default_image

Featured

September 15, 2024

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी

एजेन्सी – अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि ट्वान्टी आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि ट्वान्टी आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले सिरिज १-१ को बराबरीमा सकाएको हो । तेस्रो तथा निणायक तेस्रो खेल वर्षाका कारण रद्द भएसँगै सिरिज बराबरीमा सकिएको हो । पहिलो खेलमा अस्ट्रेलिया र दोस्रो खेलमा घरेलु टोली विजयी भएको […]

September 15, 2024

प्रधान सेनापति ट्रफी – एन्जिला र रामचन्द्रले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- प्रधान सेनापति ट्रफी-२०८१ को पहिलो दिन आइतवार महिला ८ सय मिटर दौडमा श्री नं.१६ बाहिनी अड्डाकी एन्जिला कार्की विजयी भएकी छिन्। त्यसमा श्री मध्य पूर्वी पृतनाकी करिश्मा पुन दोस्रो र श्री उपत्यका पृतनाकी लिजा लम्तरी मगर तेस्रो भइन्। त्यस्तै पुरुष १५ सय मिटर दौडमा श्री नं.१६ वाहिनी अड्डाका रामचन्द्र बानियाँ विजयी भए। […]

September 15, 2024

आर्सनलले टोटनहमलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा आर्सनलले टोटनहम ह्ट्सपरमाथि जित निकालेको छ । चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा आर्सनलले टोटनहमलाई १-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन गेब्रियल मगाल्हेसले गोल गरे । मगाल्हेसले खेलको ६४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै आर्सनलको ४ खेलबाट १० […]

September 15, 2024

प्रितीलाई एसियाली ट्रायल मास्टरमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्रिती राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण पदक जितेकी छन् । मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रितीले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य पदक जितिन् । रशिलाले निर्धारित दूरी तय गर्न […]

September 15, 2024

विवेकको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका सिएम विवेक थिङले ओलम्पिक रिङ एक्स्ंपो क्लासिक बुद्धिचाल प्रतियोगितामा आफ्नो व्यक्तिगत रेटिङ १९.४ बढाएर २३०१.४ रेटिङ पु¥याउदै पर्फोमेन्सका आधारका नेपाल कै पहिलो फिडे मास्टरको टाइटल प्राप्त गरेका छन् । हंगेरी चेस फेडेरेसनको आयोजनामा सञ्चालन भइरहेको ओलम्पिक रिङ एक्स्पो क्लासिक बुद्धिचाल स्पर्धमा नेपालका क्याण्डिडेट मास्टर विवेकले एकल अग्रता कायम गरेका छन् । […]

September 15, 2024

प्रकाशले जिते मिस्टर काठमाडौंको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । विभिन्न ५ तौलसमूहका विजेतालाई पछि पार्दै प्रकाश ओभरअल च्याम्पियन बनेका हुन् । प्रकाश पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै मिस्टर काठमाडौं उपाधि होडमा प्रवेश गरेका थिए । प्रकाशले मिस्टर काठमाडौंका लागि १ लाख ५० हजार रुपैयाँ र आफ्नो […]

September 15, 2024

पलेशासहित तेक्वान्दोकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– ज्यापु समाज यलले पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ । सोही अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामा र तेक्वान्दो प्रशिक्षक रिमोन महर्जनलाई पनि सम्मान गरिएको थियो । प्रशिक्षकका रुपमा लामाले अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा नेपाललाई विभिन्न ११ पदक दिलाएका छन् । अन्तर्राष्ट्रिय लेभल– १ प्रशिक्षक महर्जनले खेलाडीका […]

September 15, 2024

इडब्लुभिएलको ट्रफी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- पहिलो पटक नेपाली भलिबलमा‌ हुन लागेको फ्रेन्चाइज एभरेष्ट वुमन्स भलिबल लिग( इडब्लुभिएल) को वात्सल्य नेचुरल आइभिएफ प्रमुख प्रायोजक रहेको छ। लिगको ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा आइतवार आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रमुख प्रायोजकको पनि घोषणा गरेको हो। करिब ७० लाख रुपैयाँ बराबरको प्रायोजन वात्सल्य नेचुरल आइभिएफबीले गरेको हो। वात्सल्य नेचुरल आईभिएफका संस्थापक तथा […]

September 15, 2024

ओलम्पियन विष्ट अभिनन्दित

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रपति रामचन्द्र पौडेलबाट ओलम्पियन दीपक विष्टलाई अभिनन्दित भएका छन् । सांस्कृतिक समाज नेपालद्वारा शनिवार काठमाडौंमा आयोजित स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सव २०८१ मा राष्ट्रपति पौडेलले ओलम्पियन विष्टलाई अभिनन्दन गरेका हुन्। ४ पटकका दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका तेक्वान्दो खेलाडी विष्टले एसियाली खेलकुदमा दुई कास्य पदक प्राप्त गरेका छन्। […]

September 15, 2024

माल्दिभ्समा पुलिसको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले माल्दिभ्समा आजबाट सुरु काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५-१९, २७-२५ र २५- १९ ले जितेको हो । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिन लागेको […]

Success

Thank you for your time.