January 15, 2016
सीतापाइला तेक्वान्दो डोजाङले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पालाई शुक्रबार सम्मान गरेको छ । नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएकोमा शेर्पालाई सम्मान गरेको हो । डोजाङका अध्यक्ष गोपाल न्यौपानेले लामालाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरे ।
January 15, 2016
भारतमा फेब्रुअरी ५ देखि हुने साग आयोजनाको तयारीबारे राखेपले , नेपाल आएको भारतीय प्रतिनिधिमण्डल र राखेपले शुक्रबार गरेको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दियो । त्यसै सम्मेलन मा बोल्दै सदस्य सचिव केशवकुमार विष्टले खेलकुदकै माध्यमबाट भारतले नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दी अन्त्य हुने विश्वास व्यक्त गरे । भारतले गरेको अघोसित नाकाबन्दीले सागको तयारमा कठिनाई पुर्याएको भए पनि इच्छाशक्ति र […]
January 15, 2016
१२ औं दक्षिण एशियाली खेलकुदमा समावेश खो खो खेलको पुरुष तथा महिला खेलाडीहरुको बन्द प्रशिक्षण झापा भद्रपुरको रंगशालामा विगत १५ दिन देखि संचालनमा रहेको छ । हिजो मिति २०७२ पुष ३० गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट, परिषद् सदस्य द्वय वीरेन्द्र श्रेष्ठ र शान्ति सिंहले प्रशिक्षण स्थलमा स्थलगत निरक्षण गर्नुभएको छ । प्रशिक्षक […]
January 15, 2016
बंगलादेश विरुद्धको समूह चरणको अन्तिम खेल खेल्नुअगावै नेपालले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो| आज भएको पहिलो खेलमा श्रीलंकाले मलेसियाको फेल्ड युनाईटेडलाई २-१ले पराजित गरेपछि नेपाल सेमीफाइनल पुगेको हो| श्रीलंकाको जितसंगै सम चार अंक बोकेका नेपाल र बंगलादेश समूह ‘ए’ बाट सेमीफाइनल पुगेका हुन्| नेपालले अब समूह विजेता बन्नका लागि बंगलादेशलाई हराउनु पर्ने हुन्छ, बराबरी […]
January 15, 2016
दिपक बोहोरा ,पाचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्डकपमा हिजो भएको दोश्रो सेमीेफाइनलखेलमा चर्च व्याइज क्लवलाई हराउदै आयोजक फिदिम स्पोटिङ क्लब सातै वाईवाई फागुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको सेमिफाइनल खेलमा १– ० गोल अन्तरले आयोजकले जीत हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा फिदिमा धिरज तामाङले दोश्रो हाफको नौ मिनेटमा गोल […]
January 14, 2016
बंगबन्धु कप अन्तर्गत समुह ‘ए’मा समान ४-४ अंक बोकेर पहिलो र दोश्रो स्थानमा रहेका नेपाल र बंगलादेश भोली ढाकामा भिड्दै छन्| पहिलो खेलमा मलेसियाको फेल्डा युनाइटेडसंग गोलरहित बराबरी खेलेको नेपालले दोश्रो खेलमा विमल घर्ती मगरको गोलको मद्दतले श्रीलंकालाई १-०ले हराएको थियो| उता घरेलु टोली श्रीलंकाले भने पहिलो खेलमा श्रीलंकालाई ४-२ले हराएको थियो भने दोश्रो खेलमा […]
January 14, 2016
काठमाडौं प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित फुटसल अनिश्चितकालका लागि बन्द गराएको छ । फुटसलको कारण समाजमा बिकृती फैलिएको गुनासो आएको भन्दै महानगरीय प्रहरी परिसरले काठमाडौं उपत्यकाका सबै फुटसल अनिश्चितका लागि बन्द गर्ने निर्णय गरेको हो । ‘स्वास्थ्य र रमाइलोका लागि खेलिने यो खेलमा नियमन नहुँदा विकृति बढेको पाइयो’, महानगरीय प्रहरी परिसरका एसपी तथा प्रवक्ता विश्वराज पोखरेलले अन्नपुर्णलाई […]
January 13, 2016
अन्तराष्ट्रिय ट्राईयाथलन युनियनले भक्तपुरका दुई स्कुललाई आर्थिक सहयोग प्रदान गरेको छ । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण क्षती हुन पुगेको भक्तपुर, दुवाकोट – ७, सरस्वती खेलस्थित श्री विनायक सरस्वती निमाबी र वडा नं १ स्थित श्री गणेश प्रा.बि.लाई भवन पुनर्निमाण गर्नका लागि युनियनकी अध्यक्ष एवं अन्तराष्ट्रिय ओलम्पिक कमिटिकी सदस्य मारिसोल कासाडोले पहिलो चरणको […]
January 13, 2016
काठमाडौं, पुस २९ गते । थप तयारीका लागि १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली जुडो टोली बुधबार भारतको भोपाल प्रस्थान गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पाले १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोलीलाई सातदोबाटोमा बिदाइ गरे । १४ खेलाडी मध्ये १२ खेलाडी सागका लागि छनोट […]
January 13, 2016
दिपक बोहोरा ,पाचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्डकपमा आज भएको पहिलो सेमीेफाइनलखेलमा काम्राङ फटवल क्लव सिक्खिमलाई ५–१ फराकिला गोल अन्तरले हराउदै कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङ फाईलन प्रबेश गरेको छ । फिदिम उच्च मा.वि को खेलमैदानमा आजभएको सेमीेफाइनलखेलमा ताप्लेजुङले सिक्खिमलाई हराएको हो । पहिलो हाफमा एक–एक गोलको बराबरी गरेपनि दोश्रो हाफमा ताप्लेजुङका खेलाडी हाबि […]