default_image

ए डिभिजन लिग

March 15, 2023

कटुवाल सहायक र डंगोल गोलकिपर प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन् । त्यस्तै विनोद डंगोलले गोल किपर प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले केहि दिन अघि नै नियुक्त पत्र दिएपनि बुधबारमात्र आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको छ । कटुवालले मंगलबार मात्र पनि मछिन्द्र क्लबको प्रशिक्षण […]

March 14, 2023

साविक विजेता मच्छिन्द्रको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र क्लबले पहिलो जित दर्ता गरेको छ । दशरथ रंगशालामा नेपाल पुलिस क्लबलाई २-१ ले हराउँदै मच्छिन्द्रले सिजनको पहिलो खेल जितेको हो । सुरुवाती दुवै खेलमा पराजित मच्छिन्द्रले तेस्रो खेलमा पहिलो अंक जोडेको थियो । चौथो खेलमा पहिलो जित दर्ता गर्दा नाइजेरियन फरवार्ड अ‍ोलावाले […]

March 14, 2023

कप्तान प्रकाश चम्कँदा फ्रेन्ड्सको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान प्रकाश बुढाथोकीले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै फ्रेन्ड्सले चौथो राउन्डमा जित दर्ता गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सको जितमा रफिक एमिनु र कप्तान प्रकाश बुढाथोकीले […]

March 14, 2023

मनिषले पेनाल्टी चुकाउँदा संकटा र चर्च ब्वाइज बराबर

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा क्लब र चर्च ब्वाइज युनाइटेड क्लबले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा मनिष डाँगीले इन्ज्युरी समयमा प्रहार गरेको पेनाल्टी गोलरक्षक एभ्स प्रिसोले जोगाउँदा खेल गोलरहित बराबरीमा सकिएको हो । १६ औं मिनेटमा चर्च ब्वाइजका प्रशान्त लक्षमले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार […]

March 14, 2023

अन्जनले चर्च ब्वाइजबाट डेब्यु गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबाट खेल्ने भएका छन् । लिगको शीर्षस्थानमा रहेको चर्च ब्वाइजले मंगलबार संकटा क्लबको सामना गर्दैछ । एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजे हुने खेलमा अन्जनले चर्च ब्वाइजबाट आधिकारिक डेब्यु गर्नेछन् । यसअघि भारतको आइ लिगमा केन्क्रे […]

March 13, 2023

खुमलटारले शेर्पालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित दर्ता गर्ने क्रममा हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । खुमलटारले शेर्पालाई २–१ ले पराजित गरेको हो । खुमलटारको जितमा मनिष थापा र स्टेफन विनोङ समिरले गोल गरे । शेर्पाका कप्तान विश्वास श्रेष्ठले एक गोल फर्काए । ललितपुरको च्यासलस्थित च्यासल रंगशालामा सोमबार […]

March 12, 2023

आर्मी र एनआरटीको रोमाञ्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब न्यूरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेल्दै अंकका बाँडेका छन् । आर्मी र एनआरटीले ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका हुन् । ललितपुरको च्यासलस्थित च्यासल रंगशालामा आइतबार भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेन्जनले गोल गरे […]

March 12, 2023

मनाङ र मछिन्द्रको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले सहदि स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । मनाङ र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलको दोस्रो मिनेटमा विमल घर्तीमगरको पासमा पुजन उपरकोटीको पेनाल्टी बक्स बाहिरको सशक्त प्रहारलाई मनाङका गोलरक्षक तथा कप्तान […]

March 11, 2023

दीपकको गोलमा सातदोबाटोको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा दीपक राज सिंह ठकुरीले गोल गरेपछि सातदोबाटो युथ क्लबले यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ । फ्रेन्ड्स क्लबलाई १–० ले पराजित गर्दै सातदोबाटोले लिगमा लगातार तेस्रो जित दर्ता गरेको हो । सातदोबाटोको जितमा इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा दीपक राज सिंह ठकुरीले […]

March 11, 2023

पुलिसको लगातार तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार तेस्रो हार बेहोरेको छ । संकटा क्लबसँग ३–० ले पराजित भएसँगै पुलिसले यो सिजनको सुरुवाती तीन खेल नै गुमाउन पुगेको हो । पुलिस पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडसँग २–१ ले तथा दोस्रो खेलमा हिमालयन शेर्पासँग १–० ले पराजित भएको […]

Success

Thank you for your time.