default_image

Featured

November 12, 2024

नेपाल यु १९ ले अभ्यास खेल खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल यु १९ राष्ट्रिय टोलीले एसिया कप अघि ५ वटा ५० ओभरको अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले अभ्यास खेलको तालिका मंगलवार सार्वजनिक गरेको हो । नेपाली युवा टोलीले भारतको कर्नाटका यु १९ सँग ५ वटा अभ्यास खेल खेल्नेछ । अभ्यास खेल बुधवारबाट अर्को साताको बिहीवार सम्म जारी […]

November 12, 2024

महिला यु १९ विश्व कप छनोट – नेपाल र कुवेत खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपालले आफ्नो पाँचौं खेलमा आज कुवेतको सामना गर्दैछ । युएईको अजमानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे खेल सुरु हुनेछ । नेपाल प्रतियोगितामा चौथो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ […]

November 12, 2024

बंगलादेशविरुद्धको सिरिज अफगानिस्तानलाई

एजेन्सी – अफगानिस्तानले बंगलादेशविरुद्धको ओडिआई सिरिज जितेको छ । तेस्रो ओडिआईमा सोमवार ५ विकेटको जित निकाल्दै अफगानिस्तानले ३ खेलको ओडिआई सिरिज २-१ ले जितेको हो । अफगानिस्तानले पहिलो र तेस्रो ओडिआई खेल जित्दा बंगलादेशले दोस्रो ओडिआई जितेको हो । २ सय ४५ रनको लक्ष्य अफगानिस्तानले ४८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानको जितमा […]

November 11, 2024

काठमाडौं महानगरद्वारा ग्रासरुटबाट खेलाडी खोज्ने प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्यबाट खेल प्रतिभा खोज्ने लक्ष्यका साथ कार्यक्रम संचालन गरेको छ । महानगरले स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो । यसैका लागि आइतबार एक कार्यक्रममाझ विद्यालय निरीक्षक, स्रोत शिक्षक, प्रधानाध्यापक, खेल शिक्षकहरुका बिच कार्य सञ्चालन योजनाका […]

November 11, 2024

कान्तिपुर टिभीका सिइओ पछाई सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिशिर पछाईलाई सम्मान गरेको छ । विश्व तेक्वान्दोका अध्यक्ष अध्यक्ष चो ले जी.सी.एस्ले पछाईलाई सोमबार विशेष सम्मान गरेका हुन् । सातदोबाटोस्थित तेक्वान्दो संघमा आयोजित कार्यक्रममा नेपाली तेक्वान्दो खेल विकासमा योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो । सो अवसरमा तेक्वान्दो संघले विश्व तेक्वान्दोका […]

November 11, 2024

लिग टु – नेदरल्याण्ड्समाथि ओमानको रोमाञ्चक जित

एजेन्सी – विश्व कप लिग टु अन्तर्गत ओमानले नेदरल्याण्ड्समाथि रोमाञ्चक जित हासिल गरेको छ । ओमानको मस्कटमा सोमवार भएको खेलमा ओमानले नेदरल्याण्ड्सलाई १ रनले पराजित गरेको हो । ओमानले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४५.३ ओभरमा १ सय ५४ रन जोड्दै अल आउट भयो । नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले ४३ बलमा सर्वाधिक […]

November 11, 2024

पाकिस्तानका मक्सुद जनकपुरबाट खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तानका क्रिकेटर सोयब मक्सुदले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण खेल्ने भएका छन् । जनकपुरले पाँचौ विदेशी खेलाडीको रुपमा पाकिस्तानका ब्याट्सम्यान मक्सुदलाई टोलीमा अनुबन्ध गरेको सोमवार सामाजिक संजालमार्फत जनाएको छ । ३७ वर्षिय मक्सुदले पाकिस्तानका लागि २९ ओडिआई तथा २६ टि ट्वान्टी आई खेलेका छन् । मक्सुदले १ सय […]

November 11, 2024

अभिनेता हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग ( एनपिएल) मा सहभागी टिम लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। आज आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सम्झौता एक वर्षको लागि भएको हो भने दुवै पक्षले रकमबारे खुलाउन चाहेनन्। सम्झौता पत्रमा हस्ताक्षर गरेपछि […]

November 11, 2024

राष्ट्रिय टोली डिफेन्डर पूजा सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा राना मगर चितवनमा सम्मानित भएकी छन् । युनिक क्लब बसेनीले आज पूजालाई सम्मान गरेको हो । क्लबले भरतपुर ११ कैलाश टोलस्थित मैदानमा आयोजित सम्मान तथा चियापान कार्यक्रममार्फत पूजालाई १० हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरेको हो । नेपाली महिला फुटबलमा पुराएको योगदानको उच्च मुल्याङ्कन गर्दै […]

November 11, 2024

याङटेनले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- याङटेन लामाले अमेरिकाको न्यूयोर्कमा भएको युएसए अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिपमा स्वर्ण पदक‌ जितेको छन् । याङटेन ले १०-११ वर्ष उमेर समूहको‌ कुमुतेमा स्वर्ण पदक जितेको च्याम्पियन मार्सल आर्ट्सका अध्यक्ष सुनिल लामाले जानकारी दिए । याङटेन च्याम्पियन मार्सल आर्ट्समा प्रशिक्षण गर्दै आएका छन् । ११ औं‌ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक […]

Success

Thank you for your time.