default_image

Featured

January 4, 2025

एन्फा महिला लिग – एपिएफको सामना गर्दै बागमती

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज पनि एक खेल हुँदैछ । बागमती युथ क्लबले दोस्रो चरणमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ । सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो १२ बजे सुरु हुनेछ । कोशी प्रदेशले अन्तिम चरणको लिगबाट नाम फिर्ता लिएपछि छैटौं स्थानको बागमतीले लिगमा मौका पाएको थियो […]

January 4, 2025

बेलिंघमको निर्णायक गोलमा रियलको जित

एजेन्सी – जुड बेलिंघमले इन्ज्युरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई हराएको छ। शनिवार बिहान भएको खेलमा रियलले २-१ को जित हात निकालेको हो । १-० ले पछि परेको खेल उल्टाउँदै जित निकालेको रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। भ्यालेन्सियाको घरेलु मैदानमा रियलका लुका मोड्रिचले बराबरी गोल गरे […]

January 4, 2025

जय ट्रफीका लागि मधेशको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपका लागि मधेश प्रदेशको टोली घोषणा भएको छ । एलिट कप भोलि सुरु हुँदैछ। मधेश प्रदेश क्रिकेट संघले शुक्रवार हरिशंकर शाहको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । बागमती प्रदेशसँग खेल्दै मधेशले प्रतियोगिताको सुरुवात गर्नेछ । मधेशले दोस्रो खेलमा नेपाल पुलिस क्लबको लिग चरणको अन्तिम खेलमा त्रिभुवन […]

January 3, 2025

वालिङमाथि पुलिसको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको अन्तिम चरणको आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई सहजै हराएको छ। सातदोबाटोस्थित एन्फाको मैदानमा शुक्रवार पुलिसले वालिङलाई ५-० ले पराजित गर्यो । पुलिसको जितमा अनुष्का शर्मा र सम्झना लावतीले समान २ तथा पूजा रानाले एक गोल गरिन् । खेलको २६औं मिनेटमा अनुष्का निर्मला उपाध्यायको […]

January 3, 2025

तेक्वान्दो लिग – शुभम र सोनाम विजयी

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंका शुभमजंग कुमार र चितवनका सोनाम महतोले दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका छन् । टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका–५ को कार्यालयमा शुक्रवार सुरु भएको तेक्वान्दो लिगमा शुभम जंगले पुरुष र सोनामले महिला फाइटमा स्वर्ण पदक जितेका हुन् । शुभमले ४६ देखि ५० केजी तौलसमूहको फाइनलमा काठमाडौंका करण डोलीलाई […]

January 3, 2025

ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप फागुनमा

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप फागुनमा आयोजना हुने भएको छ । इ–स्पोर्टस संघ नेपाल (इशान) ले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप फागन ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी गराएको छ । च्याम्पियनसिपमा ई–फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई–स्पोर्टको ६ विधा समावेश गरिएको इशानका […]

January 3, 2025

उसुका लामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- हाइड एन्ड सिक किन्डर गार्टेनले ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता उसुका आङबाबु लामालाई सम्मान गरेको छ । वनस्थलीको ढुंगेधारास्थित किन्डर गार्टेनले शुक्रवार आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा सागका स्वर्णविजेता उसुका पूर्वखेलाडी तथा प्रशिक्षक लामालाई सम्मान गरेको हो । किन्डर गार्टेनकी निर्देशक इन्दिरा गौतम र संस्थापक प्रिन्सिपल कुमुद भट्टले  सागका […]

January 3, 2025

एनओसीमा आबद्ध २७ संघलाई राखेपले सोध्यो स्पष्टीकरण

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को‌ निर्वाचनमा भाग वा नलिएका सबै २७ राष्ट्रिय संघलाई शुक्रवार स्पष्टीकरण सोधेको छ। सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै शनिवार अनलाइनमार्फत भएको निर्वाचनमा एनओसीमा आबद्ध २० संघका‌ प्रतिनिधिले मतदान गरेका थिए। निर्वाचनमा भाग लिए वा नलिएका सबै संघलाई राखेपले ३ दिन भित्र स्पष्टीकरण बुझाउन […]

January 3, 2025

इन्डो नेपाल भलिबल – एपिएफको संघर्षपूर्ण जित

सुमन अधिकारी,बुटवल एपिएफले करिब ३ घण्टाको समय खर्चेर बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा पहिलो जित निकालेको छ । प्रतियोगिताको तेस्रो दिन शुक्रवार एपिएफले गल्कोट भलिबल क्लबलाई संघर्षपूर्ण खेलमा ३-२ ले पराजित गरेको हो । चिसो र हुस्सुसंगै शीत परेपछि मैदान गिलो भएर विहिवार स्थगित एपिएफ र गल्कोटबिचको खेल […]

January 3, 2025

अस्ट्रेलियाविरुद्ध भारत सस्तैमा समेटियो

एजेन्सी – अस्ट्रेलियाका तीव्र गतिका बलरहरु चम्कँदा पाँचौ टेस्टको पहिलो इनिङमा भारत सस्तैमा समेटिएको छ । बोर्डर गावास्कर ट्रफीको पाँचौ तथा अन्तिम टेस्टको पहिलो इनिङमा भारत १ सय ८५ रनमा समेटिएको हो । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारत पहिलो दिनको खेल समाप्ति हुनु केही अघि १ सय ८५ रनमा अल आउट […]

Success

Thank you for your time.