default_image

ए डिभिजन लिग

May 12, 2023

संकटालाई हराउँदै पुलिसले रेलिगेसन क्षेत्र छोड्यो

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा रेलिगेसन क्षेत्र छाडेको छ । दशरथ रंगशालामा शुक्रबार संकटा क्लबलाई २-१ ले हराउँदै पुलिस अंक तालिकामा पुछारको स्थान छोड्न सफल रहयो । पुलिसको जितमा दुवै गोल विदेशी खेलाडीले गरे । मोजेस ग्याबा र मोहमद आशिकले पुलिसका लागि गोल गर्दा […]

May 12, 2023

ए डिभिजनमा आज रेलिगेसन क्षेत्रको भिडन्त

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार रेलिगेसन क्षेत्रमा रहेका क्लबहरुबीच मध्य तालिकामा उक्लनका लागि प्रतिस्पर्धा हुँदैछ । आज अंक तालिकाको तल्लो भागमा रहेका ७ मध्य ६ टोली प्रतिस्पर्धामा हुनेछन् । दिउँसो ३ बजे दशरथ रंगशालामा संकटा क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछ । पछिल्लो खेलमा सातदोबाटोलाई हराउँदै संकटाले ६ खेलको जितविहिन […]

May 11, 2023

फ्रेन्ड्सलाई हराउँदै जावलाखेल शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युवा क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । च्यासल मैदानमा फ्रेन्ड्स क्लबलाई ४-१ ले हराउँदै जावलाखेल शीर्ष स्थानमा फर्किएको हो । जावलाखेलको जितमा एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १-१ गोल गरे । फ्रेन्ड्सका लागि श्याम बाबु क्यापछाकीले गोल फर्काए । जावलाखेलको १७ […]

May 11, 2023

लिगको एकमात्र खेलमा जावलाखेल र फ्रेन्ड्स भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ अन्तर्गत विहीबार हुने एकमात्र खेलमा जावलाखेल युवा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुँदैछन् । खेल दिउँसो ३ बजे च्यासल मैदानमा हुनेछ । पहिलो लेगको खेलमा फ्रेन्ड्सले जावलाखेललाई २-१ ले पराजित गरेको थियो । पछिल्लो ५ मध्य ४ खेलमा जित निकाल्न नसकेको जावलाखेलले मंगलबार मात्र हिमालयन […]

May 10, 2023

एपिएफले आर्मीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागिय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई नेपाल एपीएफ फुटबल क्लबले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएकाे खेलमा एपीएफले आर्मीलाई ३-० काे फराकिलाे अन्तरले पराजित गर्याे । एपिएफको जितमा अर्मान्ड बेडम, आवास लामिछाने र कप्तान नवीन लामाले १-१ गोल गरे । खेलकाे ४१ […]

May 10, 2023

मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइज पुन: शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्सको मैदानमा बुधबार उपाधिको दावेदार मच्छिन्द्रलाई २-१ ले हराउँदै चर्च ब्वाइज पुन: शीर्षस्थानमा फर्किएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गर्दा अर्को गोल आत्मघाती गोल भएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत बराबरी फर्काएपनि […]

May 10, 2023

चर्च ब्वाइज र मच्छिन्द्र शीर्षस्थानमा उक्लन भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार दुई खेल हुँदैछन् । दिउँसो ३ बजे हुने खेलमा अंक तालिकाको शीर्ष स्थानमा उक्लन प्रतिस्पर्धा हुँदैछ । एन्फा कम्प्लेक्समा ३ बजे सुरु हुने खेल चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र क्लबबीच हुनेछ । पछिल्लो तीन खेलमा लगातार जित हासिल गरेको चर्च ब्वाइज अंक तालिकामा ३ […]

May 9, 2023

जावलाखेल शीर्षस्थानमा फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – चार खेलको जितविहिन यात्रामा पूर्णविराम लगाउँदै जावलाखेल युवा क्लब सहिद स्मारक ए डिभिजन लिग २०७९ को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रंगशालामा मंगलबार जावलाखेलले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गर्यो । पहिलो हाफको आत्मघाती गोल नै जावलाखेलको जितमा निर्णायक सावित भयो । यस जितसँगै जावलाखेल १६ खेलमा २७ अंकका साथ […]

May 9, 2023

थ्री स्टार र एनआरटीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लब र न्यु रोड टिम (एनआरटी)ले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार भएको खेलमा अंक बाँडेका छन् । दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिँदा खेलमा दुवैले १-१ अंक बाँडे । बराबरीका बाबजुद थ्री स्टार दोस्रो स्थानमा उक्लिएको छ । क्लबको १६ खेलमा २५ अंक छ । यस्तै […]

May 9, 2023

चर्च ब्वाइजलाई अपि पावरको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडलाई अपि पावर कम्पनि लिमिटेडले प्रायोजन गरेको छ । मंगलबार एक कार्यक्रममाझ अपि र चर्च ब्वाइजले सम्झौतामा हस्ताक्षर गरे । चर्च ब्वाइजका लागि अध्यक्ष टंकलाल राई र प्रबन्ध निर्देशक संजिव न्यौपानेले हस्ताक्षर गरे । कार्यक्रममा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले मुख्य प्रायोजकको […]

Success

Thank you for your time.