default_image

Featured

November 14, 2024

शिखर धवनले एनपिएल खेल्ने

काठमाडौं (हाम्रो खेल्किद) – कर्णाली याक्सले चर्चित भारतीय क्रिकेट खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । आज बिहानै सामाजिक सञ्जाल मार्फत कर्णालीले धवनलाई टिममा आबद्ध गरेको जनाएको छ । कर्णालीबाट एनपिएल खेल्ने धवन र टोलीको स्वामित्व रहेको हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका जनक दत्त खनालबीच सम्झौता भएको पनि कर्णालीले उल्लेख गरेको छ । भारतीय क्रिकेट […]

November 13, 2024

तिलकको शतकमा दक्षिण अफ्रिकालाई २ सय २० रनको लक्ष्य

एजेन्सी – तिलक बर्माको शतकको सहयोगमा पाहुना टोली भारतले दक्षिण अफ्रिकालाई तेस्रो टि ट्वान्टी आईमा २ सय २० रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको सेन्चुरियनमा टस हारेर ब्याटिङको निम्तो पाएको पाहुनाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १९ रन बनाएको हो । भारतका लागि तिलकले ५६ बलमा ८ चौका र ७ छक्काको […]

November 13, 2024

विश्व शारीरिक सुगठनका पदक विजेताको स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले १५ औं वल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सिपका पदक विजेता खेलाडीसहितको टोलीलाई बुधवार स्वागत गरेको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नगर परिक्रमा पनि गराइएको थियो । माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा ४ नेपाली खेलाडीले पदक दिलाएका थिए । सबैले रजत पदक जितेका […]

November 13, 2024

नेपाल ताजिकिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आयोजक ताजिकिस्तानसँग आज भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ४-० पराजित भएको छ। पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा १ गोलको सामना गरेको थियो। थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ। नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। नेपाली राष्ट्रिय फुटबल टोली गोलकिपर – किरण चेम्जोङ (कप्तान), दीप कार्की […]

November 13, 2024

नेदरल्याण्ड्स ओमानसँग लगातार तेस्रो पटक पराजित

एजेन्सी – नेदरल्याण्ड्स ओमानसँग लगातार तेस्रो खेलमा पराजित भएको छ । नेदरल्याण्ड्स ओमानसँग केही दिन अघि भएको विश्व कप लिग टु को दुवै खेलमा पराजित भएको थियो । ३ वटा टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा बुधवार ओमानले नेदरल्यान्ड्सलाई ८ विकेटले हरायो । योसँगै ओमानले टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता लिएको छ । […]

November 13, 2024

नेपाल एसिया कपका लागि पनि छनोट

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ नेपाली महिला टोली विश्वकपका साथै यु १९ एसिया कपका लागि पनि छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स(युएई) लाई बुधवार ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो । विश्वकपका साथ नेपालले अर्को महिना एसिसीको आयाेजनामा हुन लागेको पहिलो संस्करणको यु १९ महिला एसिया कपका लागि समेत छनोट […]

November 13, 2024

युएईलाई हराउँदै नेपाल विश्व कपमा छनोट

काठमाडौं(हाम्रो खेलकुद) – युनाइटेड अरब इमिरेट्स(युएई) लाई हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपका लागि छनोट भएको छ । युएईको अजमानमा बुधवार घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो । विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ । सन् २०२३ मा भएको विश्व कपमा नेपालले […]

November 13, 2024

अफगानिस्तानका आलमले विराटनगरबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका अलराउण्डर इस्मत आलमले नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले आलमलाई पाँचौ विदेशी खेलाडीको रुपमा टोलीमा आबद्ध गरेको बुधवार सामाजिक संजाल मार्फत जनाएको छ । आलमले २० टि ट्वान्टी खेलमा २ सय २५ रन तथा १० विकेट लिएका छन् । आलमले ९२ को रन औसतमा […]

November 13, 2024

फाइनलमा स्थान बनाउन नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – आईसिसी यु १९ महिला विश्व कपमा स्थान बनाउन नेपालले युनाइटेड अरब इमिरेट्स(युएई) बाट मध्यम लक्ष्य पाएको छ । युएईको अजमानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको मध्यम योगफल तयार गर्यो । नेपालले विश्वकपमा छनोट हुन यो लक्ष्य १६.२ ओभरमा पूरा गरे पुग्ने समिकरण […]

November 13, 2024

युएईविरुद्ध नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कप छनोट खेलमा युनाइटेड अरब इमिरेट्स(युएई) विरुद्ध नेपालले टस हारेको छ । युएईको अजमानमा टस जितेर घरेलु टोलीले ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्दैछ । नेपाललाई विश्व कपमा स्थान बनाउन याे खेल फराकिलाे अन्तरले जित्नु पर्नेछ । युएईलाई भने सामान्य हार भए पनि फरक पर्ने […]

Success

Thank you for your time.