December 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कीर्तिपुरस्थित टियु मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सोमवार दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजको सामना गर्दैछ । खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुवातको लक्ष्यमा रहेका छन् । चितवन युवा खेलाडी कुशल मल्ल र काठमाडौं […]
December 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- न्युजेन स्पोर्टस एकेडेमीले सातौं टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका आफ्ना खेलाडीलाई सम्मान गरेको छ। गत वर्ष भारतको पश्चिम बंगालको कोलकातामा भएको च्याम्पियनसिपमा न्युजेनका ७ खेलाडीले स्वर्ण पदक जितेका थिए। सम्मानित हुनेमा निजानन्द थापा, युस्मा स्याङतान, आयुष्मा चन्द, सम्राट सिंह,सक्षम दुलाल, श्रृष्टि स्याङ्बो र रक्षा मगरले स्वर्ण पदक जितेका थिए। उनीहरूका […]
December 1, 2024
एजेन्सी – चेल्सी इङ्लिस प्रिमियर लिग आइतवार विजयी भएको छ। स्ट्यामफोर्ड ब्रिजमा चेल्सीले एस्टन भिल्लालाई ३-० ले पराजित गरेको हो। सातौं मिनेटमै निकोलस ज्याक्सनले गोल गर्दै अग्रता दिलाए। ३६औं मिनेटमा कोल पाल्मरको पासमा एन्जो फर्नान्डेजले गोल गरे। नोनी मडुकेको पासमा ८३औं मिनेटमा पाल्मरले गर्दै चेल्सीको जित पक्का गरे। १३ खेलमा २५ अंकसहित चेल्सीले तेस्रो स्थानमा […]
December 1, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा आइतवार एभर्टनलाई ४-० हराएको छ। युनाइटेडका लागि मार्कस रासफोर्ड र जोसुआ जिर्कजीले समान २ गोल गरे । खेलको ३४औं मिनेटमा ब्रुनो फर्नान्डिजको कर्नरमा एभर्टनका डिफेन्डर जाराड ब्रान्थवेटले क्लियर गर्न नसकेपछि रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। ४१ औं मिनेटमा जिर्कजीले गोलमा गर्दै अग्रता २-० बनाए। दोस्रो हाफको पहिलो […]
December 1, 2024
एजेन्सी – केही महिना अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को अध्यक्षमा निर्वाचित जय शाहको कार्यकाल आइतवार सुरु भएको छ । शाहले ग्रेग बार्कलेको स्थान लिएका हुन् । ‘आइसिसीको अध्यक्षको भूमिका निर्वाह गर्न पाउँदा म गौरवान्वित छु र आइसिसी निर्देशक तथा सदस्य बोर्डको सहयोग र विश्वासका लागि आभारी छु,’ शाहले आफ्नो कार्यकालको पहिलो दिन जारी गरेको विज्ञप्तिमा […]
December 1, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्जमा फागुनमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना लागेको हो । नेपाली राष्ट्रिय महिला टोलीको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका छन् । लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका […]
December 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल आइतवार बंगलादेशसँग ५ विकेटले पराजित भयो । १ सय ४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशका लागि ओपनर जबार अबाररले सवौधिक ५९ रन बनाए । उनले ६५ बलमा ५ […]
December 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीले पनि गर्ने भएको छ। च्याम्पियन्सिपको ब्रोडकास्टिङ पार्टनर हाम्रो खेलकुदले टेलिभिजनमा प्रत्यक्ष प्रसारणका लागि कान्तिपुर टेलिभिजनसँग शुक्रवार सम्झौता गरेको हो। कान्तिपुर टिभीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिशिर पछाई र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। डिजिटलमा हाम्रो […]
December 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपको फाइनल पुग्न असफल भएको छ। नेत्रहिन विश्व कपको १२ वर्षे यात्राम पहिलो पटक सेमिफाइनल पुगेको नेपाल फाइनल पुग्न भने सकेन । आइतवार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली पाकिस्तानसँग १० विकेटको फराकिलोपछि नेपालको यात्रा सेमिफाइनलमा सकिएको हो । नेपाली टोलीले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले […]
December 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ एसिया कपमा बंगलादेशविरुद्धको खेलमा नेपाल १ सय ४१ रनमा अल आउट भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइतवार टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १ सय ४१ रन बनाउँदै अल आउट भयो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम […]