default_image

ए डिभिजन लिग

January 9, 2022

थ्री स्टार र शेर्पा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेव सहिद स्मारक ‘ए’ डिभिज लिग अन्तरगतको आठौं चरणको खेलमा आइतबार एक खेलमा मात्रै प्रतिस्पर्धा हुदा रुस्लान थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ४ः४५ बजे हुनेछ । थ्री स्टार शेर्पालाई हराउँदै अंक तालिका सुधार गर्न चहान्छ । थ्री स्टार ७ खेलबाट […]

January 8, 2022

एनआरटीमाथि आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । आर्मीले एनआरटीमाथि १–० को जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीको जितमा पहिलो हाफमा मिडफिल्डर दिनेश हेन्जनले गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा जगजित श्रेष्ठको पासमा […]

January 8, 2022

दिनेशले गरे लिगको सयौं गोल

पोखरा (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत लिगको १ सयौं गोल दीनेश राजवंशीले गरेका छन् । पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युवा क्लबलाई ५-० ले पराजित गर्दा दीनेशले पनि गोल गरेका थिए । लिगको ५३ औं खेलमा १ सय गोलको आँकडा पार भएको हो । च्यासलविरुद्ध पहिलो हाफमा २-० […]

January 8, 2022

दिनेशको गोलमा आर्मी अगाडि

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर दिनेश हेन्जनको गोलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्यूरोड टिम (एनआरटी) विरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको १७औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका हुन् । उनले जगजित श्रेष्ठको पासमा हेडमार्फत गोल गर्न सफल भएका थिए […]

January 8, 2022

ओलावालेको ह्याट्रिकमा च्यासलको लज्जास्पद हार

पोखरा (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड ओलावाले अफिजको ह्याट्रिकमा मनाङ–मर्स्याङ्दी क्लबले च्यासल युवा क्लबमाथि फराकिलो जित हासिल गरेको छ । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत पोखरा रंगशालामा भएका तेस्रो तथा अन्तिम खेलमा मनाङले शनिबार च्यासललाई ५–० ले हराएको हो । च्यासलमाथि जित हासिल गर्दै मनाङले लिग उपाधिको दाबेदारीलाई यथावत राखेको छ । ओलावालेको […]

January 8, 2022

आत्मघाती गोलमा मछिन्द्रको जित

काठमाडौं (हाम्रो खेलकुद) – आत्मघाती गोल मद्दतमा शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ । मछिन्द्रले फ्रेन्ड्समाथि १–० को जित निकाल्दै लिगमा अपराजित रहन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्सलाई दवावमा राखेपनि गोलको लागि संघर्ष गर्नुपर्दा दोस्रो हाफमा आत्मघाती गोलको सहारा […]

January 8, 2022

आडेलाजा र ओलावालेको गोलमा मनाङलाई अग्रता

पोखरा (हाम्रो खेलकुद) – आडेलाजा सोमिडे र ओलावाले ओलाडिपे अफिजको गोलमा उपाधि दौडमा रहेको मनाङ–मस्र्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासलविरुद्ध अग्रता लिएको छ । मनाङले च्यासलविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको छ । पोखरा रंगशालामा शनिबार भइरहेको खेलको चौथो मिनेटम नै आडेलाजा सोमिडेको गोलबाट मनाङले अग्रता लिएको हो । उनले […]

January 8, 2022

पहिलो हाफमा मछिन्द्र र फ्रेन्ड्सको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबले शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई पहिलो हाफमा बराबरीमा रोकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको मछिन्द्र र फ्रेन्ड्सले पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । बल पोसेसन राख्दै लगातार दवाव सिर्जना गरेपनि मछिन्द्रले फ्रेन्ड्सको बलियो रक्षापङ्ति […]

January 8, 2022

मछिन्द्र र मनाङ फरक खेलमा उत्रदै

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शनिबार) आठौं चरणका तीन खेल हुँदैछन् । दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र अर्को एक खेल पोखरा रंगशालामा हुनेछ । उपाधि होडमा रहेका मछिन्द्र फुटबल क्लब र मनाङ–मस्र्याङ्दी क्लबले फरक खेलमा प्रतिस्पर्धा गर्दैछन् । न्यूरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी फुटबल क्लबबीच […]

January 7, 2022

एपिएफ र जावलाखेलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब र जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग हुन नसक्दा खेल बराबरीमा टुंगियो । ६२औं मिनेटमा सुनिल खड्काको […]

Success

Thank you for your time.