April 5, 2023
हिमाल खरेल, मेचीनगर नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर पुजन उपरकोटी झापा धुलाबारीमा बुधबार सम्मानित भएका छन् । धुलाबारी जेसीजकोे ४४ औँ स्थापना दिवसको अवसरमा धुलाबारी स्थायी घर भएका पुजनलाई सम्मान गरिएको जेसीजका अध्यक्ष योगेश राजवंशीले जानकारी दिए । पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा भएको जेसीज सप्ताहको समापन कार्यक्रममा उनलाई नगद १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो […]
April 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो तीन खेलमा लगातार जितबाट बन्चित भएको ए डिभिजन लिगको नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक प्रदिप हुमागाईले प्रशिक्षकको जिम्मेवारीबाट राजिनामा दिएका छन् । अमेरिकी नागरिक हुमागाईले बुधबार विहान सामाजिक संजाल फेसबुकमा श्रम स्वीकृति प्राप्त गर्न नसक्दा क्लब छोडेको बताएका छन् । मंगलबार लिग अन्तर्गत न्यु रोड टिम (एनआरटि) विरुद्ध चर्च […]
April 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) सँग बराबरीमा रोकिएको छ । चर्च ब्वाइजले एनआरटीले २–२ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । च्यासल मैदानमा मंगलबार भएको खेलमा चर्च ब्वाइजमा आशिष चौधरी र कप्तान अनन्त तामाङले गोल गर्दा एनआरटीका […]
April 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार सातदोबाटो युथ क्लबलाई २–१ ले पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा उक्लन सफल भएकाे हो । एन्फा कम्प्लेक्समा जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले गोल गरे । सातदोबाटोका दीपक राज सिंह ठकुरीले एक गोल फर्काए । खेलको […]
April 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भुटानी राष्ट्रिय फुटबल टोलीका कप्तान तथा फरवार्ड चेन्चो ग्याल्सेन सहिद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबमा अनुबन्धित भएका छन् । मछिन्द्रले सोमबार एक कार्यक्रमको आयोजना गर्दै चेन्चोलाई लिग अवधिभरको लागि अनुबन्ध गरिएको जनाएको छ ।सम्झौतामा मछिन्द्रका अध्यक्ष सुनिल कपाली र चेन्चोले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । उनीहरुको सम्झौता […]
April 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सोमबार देखि शुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ राउन्डको खेलमा संकटा क्लब र विभागीय नेपाल एपिएफ क्लबले सफलता हात पारेका छन् । संकटाले खुमलटार युवा क्लबलाई १–० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा संकटाको जितमा पहिलो हाफमा जुनियर एनकेन्गेले गरेको गोल नै निर्णायक बन्यो […]
April 2, 2023
सुबास हुमागाईं, काठमाडौं युवा विंगरद्वय आयुष घलान र मनिष डाँगीले थ्री नेसन्स कपको फाइनलमा गोल गर्दै नेपाललाई उपाधि दिलाए । दशरथ रंगशालामा नेपालले लाओसलाई हराउँदा २१ वर्षीय मनिष प्लेयर अफ द फाइनल बने । त्यस्तै १९ वर्षीय आयुष प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । फाइनल खेलेको २ दिनपछि यी दुवै संकटा क्लबका लागि लिगको खेल खेलिरहेका […]
March 31, 2023
धनगढी (हाम्रो खेलकुद) – छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुबै ए डिभिजन टोलीले मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले उपाधि जित्ने दाबी गरेका छन् । प्रि म्याच कार्यक्रममा शुक्रबार दुवै टोलीका कप्तानले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् । फाइनल धनगढी रंगशालामा हुनेछ । थ्री स्टारका कप्तान विक्रम […]
March 31, 2023
सुनिल गाउँले, सिमरा जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिबार दुई ए डिभिजन टोली चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सिमरा रंगशालामा हुने फाइनलमा दुबै टोली सिजनकै पहिलो उपाधि उचाल्ने दाउमा हुनेछन् । जारी सिजनमा दुबै टिम उपाधि विहिन अवस्थामा छन् । मोफसलका प्रतियोगितामा दुबै टिमको यो दोस्रो फाइनल हो । […]
March 30, 2023
सुनिल गाउँले, सिमरा ‘ए’ डिभिजन लिगको जारी सिजनमा अपराजित चर्च ब्वाइज यूनाईटेड जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि होडमा प्रवेश गरेको छ । सिमरा रगंशबालामा बिहीबार साविक विजेता न्युरोड टिम एनआरटीलाई २–० ले पाखा लगाउँदै चर्च ब्वाईज पहिलो सहभागितामै उपाधि दौडमा आँफूलाई उभ्याउन सफल बन्यो । उपाधि रक्षाको मनोबलका साथ सिमरा आएको एनआरटीविरुद्ध चर्च […]