November 6, 2024
एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ हालाण्ड चल्न नसक्दा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको जारी सिजनमा पहिलो हार बेहोरेको छ । पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग सिटी मंगलवार ४-१ ले पराजित भएको हो । घरेलु मैदानमा सिपीलाई जित दिलाउन भिक्टर ग्योकेरेसले ह्याट्रिक र अर्को गोल अराजोले गरे । सिटीका लागि फिल फोडेनले गोल गरे । चौथो […]
November 5, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) २०२५ का लागि नेपाली खेलाडीले रजिस्ट्रेसन गरेका छैनन् । आइपिएलले मंगलवार जारी गरेको रजिस्ट्रेसन खेलाडीको सुचीमा नेपाली खेलाडीको सहभागिता छैन । सुचीमा एसोसिएट राष्ट्रका ३० खेलाडीको नाम समावेश छैन । सोमवारसम्म खुला भएको खेलाडी रजिस्ट्रेसनमा कुल १ हजार ५ सय ७४ खेलाडीले आफुलाई सुचीकृत गरेका हुन् । जसमा सबैभन्दा धेरै […]
November 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेश श्रेष्ठ स्मृती यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधीका लागि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुने भएको छ । बुधवार विराटनगरमा रहेको गिरिजा प्रसाद कोइराला क्रिकेट मैदानमा साबिक विजेता सुदूरपश्चिम र लुम्बिनीबीचको फाइनल खेल बिहान ९ बजेबाट सुरु हुनेछ । सिङ्गल राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा ७ टोलीको सहभागीता रहेको थियो […]
November 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन्स मार्सल आर्टस क्लब अमेरिकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको स्वागतमा न्युयोर्कमा सोमवार कार्यक्रम आयोजना गरेको छ। ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाको च्याम्पियन्स मार्सल आर्टस क्लबका अध्यक्ष हुन् । सदस्य सचिवले राखेपले एसियाली खेलकुदको तयारीका मिसन २०२६ अन्तर्गतको प्रशिक्षण मंसिर १ […]
November 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – इङ्ग्ल्याण्डका क्रिकेटर सन एस्किनाजी पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) का लागि काठमाडौं गुर्खाजमा अनुबन्ध भएका छन् । काठमाडौंले तेस्रो विदेशी खेलाडीको रुपमा विकेटकिपर ब्याटर एस्किनाजीलाई टोलीमा अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जनाएको छ । काठमाडौंले पहिलो विदेशी खेलाडीका रुपमा नेदरल्यान्ड्सका विस्फोटक ब्याटर माइकल लेभिट र दोस्रो विदेशी खेलाडीको रुपमा नामिबिया क्रिकेट टिमका […]
November 5, 2024
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको ओडिआई सिरिजमा ओमानले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । मंगलवार ओमानको मस्कटमा सम्पन्न खेलमा घरेलु टोलीले नेदरल्यान्ड्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । आफ्नो ओडिआई इतिहासमा पहिलो पटक नेदरल्यान्ड्समाथि ओमानले जित हात पारेको हो । नेदरल्यान्ड्सले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य ओमानले ३४.१ ओभरमा २ […]
November 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डका तीव्र गतिका बलर क्रिस सोलले नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले सोललाई चौथो विदेशी खेलाडीको रुपमा आफ्नो टोलीमा आबद्ध गरेको मंगलवार सामाजिक संजाल मार्फत जनाएको छ । सोलले स्कटल्याण्डका लागि ३१ ओडिआई र १७ टि ट्वान्टी आई खेल्दै ६८ विकेट लिएका छन् । सोलले […]
November 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले नामिबियाका अलराउन्डर जान लिफ्टी इटन चितवन राइनोजले अनुबन्ध गरेको छ । टोलीका चौथो विदेशी खेलाडी रुपमा चितवनले इटनलाई अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जानकारी गराएको छ । चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांग तथा दोस्रो विदेशी खेलाडीका […]
November 5, 2024
एजेन्सी – करिब एक वर्षपछि मैदान फर्किएका ब्राजिली फरवार्ड नेयमारलाई पुनः चोट लागेको छ । एएफसी च्याम्पियन्स लिग एलिटमा साउदी क्लब अल हिलालले इरानको एस्टेगलाललाई ३–० ले पराजित गरेको खेलमा नेयमारलाई चोट लागेको हो। नेयमार दुई साता अघि मात्रै चोटमुक्त हुँदै मैदानमा फर्किएका थिए थए । तर, दुई खेलपछि नै नेयमार फेरि घाइते भएका हुन् […]
November 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईका अलरान्डर रोहन मुस्ताफा पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । सुदूरपश्चिमले चौथो विदेशी खेलाडीको रुपमा मुस्ताफालाई टोलीमा अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जनाएको छ । यसअघि सुदूरपश्चिमले स्कटल्याण्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेबलाई टोलीमा अनुबन्ध गरिसकेको छ । तेस्रो विदेशी खेलाडीको रुपमा […]