default_image

Featured

November 5, 2024

स्कटल्याण्डका सोलले विराटनगरबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डका तीव्र गतिका बलर क्रिस सोलले नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले सोललाई चौथो विदेशी खेलाडीको रुपमा आफ्नो टोलीमा आबद्ध गरेको मंगलवार सामाजिक संजाल मार्फत जनाएको छ । सोलले स्कटल्याण्डका लागि ३१ ओडिआई र १७ टि ट्वान्टी आई खेल्दै ६८ विकेट लिएका छन् । सोलले […]

November 5, 2024

नामिबियाका इटन र कुशल सॅंगै खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले नामिबियाका अलराउन्डर जान लिफ्टी इटन चितवन राइनोजले अनुबन्ध गरेको छ । टोलीका चौथो विदेशी खेलाडी रुपमा चितवनले इटनलाई अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जानकारी गराएको छ । चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांग तथा दोस्रो विदेशी खेलाडीका […]

November 5, 2024

नेयमार फेरि घाइते

एजेन्सी – करिब एक वर्षपछि मैदान फर्किएका ब्राजिली फरवार्ड नेयमारलाई पुनः चोट लागेको छ । एएफसी च्याम्पियन्स लिग एलिटमा साउदी क्लब अल हिलालले इरानको एस्टेगलाललाई ३–० ले पराजित गरेको खेलमा नेयमारलाई चोट लागेको हो। नेयमार दुई साता अघि मात्रै चोटमुक्त हुँदै मैदानमा फर्किएका थिए थए । तर, दुई खेलपछि नै नेयमार फेरि घाइते भएका हुन् […]

November 5, 2024

मुस्ताफा सुदूरपश्चिममा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – युएईका अलरान्डर रोहन मुस्ताफा पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । सुदूरपश्चिमले चौथो विदेशी खेलाडीको रुपमा मुस्ताफालाई टोलीमा अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जनाएको छ । यसअघि सुदूरपश्चिमले स्कटल्याण्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेबलाई टोलीमा अनुबन्ध गरिसकेको छ । तेस्रो विदेशी खेलाडीको रुपमा […]

November 5, 2024

अमेरिकी मिलन्थाले जनकपुरबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंकामा मुल थलो भएका अमेरिकाका क्रिकेटर लाहिरु मिलन्थाले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । जनकपुरले चौथो विदेशी खेलाडीको रुपमा विकेटकिपर ब्याटर मिलन्थालाई टोलीमा अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जनाएको छ । ३० वर्षिय मोहसिनले हालसम्म ४६ टि ट्वान्टी खेलेका मोहसिनले १ हजार ८२ रन बनाएका छन् । जनकपुरले […]

November 5, 2024

फुलहमले ब्रेन्टफर्डलाई हरायो

एजेन्सी – फुलहमले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा ब्रेन्टफर्डविरुद्ध जित निकालेको छ । फुलहमको घरेलु मैदानमा सोमबार राती भएको खेलमा घरेलु टोलीले २-१ को जित हात पार्यो । घरेलु टोलीको जितमा दुवै गोल ह्यारी विलसनले गरे । पाहुना टोलीका लागि भने भिटाली जनेल्टले गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता भने पराजित ब्रेन्टफर्डले लिएको थियो । […]

November 5, 2024

नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

डालस (हाम्रो खेलकुद) – आधिहुरीको सम्भावनासँगै आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । राष्ट्रिय मौसम विभागका अनुसार अमेरिकी समय दिउँसो १ देखि ४ बजेसम्म आधिहुरीको सम्भावनाछ […]

November 5, 2024

आधिहुरीको चेतावनीसँगै नेपाल र स्कटल्यान्डबीचको खेल रद्द हुने सम्भावना

डालस, (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द हुने सम्भावना धेरै बढेको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको छ । राष्ट्रिय मौसम विभागका अनुसार अमेरिकी समय दिउँसो १ देखि ४ बजेसम्म आधिहुरीको सम्भावनाछ । जसको […]

November 5, 2024

फेरि नेपाल र स्कटल्यान्डबीचको खेल रोकियो

डालस, (हाम्रो खेलकुद) – सामान्य वर्षाको कारण आईसीसी विश्वकप लिग(२ मा नेपाल र स्कटल्यान्डबीचको खेल फेरि रोकिएको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको छ । आसिफ शेख ९ र कुशल भुर्तेल क्रिजमा छन् । त्यसअघि १ ओभरमा १ रन बनाउँदा […]

November 4, 2024

नेपाल र स्कटल्यान्डबीचको खेल सुरुवातमै रोकियो

डालस,(हाम्रो खेलकुद) – सामान्य वर्षाको कारण आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रोकिएको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १ ओभरमा २ रन बनाएको छ । तर सामान्य वर्षाको कारण पिच कभरले ढाकिएको छ । दुबै टोलीका खेलाडी डग आउटमा छन् । अम्पायर पनि मैदान बाहिर […]

Success

Thank you for your time.