default_image

Featured

December 2, 2024

अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर तथा कप्तान अनिल शाहको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि ओपनर तथा कप्तान […]

December 2, 2024

जनकपुरसामू कर्णालीको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससामू कर्णाली याक्सले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । सोमवारको दोस्रो खेलमा कर्णालीले जनकपुरलाई जितका लागि १ सय ४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । कर्णालीका […]

December 2, 2024

हेल्प नेपालबाट काभा क्लब च्याम्पियनसिप खेल्न ३ पाकिस्तानी आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट यसै साता सुरु हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न ३ पाकिस्तानी खेलाडी काठमाडौं आइपुगेका छन्। पाकिस्तानी माजर अली, मुवासर राजा र अद्नान खानलाई काभाका लागि हेल्प नेपालले अनुबन्ध गरेको हो। यसअघि पनि उनीहरुले हेल्प नेपालबाट खेलिसकेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई हेल्प नेपालका महासचिव अरुण […]

December 2, 2024

कर्णालीले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेको छ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजेका छन् । आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो।

December 2, 2024

तन्भिरको ५ विकेटमा चितवनको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका पाकिस्तानी बलर सोहेल तन्भिरले ५ विकेट लिएपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । एनपिएलको आफ्नो पहिलो खेलमा सोमवार चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । १ सय १२ रनको सामान्य लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो […]

December 2, 2024

लिभरपुल शीर्षस्थानमा थप मजबुत

एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा थप‌ मजबुत बन्दै गएको छ। लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराउँदै लिगमा थप बलियो बनेको हो। लिभरपुललाई‌ जित दिलाउन कोडी गाक्पो र मोहम्मद सलाहले गोल गरे। १२औं मिनेटमा गाक्पोको गोलमा अग्रता लियो। ७८ औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्यो । सिटीका गोलकिपर स्टेफान ओर्टेगाले सलाहका लुइस डियाजलाई […]

December 2, 2024

तन्भिरको पाँच विकेटमा चितवनलाई सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोहेल तन्भिरको पाँच विकेटको सहयोगमा पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई सामान्य लक्ष्य दिएको छ । सोमवार लिगको दोस्रो दिनको पहिलो खेलमा काठमाडौंले चितवनलाई १ सय १२ रनको सामान्य लक्ष्य दिएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो […]

December 2, 2024

बार्सिलोनासँग अंक दूरी घटाउँदै रियल

एजेन्सी- स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले शीर्षस्थानको बार्सिलोनासँगको‌ अंक दूरीलाई घटाएको छ। रियलले आइतवार गेटाफेलाई २-० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लेको हो । जुड बेलिङघम रकेलियन एमबाप्पेको गोलमा रियल विजयी भएको हो । घरेलु मैदानमा बेलिङघमको पेनाल्टी गोलमा रियलले ३० औं अग्रता बनायो। खराब प्रदर्शनबाट गुज्रिरहेका एमबाप्पले ३८ औं मिनेटमा […]

December 2, 2024

नेपाल प्रिमियर लिगमा आज दुई खेल

काठमाडौं(हाम्रो खेलकुद) – कीर्तिपुरस्थित टियु मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सोमवार दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजको सामना गर्दैछ । खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुवातको लक्ष्यमा रहेका छन् । चितवन युवा खेलाडी कुशल मल्ल र काठमाडौं […]

December 1, 2024

न्युजेनका खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- न्युजेन स्पोर्टस एकेडेमीले सातौं टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका आफ्ना खेलाडीलाई सम्मान गरेको छ। गत वर्ष भारतको पश्चिम बंगालको कोलकातामा भएको च्याम्पियनसिपमा न्युजेनका ७ खेलाडीले‌ स्वर्ण पदक जितेका थिए। सम्मानित हुनेमा निजानन्द थापा, युस्मा स्याङतान, आयुष्मा चन्द, सम्राट सिंह,सक्षम दुलाल, श्रृष्टि स्याङ्बो र रक्षा मगरले स्वर्ण पदक जितेका थिए। उनीहरूका […]

Success

Thank you for your time.