default_image

Featured

December 7, 2024

२ अर्धशतकको सहयोगमा कर्णालीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा २ अर्धशतकको सहयोगमा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले मध्यम योगफल तयार गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शनिवारको दोस्रो खेलमा विराटनगरले कर्णालीबाट १ सय ३४ रनको मध्यम लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय […]

December 7, 2024

धवन पहिलो पटक नेपाली खेलाडीबाट आउट

काठमाडौं(हाम्रो खेलकुद) – भारतका पुर्व ओपनर शिखर धवन पहिलो पटक नेपाली बलरबाट आउट भएका छन् । नेपाल प्रिमियर लिग(एनपिएल) को जारी खेलमा विराटनगर किंग्सका प्रतिस जिशीले कर्णाली याक्सबाट खेलिरहेका धवनलाई आउट गराएका हुन् । दोस्रो ओभरको तेस्रो बलमा प्रतिशले धवनलाई ५ रनमा आउट गराएका हुन् ।

December 7, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सातौं दिनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले बलिङ रोजेका हुन् । विराटनगरले पछिल्लो खेलमा खेलेको टिममा ३ परिवर्तन गरेको छ । अनिल खरेल, राजेश पुलामी मगर तथा इस्मात आलम बेन्चमा रहँदा […]

December 7, 2024

लुम्बिनीको खराब लय जारी

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले खराब प्रदर्शनलाई जारी राख्दा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा निरन्तर तेस्रो हार बेहारेको छ । लुम्बिनीले हारको श्रृंखलालाई तेस्रो खेलमा रोक्न सकेन । लुम्बिनी शनिवार सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको हो । लगातार तेस्रो खेल हार्ने पहिलो लुम्बिनी एक्लो टोली हो। सुदूरपश्चिम लगातार तेस्रो जितका साथ अंक […]

December 7, 2024

सेफको अर्धशतकमा सुदूरपश्चिमद्वारा बलियो योगफल तयार

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को शनिवारको पहिलो खेलमा ओपनर सेफ अलि जेबको अर्धशतकको सहयोगमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले बलियो योगफल तयार गरेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई १ सय ८८ रनको बलियो लक्ष्य दिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर […]

December 7, 2024

लुम्बिनीले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ । कीर्तिपुरस्थिती टियु मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् । लुम्बिनीले सुरुवाती दुवै खेलमा हार बेहोरेर दबाबमा छ। पहिलो खेलमा विराटनगर किंग्ससँग हारेको लुम्बिनीले पोखरा एभेन्जर्ससँगको खेल पनि गुमाएको थियो । […]

December 7, 2024

काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप आज सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप आज हुँदैछ। नेपाल सहित ४ राष्ट्रका ५ क्लबले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछ्न्। नेपालबाट टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गर्नेछन्। हेल्प नेपाल आठौ प्रधानमन्त्री कपको विजेता र गण्डकी प्रदेश उपविजेताको हैसियतले छनोट भएका हुन।यसैगरी भारतको क्यालीकट हिरोज, […]

December 7, 2024

टेस्ट क्रिकेटमा तीन वर्षपछि ह्याट्रिक

एजेन्सी – टेस्ट क्रिकेटमा तीन वर्षपछि बलरले ह्याट्रिक गर्न सफल भएका छन् । इंग्ल्यान्डका तीव्र गतिका बलर गस एट्किन्सनले दोस्रो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध दोस्रो दिन पहिलो इनिङमा ह्याट्रिक लिए । उनले ३५ औं ओभरको तेस्रो बलमा नाथन स्मिथलाई १४ रनमा बोल्ड, चौथो बलमा म्याट हेनरीलाई क्याच र पाँचौं बलमा टिम साउथीलाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक […]

December 7, 2024

एनपिएलमा रोहित र दीपेन्द्रको टोली आमने सामने हुँदै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा नेपाली कप्तान रोहित पौडेल र नेपाली टिमका महत्वपूर्ण अलराउन्डर दीपेन्द्रसिंह ऐरीको‌ टोली आज आमने सामने हुँदैछन् । एनपिएलको सातौं दिनको शनिवार पहिलो खेलमा नेपाली टोलीका कप्तान रोहितको नेतृत्वमा रहेको लुम्बिनी लायन्स र दीपेन्द्रको कप्तानी गरेको‌ सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । कीर्तिपुरस्थित टियु मैदानमा खेल बिहान ९ […]

December 6, 2024

न्युजिल्यान्डविरुद्ध ह्यारी ब्रुकको अर्को शतक

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर ह्यारी ब्रुकको शतकसँगै दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको छ । वेलिङ्गटनमा पहिलो दिनको समाप्तिमा न्युजिल्यान्ड ८६-५ को कमजोर अवस्थामा छ । न्युजिल्यान्ड पहिलो इनिङमा १९४ रनले पछाडि परेकोछ । केन विलियम्सन ३७, टम लाथम १७, डेभन कन्वे ११ र रचिन रविन्द्र ३ रनमा आउट भए । […]

Success

Thank you for your time.