिसले लिगमा पहिलो जित आत्मसात गरेको हो । सुमनले दोस्रो हाफमा गोल गरेका थिए । […]

November 28, 2021

पहिलो हाफमा पुलिस र जावलाखेलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबले पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा दुवै टोलीले गोलका केही अवसर चुकाउँदा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो । खेलको १०औं मिनेटमा अमिर श्रेष्ठको पेनाल्टी बक्सबाहिरको प्रहार शत्रुघन कुमार चौधरीले […]

November 28, 2021

पोखरामा लिग खेल्न ५ क्लबलाई मनाङको प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद)– लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्लबले लिगका आफ्ना ५ खेल पोखरामा खेलाउने योजनाका साथ क्लबहरुलाई प्रस्ताव गरेको छ । मनाङको तर्फबाट क्लबहरुलाई प्रस्ताव गर्ने जिम्मेवारी पाएका सदस्य विजय घलले भोली सम्म पोखरा खेल्न तयार हुने टोलीको टुंगो लाग्ने बताएका छन् । ‘हामीले ५ वटा खेल पोखरामा खेलाउने गरि क्लबहरुलाई प्रस्ताव गरेका […]

November 28, 2021

लिगका नौं चरणका खेलतालिका भोली सार्वजनिक हुने

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको नौं चरण सम्मको खेल तालिका सोमबार सार्वजनिक हुने भएको छ । दशरथ रंगशालासहित ४ वटा मैदानमा खेलाउने योजनाका साथ लिग सुरु गरेको एन्फाले केहि प्राविधिक कठिनाईका कारण खेल तालिका सार्वजनिक नगरेको लिग कमिटीका निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । ‘९ राउन्ड सम्म कुन कुन क्लबीच […]

November 28, 2021

पहिलो जितको खोजीमा पुलिस र जावलाखेल

काठमाडौं (हाम्रो खेलकुद)– जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब दुवैले यसपटकको कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गर्न सकेनन् । जावलाखेल मनाङ मस्र्याङ्दी सँग १–० ले पराजित भएको थियो भने पुलिसले अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ को बराबरी खेलेको थियो । यस्तोमा पहिलो जितको खोजीमा जावलाखेल र पुलिसले […]

Success

Thank you for your time.