March 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लब र जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् । १० खेलाडीमा समेटिएको एपिएफ र जावलाखेलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सुदपयोग गर्न सकेनन् । १८औं मिनेटमा अब्दुल […]
March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नवप्रवेशी चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा हिमालयन शेर्पालाई १-० ले पराजित गर्दै चर्च ब्वाइजले शीर्ष स्थानमा ४ अंकको अग्रता कायम गरेको हो । चर्च ब्वाइजको जितमा आशिष चौधरीले पहिलो हाफमा गरेको गोल नै निर्णायक […]
March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको हो । एफसी खुमलटारलाई २–० ले पराजित गर्दै थ्री स्टारले लिगमा पहिलो जित दर्ता गरेको हो । यसअघि थ्री स्टार पहिलो खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग २–० ले पराजित हुँदा फ्रेन्ड्स क्लबसँग ३–३ गोलको बराबरीमा रोकिएको थियो […]
March 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लबले यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । आर्मीले मछिन्द्रलाई २–० ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । पहिलो खेलमा आर्मी संकटासँग गोलरहित बराबरीमा रोकिएको थियो । ललितपुरको च्यासलस्थित च्यासल रंगशालामा बिहीबार […]
March 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा जावलाखेलले एनआरटीलाई २–१ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित दर्ता गर्न सफल भएको हो । यसअघि जावलाखेलले लिग च्याम्पियन मछिन्द्रलाई ३–१ ले पराजित […]
March 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा पहिलो जित दर्ता गरेको छ । उज्बेकी साइदजामोल दाभ्लातजोनोभको गोलमा मनाङले संकटा क्लबलाई १-० ले हराएको हो । मनाङले लिगमा पहिलो जित दर्ता गर्दा संकटा भने पहिलो हार बेहोर्न पुग्यो । दुवै टोली पहिलो खेलमा बराबरीमा रोकिएका थिए । मनाङले २ […]
March 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर अमृत श्रेष्ठले इन्ज्युरी समयमा गरेको गोलमा हिमालयन शेर्पा क्लबले शहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । शेर्पाले नेपाल पुलिस क्लबमाथि १-० को जित दर्ता गरेको हो । दशरथ रंगशालामा भएको खेलमा शेर्पाले पहिलो हाफमा शेर्पाले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेपनि अग्रता लिएको थिएन । दोस्रो […]
March 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अमेरिकी नागरिक प्रदीप हुमागाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । तर, आवश्यक श्रम स्वीकृति नहुँदा क्लबले उनलाई मुख्य प्रशिक्षकको रुपमा दर्ता गर्न पाएन । श्रम स्वीकृति नभएपनि हुमागाई पछिल्ला दुवै खेलमा बेन्चमा रहेर क्लबलाई प्रशिक्षण दिइरहे । एन्फाले लिगका लागि […]
March 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – खेलको इन्ज्युरी समयमा आत्मघाती गोल गरेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार पहिलो जितबाट वञ्चित बनेको छ । थ्री स्टारले फ्रेन्ड्स क्लबसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । ललितपुरको च्यासलस्थित च्यासल रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टारका अजायी मार्टिन्स, योगेश गुरुङ र प्रदीप लम्सालले गोल गरे […]
March 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । चर्च ब्वाइजले ‘ए’ डिभिजनको अर्काे नव प्रवेशी एफसी खुमलटारलाई ३–१ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित दर्ता गर्न सफल भएको हो । चर्च ब्वाइजको जितमा आशिष चापागाईंले दुई तथा एरिक विष्टले […]