default_image

ए डिभिजन लिग

April 17, 2025

ए डिभिजनका‌ अधिकांश क्लबले एन्फाले गर्ने नकआउट नखेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- ए डिभिजनका अधिकांश क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै महिना गर्ने भनेको लिग कम नटआउट फुटबल प्रतियोगिता नखेल्ने भएका छन् । एन्फाको क्यालेण्डरमा नभएको, तयारीका लागि समय अपुग, खेलाडी अभाव, क्लब लाइसेन्सिङको प्रक्रिया अघि नबढेको लगायतका कारण देखाउँदै ए डिभिजनका सामूहिक छलफलबाट वैशाख २० बाट सुरु हुने भनिएको प्रतियोगिता नखेल्ने सहमति […]

April 12, 2025

एनआरटीमा जोशीको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको पुरानो खेल मध्येको एक काठमाडौं खेल मण्डल (एनआरटी) को नेतृत्वमा सुन्दर नरसिंह जोशीले निरन्तरता पाएका छन् । एनआरटीको शनिवार भएको नयाँ कार्यसमितिको निर्वाचिनमा जोशीले किशोर भट्टराइलाई पराजित गरे । जोशी तेस्रो कार्यकालको लागि अध्यक्ष चुनिएका हुन् । ११ सदस्यीय कार्यसमितिमा नवीन सुवाल उपाध्यक्षमा निर्वाचित भए । उनको प्रतिस्पर्धी गौतमबहादुर मालाकार थिए […]

April 12, 2025

हिमालयन शेर्पालाई जीतपुरसिमरा गोल्डकपको उपाधि

सुनिल गाउँले, सिमरा ए डिभिजन टोली हिमालयन शेर्पा क्लबले जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबलाई गए राति भएको फाइनलमा ४-१ ले हराउँदै हिमालयन शेर्पा च्याम्पियन बनेको हो। हिमालयन शेर्पाले यो वर्ष जितेको थियो उपाधि हो । सिमरा गोल्डकप कपमा चौथो पटक फाइनल खेल्दा दोस्रो पटक […]

April 11, 2025

एनआरटीको अध्यक्षमा जोशी र भट्टराईको उम्मेदवारी

काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]

April 11, 2025

मच्छिन्द्र र हिमालयन शेर्पा फाइनल खेल्दै

सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन्‌ । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]

April 9, 2025

मच्छिन्द्र जीतपुरसिमरा गोल्डकप फाइनलमा

सुनिल गाउँले,सिमरा मच्छिन्द्र फुटबल क्लब लगातार दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । १५ औं जीतपुरसिमराको मंगलवार राति भएको पहिलो सेमिफाइनलमा चितवनको हनामी विएफसी भरतपुरलाई १-० हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो। गत बर्ष फाइनलमा‌ मच्छिन्द्र नेपाल पुलिस क्लबसँग पराजित भएको थियो। मच्छिन्द्रको जित दिलाउन परिवर्तित खेलाडी अनिल रानामगरले ६८ औं मिनेटमा निर्णायक […]

April 8, 2025

हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकप सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार राति भएको खेलमा अर्को ‘ए’ डिभिजन टोली फ्रेण्डस क्लबलाई १-० ले हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो। योसँगै जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि बुधवार आयोजक […]

April 7, 2025

एन्फा लिगको सट्टा लिग कम नकआउट गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि लिग कम नकआउट प्रतियोगिता गर्ने भएको छ। एएफसी क्लब च्याम्पियनसिपमा नेपालको टोली पठाउनको लागि यो प्रतियोगिता गर्न लागेको हो। नियम अनुसार एएफसीको यो प्रतियोगितामा लिग विजेता टोली भाग लिनुपर्ने हो। तर एन्फाले सहिद स्मारक ए डिभिजन लिग सञ्चालन गर्न सकेन । जसको […]

April 7, 2025

मच्छिन्द्र जीतपुरसिमरा गोल्ड कपको सेमिफाइनलमा

सुनिल गाउँले,सिमरा मच्छिन्द्र फुटबल क्लब १५औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । साविक विजेता पुलिसलाई आइतवार राति भएको खेलमा टाइब्रेकरमा पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारको यात्रा तय गर्यो। मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने । प्लेयर अफ दि म्याच विशालले टाइब्रेकरमा पुलिसको अन्तिम पेनाल्टीलाई रोकेपछि मच्छिन्द्र ४–३ ले विजयी भयो। निर्धारित समयको […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

Success

Thank you for your time.