May 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा फ्रेन्ड्स क्लब कुपन्डोल सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) सँग बराबरीमा रोकिएको छ । फ्रेन्ड्स र एनआरटीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा फ्रेन्ड्सका रफिक अमिनु र अमित तामाङले गोल गर्दा एनआरटीका निकोलस सर्ज सङले […]
May 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युवा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । च्यासल मैदानमा जावलाखेलले २-० को अग्रता लिएपनि जित निकाल्न सकेन । जावलाखेलले एनकोटो मासोआबी र हिसुब थपलियाको गोलमा अग्रता लिएको थियो । तर अन्त्यतिर भिषण गुरुङ र सुमित श्रेष्ठले गोल […]
May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड दिपक राज सिंह ठकुरीले दुई गोल र एक असिस्टसहित उत्कृष्ट प्रदर्शन गर्दा सहिद स्मारक ए डिभिजन लिग २०७९ मा सातदोबाटो युवा क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा शनिबार सातदोबाटोले ३-० को जित दर्ता गरेको हो । सातदोबाटोको जितमा दिपकले २ तथा विलियम ओपोकुले १ गोल गरे […]
May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबलाई पराजित गर्दै साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ । थ्री स्टारलाई १–० ले पराजित गरेपछि मछिन्द्रले थ्री स्टारलाई नै पछि पार्दै लिगको तेस्रो स्थानमा उक्लन सफल भएको हो ।च्यासल रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रको जितमा पहिलो हाफमा जापानी […]
May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा लगातार दोस्रो पटक चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ । दशरथ रंगशालामा शनिबार आर्मीले १-० को जित दर्ता गरेको हो । जिलेस्पी जंग कार्कीको एकमात्र गोलमा आर्मी ३ अंक हासिल गर्न सफल रहयो । यसअघि पहिलो लेगमा पनि आर्मीले १-० ले […]
May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार तीन खेल हुँदैछन् । दशरथ रंगशाला र च्यासल मैदानमा हुने खेलमा लिगको शीर्ष भागमा रहेका टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । दिउँसो ३ बजे दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । पछिल्लो ४ खेलमा लगातार जित दर्ता गरेको चर्च […]
May 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो हाफमा २-० ले पछि परेको स्थितिबाट पुनरागमन गर्दै न्यु रोड टिम (एनआरटी) ले सहिद स्मारक ए डिभिजन लिगमा फुटबल क्लब खुमलटारलाई पराजित गरेको छ । दशरथ रंगशालामा शुक्रबार एनआरटीले ३-२ को जित दर्ता गर्दै अंक तालिकाको नवौं स्थानमा उक्लियो । एनआरटीको १७ खेलमा ५ जित, ६ बराबर र ६ हारसँगै […]
May 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङ–मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरीमा रोकिएको छ । मनाङ हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा मनाङका निरन्जन धामीले गोल गर्दा शेर्पाका एबायोमी फकुन्लेले बराबरी गोल फर्काए । खेलको १३औं मिनेटमा निरन्जन धामीको गोलबाट मनाङले १–० को […]
May 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा रेलिगेसन क्षेत्र छाडेको छ । दशरथ रंगशालामा शुक्रबार संकटा क्लबलाई २-१ ले हराउँदै पुलिस अंक तालिकामा पुछारको स्थान छोड्न सफल रहयो । पुलिसको जितमा दुवै गोल विदेशी खेलाडीले गरे । मोजेस ग्याबा र मोहमद आशिकले पुलिसका लागि गोल गर्दा […]
May 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार रेलिगेसन क्षेत्रमा रहेका क्लबहरुबीच मध्य तालिकामा उक्लनका लागि प्रतिस्पर्धा हुँदैछ । आज अंक तालिकाको तल्लो भागमा रहेका ७ मध्य ६ टोली प्रतिस्पर्धामा हुनेछन् । दिउँसो ३ बजे दशरथ रंगशालामा संकटा क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछ । पछिल्लो खेलमा सातदोबाटोलाई हराउँदै संकटाले ६ खेलको जितविहिन […]