October 7, 2024
दिल तामाङ ,सिड्नी आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ को उपाधि जितेका छन् । ढोरपाटन पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाकाे सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको पुरुषतर्फको फाइनलमा आयोजक ढोरपाटनले म्याग्दी प्रवासी नेपाली संघ […]
October 7, 2024
एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । दुबईमा आइतवार भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । १ सय ६ रनको लक्ष्य भारतले १८.५ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । भारतका लागि शेफाली बर्माले सर्वाधिक ३२ तथा कप्तान हरमनप्रित कौरले २९ रन बनाए । पाकिस्तानका लागि […]
October 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]
October 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय कराते टोलीका प्रशिक्षक मण्डेकाजी श्रेष्ठ ‘स्पोर्टस् पर्सनालिटी अफ दि इयर’बाट सम्मानित भएका छन् । राजधानीमा आइतवार आयोजित ‘एचिभर्स अवार्ड २०२४’ कार्यक्रममा खेलकुदतर्फ मण्डेकाजी सम्मानित भएका हुन् । सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा भएको अवार्डमा १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता खेलाडी मण्डेकाजीलाई सम्मान गरेको हो […]
October 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई आइतवार ३-० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेटमा २५-१४ को सहज जित निकालेको नेपालले पछिल्ला दुवै सेटमा कडा चुनौतीको सामना गर्नुपरेको थियो। यद्यपी नेपालले दोस्रो सेट २५-२३ र तेस्रो सेट […]
October 6, 2024
एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपमा आज भारत र पाकिस्तानबीचको खेल छ । खेल दुबईमा नेपाली समय अनुसार आइतवार दिउसो ३ः४५ बजे सुरु हुनेछ। समूह ए मा रहेका भारत र पाकिस्तान विश्वकपको दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा भारत न्युजिल्यान्डसँग पराजित हुँदा पाकिस्तानले भने श्रीलंकालाई हराएको थियो । भारत र पाकिस्तानबीचको पछिल्लो ५ […]
October 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन एयरलाइन्सले एभिएशन फुटसल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । गीता एभियशनले शनिवार आयोजना गरेको प्रतियोगिताको फाइनलमा नेपाली सेनाको आर्मी एयरफोर्सलाई ४-२ ले पराजित गर्दै हिमालयनले उपाधि जितेको हो । हिमालयनको जितमा पवन प्रजापतीले २, अनिल थापा र कञ्चन विष्टले समान १ गोल गरेका थिए । आर्मीका लागि १ गोल […]
October 6, 2024
एजेन्सी – शीर्ष स्थानको इन्टर मियामिले मेजर सकर लिग (एनएसएल) मा टोरन्टो एफसीलाई पराजित गरेको छ । आइतवार बिहान २१औं जित दर्ता गर्ने क्रममा मियामीले १-० को जित हात पारेको हो । बिएमओ फिल्डमा भएको खेलमा मियामीको जितमा एकमात्र गोल लियोनार्डो क्याम्पानाले गरे । क्याम्पानाले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेका हुन्। सुरुवाती ११ मा […]
October 6, 2024
एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]
October 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानिय टोलीलाई ५० ओभरको अभ्यास खेलमा पराजित गरेको छ । टोरोन्टोको किंग सिटीमा भएको खेलमा नेपाल २० रनले विजयी भयो । १ सय ७७ रनको लक्ष्य पछ्याएको क्यानडाको स्थानिय टोलीले ४५.३ ओभरमा अल आउट हुदै १ सय ५६ रन मात्र जोड्न सक्यो । स्थानिय टोलीका […]