default_image

ए डिभिजन लिग

April 5, 2024

जीतपुरसिमरा गोल्डकप- उद्घाटनमा आर्मीले वीरगन्ज सामना गर्ने

सुनिल गाउँले, सिमरा जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करणको तयारी पूरा भएको छ । आयोजक नवजनजागृती युवा क्लबले सिमरामा शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता शनिबार सिमरा रंगशालामा सुरु हुनेछ । क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार संघीय सरकारका युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले शुक्रबार साँझ […]

April 5, 2024

विराट गोल्डकप -फाइनल जित्नेमा मछिन्द्र र सांग्रिला दुवै आशावादी

विराटनगर (हाम्रो खेलकुद)– आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्नेमा दुवै टोली आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे सुरु हुने फाइनलमा ए डिभिजन टोली मछिन्द्र क्लब र घरेलु टोली सांग्रिला मोरङ एफएले उपाधिका लागि चुनौती पेश गर्नेछन् । विराटनगरमा शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्न प्रयास गर्ने […]

April 4, 2024

सिक्किमलाई हराउँदै मच्छिन्द्र विराट गोल्डकपको फाइनलमा

विराटनगर( हाम्रो खेलकुद) – आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रिला मोरङ एफए बीच प्रतिस्पर्धा हुने भएको छ। विराटनगर सहिद मैदानमा बिहीबार राती भएको अन्तिम सेमिफाइनलमा सिक्किम ड्रागन भारतलाई १–० ले पराजित गर्दै मच्छिन्द्रले सांग्रिलासँगको उपाधि भिडन्त पक्का गरेको हो । मच्छिन्द्रका आयुष घलानले इन्ज्युरी समयको चौथो मिनेटमा […]

April 3, 2024

एपिएफलाई हराउँदै सांग्रिला विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रिला मोरङ एफए आठौं विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती भएको पहिलो सेमिफाइनलमा एपिएफ फुटबल क्लबलाई सडनडेथमा हराउँदै सांग्रिला फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप ३० मिनेटमा गोलरहित तथा टाइब्रेकरमा ३–३ बराबरीपछि खेल सडनडेथमा पुगेको थियो गोल गरेका […]

April 2, 2024

कोलकातालाई हराउँदै मच्छिन्द्र विराट गोल्डकपको सेमिफाइलनमा

विराटनगर (हाम्रो खेलकुद)- ए डिभिजन टोली मच्छिन्द्र क्लब विराटनगरमा जारी आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा‌ पुगेको छ। विराटनगरको सहिद मैदानमा मंगलबार अन्तिम  क्वाटरफाइनल खेलमा भारत कोलकाताको साउर्थन समिति एफसीलाई २–१ ले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रको जितमा विदेशी खेलाडी स्टेफन विनोङ बने । टोलीका‌ लागि दुवै गोल स्टेफनले गरे । प्लेयर […]

April 1, 2024

चर्च ब्वाइजलाई हराउँदै एपिएफ सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा इटहरी गोल्डकपको विजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एपिएफ सेमिफाइनल पुगेको हो । एपिएफका लागि प्रदिप लामा र अनिष महर्जनले गोल […]

March 31, 2024

जीतपुरसिमरा गोल्डकपमा १० टोलीको सहभागिता रहने

सुनिल गाउँले, सिमरा जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण यसै साता सुरु हुने भएको छ । आयोजक नवजनजागृती युवा क्लबले आइतबार सिमरामा पत्रकार सम्मेलन गर्दै शनिबार प्रतियोगिता सुरु हुने जानकारी दिएको हो । सिमरा रङ्गशालाको फ्लड लाइटमा वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा साविक विजेता चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस […]

March 30, 2024

थिम्पुलाई हराउँदै सांग्रिला विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रिला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३–२ गोलले हराउँदै सांग्रिला अन्तिम चारको स्थान सुरक्षित गरेको हो । सांग्रिलाका लागि आशिष चापागाई, सुशिल […]

March 30, 2024

थ्री स्टार तिलौराकोट गोल्डकपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन टोली थ्री स्टार क्लब प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । कपिलवस्तुको बुद्ध मैदानमा शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा थ्री स्टारले कपिलवस्तु ११ लाई ३–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । थ्री स्टारका निरज चौधरीले २ र दीपेश घलेले अर्को गोल गरेका थिए । […]

March 29, 2024

विराट गोल्डकप – एनआरटी क्वाटरफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो । जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डे«गानसँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड […]

Success

Thank you for your time.