March 29, 2023
धनगढी (हाम्रो खेलकुद) – मनाङ मस्र्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । कागजी प्रक्रिया पूरा गर्न नसकेपछि क्यामरुनका दुई जना खेलाडीले खेल्न पाएनन् । ९ जनाको टोली मनाङविरुद्ध मैदान […]
March 29, 2023
सुनिल गाउँले, सिमरामकवानपुर ११ हेटौंडालाई ३–० ले हराउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि होडमा प्रवेश गरेको छ । बुधबार सिमरा रगंशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुरविरुद्ध आक्रामक खेल खेल खेल्दै एक दशक पछि हिमालयन शेर्पा फाइनल प्रवेश ग¥यो । ०६७ मा सम्पन्न प्रतियोगिताको दोश्रो संस्करणको उपाधि जितेको २०६९ को […]
March 28, 2023
सुनिल गाउँले, सिमरा विभागीय टिम नेपाल एपिएफ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा एपिएफले बनाएको सुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमिफाइनल यात्रा तय ग¥यो । रोमाञ्चक जितसंगै चर्च ब्वाइजले न्युरोड टिम एनआरटीसंगको अन्तिम चारको भेट पक्का ग¥यो […]
March 27, 2023
सुनिल गाउँले,सिमरा ‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई सोमबार २–१ पन्छाउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औं जगदम्बा जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन लिगको शिर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङ्गशालामा पहिलो सहभागितामै निराश बन्न पुग्यो । पहिलो हाफको ३५ औं मिनटमा […]
March 26, 2023
विराटनगर (हाम्रो खेलकुद) – लुका सकर क्लब विराट गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । ए डिभिजन क्लब संकटा क्लबलाई सडन डेथमा हराउँदै लुका सकर अन्तिम चारमा पुगेको हो । विराटनगरको सहिद रंगशालामा आइतबार भएको खेलमा निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टीमा पनि दुवै टिमले ५–५ […]
March 26, 2023
सुनिल गाउँले, सिमरा साविक विजेता न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ‘बी’ डिभिजन क्लब वीरगञ्ज यूनाईटेडसंगको प्रतिस्पर्धामा एनआरटीका लागि एकमात्र गोल अशोक थापाले गरे । खेलको २९ औं मिनटमा कृतिश रत्न चुन्जुको डिबक्स भित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट […]
March 25, 2023
दिपक न्यौपाने, बुटवल मनाङ मस्र्याङ्दी क्लबले पहिलो पटक तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई सडनमा पराजित गर्दै मनाङले उपाधि जितेको हो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । कोफी कौडीले खेलको ५९ औ मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै मनाङलाई अघि बढाए । तर त्यो […]
March 25, 2023
विराटनगर (हाम्रो खेलकुद) – साविक विजेता विभागीय क्लब एपिएफ विराट गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार राति भएको खेलमा भुटानको ड्रुक लुयल फुटबल क्लबलाई २–१ ले पराजित गर्दै एपिएफले अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित समय १–१ को बराबरीतर्फ उन्मुख खेलमा एपिएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टी पाएपछि […]
March 23, 2023
दिपक न्यौपाने , बुटबल मनाङ मस्र्याङ्दी क्लब २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटबल एन्फा टेक्निकल सेन्टर देविनगरमा जारी प्रतियोगिताको बिहीबार भएको दोस्रो सेमिफाइनलमा अर्को ए डिभिजन टोली फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा ४–३ ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो […]
March 23, 2023
प्रकाश तिमल्सिना, काठमाडौं स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली फुटबल टोली (यू-२३) ले स्वर्ण जित्दाका कप्तान सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आजनै मछिन्द्र क्लबका सहकर्मी रन्जित धिमालसँग अष्ट्रेलिया जाने तयारीमा रहेका सुजलले सन्यासको लागि सहि समय आएको बताएका छन् । ‘हरेक खेलाडीको एउटा समय हुन्छ । […]