default_image

ए डिभिजन लिग

April 22, 2023

मेसुकेको दुई गोलमा मनाङको हार

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड मेसुके ओलोमोउले दुई गोल गरेपछि एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । खुमलटारले मनाङमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । खेलमा एक पेनाल्टी चुकाउँदा मनाङ जितबाट वञ्चित बन्यो । कोफी टिमोथी कोडुले पेनाल्टीमा एक गोल गर्दा अर्काे गोल चुकाएपछि मनाङ पराजित […]

April 22, 2023

उमेर नपुग्दा दिपाले भारतीय लिग नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दिपा शाहीले भारतीय महिला लिगको टोली लर्ड्स फुटबल एकेडेमीबाट नखेल्ने भएकी छिन् । भारतको व्यावसायिक लिग खेल्न विदेशी खेलाडीको उमेर १८ वर्ष पार भएको हुनुपर्ने भएपछि दिपाले प्रतियोगिता गुमाउने भएकी हुन् । क्लबसँग सम्झौता भएर कागजी प्रक्रिया अघि बढ्दा दिपालाई भारतीय फुटबल महासंघले दर्ता गर्न […]

April 21, 2023

लिगमा आर्मी र पुलिसले अंक बाँडे

काठमाडौं ( हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले अंक बाँडेका छन्। सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्सको‌ मैदानमा भएको विभागीय डर्बी गोलरहित बराबरीमा सकिएको थियो। दुबै टोलीले गोलका केहि अवसर सृजना गरेपनि गोलको खाता खोल्न सकेन । बराबरीपछि पाँचौं स्थानको आर्मीको १६ अंक पुगेको […]

April 21, 2023

सन्जिवको गोलमा एपिएफ माथि एनआरटीको जित

काठमाडौं (हाम्रो खेलकुद) – न्यूरोड टिम एनआरटीले शुक्रबार सहिद स्मारक ए डिभिजन लिगमा विजय प्राप्त गरेको छ । च्यासल फुटबल मैदानमा भएको खेलमा एनआरटीले एपिएफ फुटबल क्लबलाई १-० ले हराएको हो । सन्जिव विष्टको गोल खेलमा निर्णायक बनेको‌ थियो । खेलको ७९ औं मिनेटमा सन्जिवले गोल गरेका थिए । जारी लिगमा एनआरटीको यो तेस्रो जित […]

April 20, 2023

महर्जनको‌ प्रशिक्षणपछि चर्च ब्वाइजको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- बालगोपाल महर्जनले प्रशिक्षण सम्हालेपछि चर्च ब्वाइज युनाइटेड क्लबले पहिलो जित हासिल गरेको छ। दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा सातदोबाटो युथ क्लबलाई २-१ ले हराउँदै जित निकालेको हो । महर्जनले प्रशिक्षण सम्हालेपछि चर्च ब्वाइजले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी र अर्को खेलमा फ्रेन्ड्स क्लबसँग १-१ को‌ बराबरी खेलेको थियो। मिलन राईको निर्णायक गोलमा […]

April 20, 2023

शेर्पालाई हराउँदै थ्री स्टार दोस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा शेर्पालाई १–० ले पराजित गर्दै थ्री स्टार दोस्रो स्थानमा उक्लन सफल भएको हो । थ्री स्टारको जितमा लाकेन लिम्बुले गरेको गोल नै निर्णायक बन्यो । उनले १४औं मिनेटमा […]

April 19, 2023

फ्रेन्ड्ससँग संकटाको हार

काठमाडौं (हाम्रो खेलकुद)– फ्रेन्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । अघिल्लो खेलमा हिमालयन शेर्पा क्लबमाथि ६–० को विजय प्राप्त गरेको फ्रेन्ड्सले बुधबार दशरथ रंगशलामा संकटा क्लबलाई ३–१ ले हराएको थियो । फ्रेन्ड्सलाई जित दिलाउन कप्तान प्रकाश बुढाथोकी, टोरिक जेब्रिन र राफिक एमिनुलेब गोल गरे । संकटाका लागि जुनियर एनकेनगुएनलेब […]

April 19, 2023

पुलिसमाथि जावलाखेलको गोल वर्षा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लबले पुछारमा रहेको विभागीय नेपाल पुलिस क्लबमाथि गोल वर्षा गर्दै सानदार जित दर्ता गरेको छ । च्यासल मैदान बुधबार भएको खेलमा जावलाखेलले १० खेलाडीमा समेटिएको पुलिसमाथि ६–१ को एकपक्षीय जित निकालेको हो । जावलाखेलको जितमा हिसव थपलिया र एनकोटो मासोएवीले समान दुई […]

April 19, 2023

पाण्डेले फोर्थ अफिसियललाई हातपात गरे

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार दशरथ रंगशालामा भएको खेलपछि एपिएफका सहायक व्यवस्थापक जिवेश पाण्डेले फोर्थ अफिसियल ज्ञान बहादुर मोक्तानलाई हातपात गरेका छन्। खेलमा थपिएको ७ मिनेट इन्ज्युरी समयको चौथो मिनेटमा पाण्डेले फोर्थ अफिसियलसँग रेफ्रीको निर्णयप्रति आक्रोश जनाएका थिए । त्यसबेला पाण्डेलाई खेलका रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड दिएका थिए। खेल […]

April 19, 2023

मछिन्द्रमाथि एपिएफको जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ । अर्मान्ड विडोमको निर्णायक गोलमा एपिएफले मछिन्द्रलाई १–० ले पराजित गरेको हो । अर्मान्डले पहिलो हाफमा गरेको गोल नै एपिएफको जितमा निर्णायक बन्यो । त्रपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा अर्मान्डले ३९औं मिनेटमा […]

Success

Thank you for your time.