February 24, 2024
धरान (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले धरान १० के महिलातर्फको उपाधि जितेकी छन् । पोखरामा हाफ म्याराथनको उपाधि जितेको एक सातामा शनिबार धरानमा भएको १० किमीमा सन्तोषी पहिलो भएकी हुन् । सन्तोषीले ३८ मिनेट ०८ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेकी हुन् । छेन्बीमाया माया राई (४४ मिनेट ०२ सेकेन्ड) दोस्रो र इन्द्रकला नेम्वाङ (४४ मिनेट […]
February 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपमा सहभागिता जनाउन साउदी अरेबियामा रहेको नेपाली महिला टोलीले आज समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनको सामना गर्दै छ । खेल नेपाली समय अनुसार १०:४५ बजे किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा सुरु हुने छ । दुवै टोलीको समान दुई खेलमा २-२ जित सहित ६-६ अंक […]
February 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले रकम हस्तान्तरण गरेका थिए। गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पले पुर्याएको भुकम्प पिडितको क्षतिको सहयोगार्थ क्यानले आसिसी […]
February 24, 2024
सुमन अधिकारी,बुटवल आफूले बनाउन लागेको क्रिकेट मैदान तोकिएको समयमा निमार्ण पूरा गरि खेल खेलाउने बताउदै गर्दा विनोद कुँवरको कुरा धेरैले पत्याउन सकेका थिएनन् । तर आज बनजर जमिनलाई सम्याएर सिल्यान्यास गरिएको ९ महिनामा क्रिकेट खेल आयोजनाको घोषणा गर्दै गर्दा धेरै जना आश्चार्यमा पर्नु स्वभाविक छ । यो अवस्था सिर्जना भएको हो रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा […]
February 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- थाइल्याण्डकोरेयोङमा हुने आईसिएफ युवा तालिम शिविर तथा प्रतियोगितामा नेपाली टोलीले भाग लिने भएकाे छ। नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघले फागुन २४ देखि चैत १० गतेसम्म हुने प्रशिक्षणमा खेलाडी मञ्जिल गुरुङ र प्रशिक्षक विष्णु गुरुङ गराएको छ। उनीहरू शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्। प्रशिक्षण अन्तर्राष्ट्रिय क्यानोइङ महासंघ र ओलम्पिक सोलिडारिटी अन्तर्गत रहेको बताइएको […]
February 23, 2024
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्त्रण गरेका छन् । पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा रन्जितले २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्त्रण गरेका हुन् । […]
February 23, 2024
हिमाल खरेल, बिर्तामोड झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको छ । छैटौँ झापा गोल्ड कपलाई यती ब्रुअरीको उत्पादन अर्नाले गर्ने भएको छ । झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा शुक्रबार (आज) पत्रकार सम्मेलन गरेर मुख्य प्रायोजक अर्ना र झापा गोल्ड कपबीच सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो । झापा गोल्ड […]
February 23, 2024
एजेन्सी – न्यूजिल्याण्डमा जारी अष्ट्रेलिया र घरेलु टोलीको बीचको तीन खेलको टि-२० शृंखला पाहुना टोलीले कब्जा गरेको छ । अष्ट्रेलियाले एक खेलमा बाँकी रहँदै शृंखला २-० ले कब्जा गरेको हो । पहिलो खेलमा ६ विकेटको रोमाञ्चक जित निकालेको अष्ट्रेलियाले दोस्रो खेलमा आज ७२ रनको फराकिलो जित दर्ता गर्दै शृंखला जितेको हो । १७५ रनको लक्ष्य […]
February 23, 2024
सुशिल पन्त क्षेत्री ,भरतपुर चाबहिल भेट्रान ललितपुर र एनआरटी एफसी स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका भिड्ने भएका छन् । शुक्रबार पहिलो सेमिफाइनलमा साविक विजेता फ्रिडम फाइटरलाई हराउँदै चाबहिल भेट्रानले फाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा चाबहिलले फ्रिडमलाई ३–२ ले निराश बनायो । त्यसअघि निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । […]
February 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गुहेश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले द चाँदबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि शुक्रबार जितेका छन् । गुहेश्वरी ब्वाइज फुटबल, प्यारागन ब्वाइज बास्केटबल र बौद्ध गल्र्स बास्केटबलमा च्याम्पियन बनेका हुन् । तीनै प्रतिस्पर्धा यु–१२ उमेरसमूहको हो । बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको ब्वाइज फुटबलको फाइनलमा गुहेश्वरीले टीआईएलाई १–० […]