default_image

Featured

October 16, 2024

साफ च्याम्पियनसिप – टिकट विक्रीको १६ लाख नेपाली टोलीलाई दिने घोषणा

काठमाडौं (हाम्रो खेलकुद)-  अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिपको टिकट विक्रीको २० प्रतिशत रकम राष्ट्रिय महिला फुटबल टोलीलाई दिने घोषणा गरेको‌ छ। साफ सुरु हुनुअघि नै महिला टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको हो। ८० लाख रुपैयाँमा एन्फाले माउन्टेन एभरेष्ट स्पोर्टस एन्ड इभेन्टस प्रालिलाई टिकट विक्रीको जिम्मेवारी दिनेको सम्झौता गरिसकेकोले टोलीले […]

October 16, 2024

दुई साताको तयारीमा साफ च्याम्पियनसिप खेल्न तयार नेपाली टोली

सरिता श्रेष्ठ, काठमाडौं साफ वुमन्स च्याम्पियनसिपमा आयोजक नेपाल यो पटक पनि दाबेदार‌ मध्ये एक टोली हो। दाबेदार हुँदाहुँदै पनि फाइनल खेल जित्न नसक्ने नेपाली टोलीको छवि बनेको। यसअघिका ६ संस्करणमा नेपालले एउटामा बाहेक सबै फाइनल खेलेको छ। बिडम्बना पाँचै पटक फाइनलमा हारेको तितो अनुभव नेपालसँग छ। त्यसो त ६ मध्ये ५ पटक फाइनलमा पुग्नु पनि […]

October 16, 2024

भारतको पुनरागमन तोड्न नेपाल र बंगलादेशको दावेदारी

सुबास हुमागाईं, काठमाडौं साफ महिला च्याम्पियनसिपको सातौं संस्करण विहीबार दशरथ रंगशालामा सुरु हुँदैछ । नेपालमा लगातार तेस्रो पटक आयोजना हुन लागेको प्रतियोगिताको पूर्वसन्ध्यामा भारतले आफ्नो पुरानो दवदवा कायम राख्ने लक्ष्य राख्दा साविक विजेता बंगलादेश र नेपालले पनि उपाधि जित्ने लक्ष्य रहने बताएका छन् । प्रतियोगिताको पूर्व सन्ध्यामा सहभागी सातै टोलीले आ-आफ्नो तयारी र लक्ष्यबारे अभिव्यक्ति […]

October 16, 2024

साफको टिकट मोबाइल एपबाट पनि किन्न सकिने

काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा बिहीवार सुरु हुने साफ महिला च्याम्पियनसिपको टिकट मोबाइल एपबाट पनि खरिद गर्न सकिने भएको छ । दक्षिण एसियाली महिला फुटबलको यस प्रतिष्ठित प्रतियोगिताको सातौं संस्करण कात्तिक १ गतेदेखि दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताको लागि टिकट विक्री गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) सँग माउन्ट एभरेष्ट स्पोर्ट एण्ड इभेन्ट प्रा. […]

October 16, 2024

साफ च्याम्पियनसिप खेल्ने टोलीलाई युनिलिभरको ट्राभल किट्स

काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपको सहभागी नेपाली महिला टोलीलाई युनिलिभर नेपालले ट्राभल किट्स प्रदान गरेको छ। युनिलिभर नेपालले गत वर्षदेखि महिला टोलीलाई प्रायोजन गर्दै आएको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्स बुधवार आयोजित कार्यक्रममा  युनिलिभर नेपालको कन्ट्री एचआर हेड सानिस्ता भाटिया, मार्केटिङ हेड सौरभ कारन्जितलगायतले टोलीका खेलाडीलाई ट्राभल किट्स र युनिलिभरको उत्पादन हस्तान्तरण गरेका थिए । […]

October 15, 2024

साफ च्याम्पियनसिपका लागि थप ३ टोली आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन ३ राष्ट्रिय फुटबल टोली मंगलवार काठमाडौं आइपुगेका छन्। साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारत, साविक विजेता बंगलादेश र श्रीलंका आज आएका हुन्।टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। पाकिस्तानी टोली आइतवार र माल्दिभ्स टोली सोमवार […]

October 15, 2024

एनपिएल गराउनु कानुनविपरीत भएको अख्तरको दाबी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुन अब डेढ महिना बाँकी छ। मंसिर १६ गते सुरु हुने एनपिएलका लागि ८ टोलीको घोषणा, मार्की खेलाडी र नेपाली खेलाडीको अक्सन सकिसकेको छ । कतिपय टोलीले प्रशिक्षक नियुक्त गरिसकेका छन्। यस्तोमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी आमिर अख्तरले नेपाल प्रिमियर […]

October 15, 2024

साम्बाले साफको पहिलो खेल गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले बिहीवारदेखि सुरु हुने साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो खेल गुमाउने भएकी छिन् । साफ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल शुक्रबार भुटानसँग खेल्दा साम्बा उपस्थित नहुने पक्का भएको छ । फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बालाई क्लबले आफ्नो लिग […]

October 14, 2024

साफ च्याम्पियनसिपका लागि माल्दिभ्स टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन माल्दिभ्स टोली सोमवार नेपाल‌ आइपुगेको छ। साफमा भाग लिन आइपुग्ने माल्दिभ्स दोस्रो टोली हो । पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारत, बंगालादेश र श्रीलंकाको […]

October 13, 2024

नेपाली युवा भलिबल टोली स्वदेश फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंकामा भएको काभा यु २० भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली युवा टोली आइतवार स्वदेश फर्केको छ। नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीको स्वागत गरेका थिए। कोलम्बोमा शनिवार भएको च्याम्पियनसिप फाइनलमा उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल दोस्रो भएको हो ।पहिलो सेट जितेको नेपाली टोलीले त्यसपछिका सेटमा कमजोर […]

Success

Thank you for your time.