default_image

ए डिभिजन लिग

April 18, 2023

जगजित बने प्लेयर अफ द म्याच

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबका विंगर जगजित श्रेष्ठ आफ्नो पूर्व क्लब मनाङ मर्स्याङ्दी क्लबविरुद्ध प्लेयर अफ द म्याच घोषित भएका छन् । उनले अवार्डसँगै १० हजार रुपैयाँ प्राप्त गरे । मंगलबार आर्मीले मनाङलाई १-० ले पराजित गर्दा जगजितले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । दोस्रो हाफमा उनले सिर्जना गरेको अवसरमा नै सुदिल […]

April 18, 2023

मनाङलाई हराउँदै आर्मी चौथो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा सुदिल राईले दोस्रो हाफमा गरेको गोलमा आर्मी १-० को जित दर्ता गर्न सफल भयो । मनाङ लिगमा लगातार तेस्रो हार बेहोर्दै अंक तालिकाको पाँचौ स्थानमा झरेको छ । आर्मी र मनाङसहित पाँच […]

April 18, 2023

एन्फाले थ्री स्टारका प्रशिक्षक केसीसँग स्पष्टिकरण माग्यो

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले पछिल्ला दिनका केहि अभिव्यक्तिलाई लिएर थ्री स्टर क्लबका प्रशिक्षक मेघराज केसीसँग स्पष्टिकरण मागेको छ । एन्फाका महासचिव किरण राईले मंगलबार केसीलाई पत्र काट्दै एन्फाले औपचारिकताका लागि मात्र ए डिभिजन लिग गरेको, एन्फा आर्थिक अभावमा रहेको, खेलका दौरान पानी उपलब्ध गराउन नसकेको, एन्फालाई आर्थिक सहयोग गर्न […]

April 18, 2023

एनआरटीले खुमलटारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारलाई पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा एनआरटीले खुमलटारलाई ३–१ ले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको हो ।एनआरटीको जितमा सरोज तामाङ, सन्जिव विष्ट र मोहित गुरुङले गोल गरे । खुमलटारका श्याम मुुर्मुले एक गोल फर्काए । […]

April 17, 2023

‘एन्फाले सक्दैन भने पानीको प्रायोजक म खोजीदिउँला’

ललितपुर (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा १४ टोली छन् । त्यसमध्ये थ्री स्टार क्लब मेघराज केसीको छवि बेग्लै छ । उनी आफ्ना विचार प्रष्टसँग राख्छन् । पोष्ट म्याच कन्फ्रेन्समा उनी आफ्नो वा विपक्षी टोलीको प्रदर्शनमा मात्र सिमित हुँदैनन् । फुटबलमा आफूले देखेको कमजोरी प्रष्ट राख्छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को […]

April 17, 2023

शेर्पाको पोस्टमा फ्रेन्ड्सको ६ गोल

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन जोनमा रहेको फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबमाथि सानदार जित हात पारेको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा फ्रेन्ड्सले शेर्पामाथि ६–० को सानदार जित दर्ता गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । यसअघि फ्रेन्ड्सले चौथो चरणमा जावलाखेल युथ क्लबमाथि २–१ को जित निकालेको थियो […]

April 17, 2023

थ्री स्टार र चर्च ब्वाइजको बराबरी

काठमडाौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । च्यासल रंगशालामा सोमबार भएको खेलमा थ्री स्टार र चर्च ब्वाइजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा चर्च ब्वाइजले पकड जमाएपनि थ्री स्टारको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन पुग्यो । थ्री […]

April 16, 2023

सातदोबाटोलाई पुलिसले रोक्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युवा क्लबलाई बराबरीमा रोकेको छ । दशरथ रंगशालामा आइतबार पुलिस र सातदोबाटोबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि अग्रता लिन सकेनन् । यस बराबरीसँगै सातदोबाटो ९ खेलमा १७ अंकसहित दोस्रो स्थानमा कायम छ । शीर्षस्थानमा रहेको […]

April 16, 2023

तनावपूर्ण खेलमा संकटाले एपिएफलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – तीन रातो कार्ड देखाइएको खेलमा संकटा क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ । च्यासल मैदानमा निर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु भएको खेलमा संकटा १-० ले विजयी भएको हो । दिउँसो ३ बजे सुरु हुनुपर्ने खेल जर्सी जुध्दा झन्डै आधा घण्टा ढिलो सुरु भएको थियो । संकटाका गोलरक्षक टिकेन्द्र थापा […]

April 16, 2023

जर्सी जुध्दा संकटा र एपिएफको खेल सुरु हुन सकेन

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नवौं चरणमा संकटा क्लब र नेपाल एपिएफ फुटबल क्लबबीचको खेल जर्सी जुध्दा सुरु हुन सकेको छैन । च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुनुपर्ने खेल जर्सीको रंग जुध्दा सुरु हुन नसकेको हो । एपिएफका खेलाडीले लगाउने निलो जर्सी र संकटाका गोलरक्षकको जर्सी जुध्दा खेल सुरु […]

Success

Thank you for your time.