May 8, 2016
बिराट कोहलीले अविजित शतकीय पारि खेलेपछि महेन्द्र सिंह धोनीको राइजिंग पुने सुपरजायन्टसले रोयल च्यालेंजर्स बेंगलोरसंग सात विकेटको पराजय भोगेको छ| १९२ रन्को लक्ष्य पछ्याएको बेंगलोरका लागि कप्तान कोहली र के.एल. राहुलले पहिलो विकेटका लागि ९४ रन्को साझेदारी गरे| राहुल ३८ रन बनाउदै आउट भए भने बिराट १०८ रनमा अविजित रहे| बेंगलोरको जितमा वाटसनको १३ बलमा […]
May 8, 2016
एभर्टन विरुद्ध ३-१को सहज जित दर्ता गर्दै लेस्टर सिटि फुटबल क्लबले इंग्लिश प्रिमिएर लिग २०१५/१६को उपाधि उचालेको छ| गत हप्ता चेल्सी र टोटेनहमले २-२को बराबरी खेलेपछि उपाधि पक्का भएको लेस्टरले हिजो घरेलु मैदान किंग पावर स्टेडियममा उपाधि उचालेको हो| कप्तान वेस मोर्गन र म्यानेजर क्लाउडियो र्यानेरीले संयुक्त रुपमा उपाधि उचालेका थिए| एभर्टनविरुद्ध लेस्टरको जितमा जेमी […]
May 7, 2016
चेल्सी फुटबल क्लबका कप्तान तथा डिफेन्डर जोन टेरीले अब फेरी उक्त क्लबबाट खेल्न नपाउने भएका छन्| इंगलिस प्रिमिएर लिग अन्तर्गत शनिबार सन्डरल्याण्ड विरुद्ध भएको खेलमा टेरीले दुइ पहेंलो कार्ड प्राप्त गर्दै रेड कार्ड पाएर मैदान छाड्नु परेको थियो| खेलको ९० मिनेट सकिएपछिको अतिरिक्त समयमा टेरीले दोश्रो पहेंलो कार्ड पाएका थिए| यस सिजनको दोश्रो रातो कार्ड […]
May 7, 2016
नेपाल खेलकुद पत्रकार मञ्चलो आज १२औं साधारण सभामाझ नयाँ कार्यसमितिको निर्वाचन गरेको छ| १२ सदस्यीय कार्यसमितिको गठनका लागि उपाध्यक्ष पदमा निर्वाचन गर्नुपरेको थियो भने बाँकि सबै पदमा निर्विरोध उम्मेदवारी परेको थियो| महेश आचार्य अध्यक्षमा निर्विरोध निर्वाचित भए भने दुर्गानाथ (देवेन्द्र) सुवेदि प्रथम उपाध्यक्षमा निर्विरोध रहे| ६७ मत खसेको मध्य क्रमश: ४२ र ४० मत हसिल […]
May 6, 2016
नेपाली राष्ट्रिय टोलीका स्टार स्ट्राइकर बिमल घर्ति मगरले आगामी सिजन युरोपमा व्यवासायिक फुटबल खेल्ने भएका छन्| विगतमा पनि युरोपमा रहेर प्रशिक्षण गर्दै आएका विमलले अठार वर्ष नपुगेका कारण अनुबन्धन हुन सकेका थिएनन्| तर गत जनवरी २६मा १८ वर्ष पुगेको र युरोपमा सिजनको अन्त्य नजिकिदै गर्दा उनको युरोपमा खेल्ने ढोका खुल्न लागेको हो| उनीबाहेक अनन्त तामाङ् […]
May 6, 2016
इन्डियन प्रिमिएर लिग (आई.पी.एल) अन्तर्गत हिजो भएको खेलमा राइजिंग पुने सुपरजाएंट्सले दिल्ली डेरडेभिल्स विरुद्ध सात विकेटको जित हात पार्यो | पहिलो ब्याटिंगमा उत्रेको दिल्लीले निर्धारित २० ओभरमा १६२ रनको योगफल तयार परेको थियो| आफ्नो इनिंग्समा सात विकेट गुमाएको दिल्लीले ओपनर रिस्हब पन्तलाई सस्तैमा गुमाएको थियो| उसका लागि कप्तान जे.पी. डुमिनिले ३४ रन बनाए भने करुण […]
May 6, 2016
पहिलो लेगमा भिल्लारियल विरुद्ध १-०ले पछि परेको अवस्थालाई उल्ट्याउदै लिभरपुलले ३-०को जित दर्ता गरेर युरोप लिगको फाइनलमा स्थान पक्का गरेको छ| लिभरपुलको घरेलु मैदान एनफिल्डमा हिजो रति भएको खेलमा लिभरपुलले सातौं मिनेटमा ब्रुनो सोरियानोको आत्मघाती गोलको मद्दतले समग्र स्कोर १-१ पार्यो| पहिलो हाफ १-० मै अन्त्य भएको थियो| दोश्रो हाफको मध्यतिर ड्यानिएल स्टरिजले गोल गर्दै […]
May 5, 2016
भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडी बिहीबार सम्मानित भएका छन् । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) ले उनीहरुलाई नगदसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो । सम्मानित हुने रजत विजेताहरुमा वीरबहादुर महरा, सक्षम कार्की, रेजिना कार्की, यानकुमारी चौलागाईं, निमा गुरुङ, ज्ञानी चुनारा र आयशा […]
May 5, 2016
ईलाम तेश्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता अन्तरगत बिहिबार भएको आयोजक ईलाम –११ र पूर्वाञ्चल सशस्त्र प्रहरी बल फुटबल टिम विच भएको सेमिफाईनलको खेल खराब मौशमका कारण २–० को अवस्थामा स्थगन भएको छ । सेमिफाईलनको दोश्रो हाफको १८ मिनट १३ सेकेन्डको अवस्थामा मैदानमा हुस्सु लाग्न गई खेलाडी र बल नदेख्ने अवस्था उत्पन्न भए पछि दुवै […]
May 5, 2016
नयाँ सार्वजनिक फिफा बारीयतामा नेपाल १ स्थान तल झर्दै १८० स्थानमा पुगेको छ । त्यस्तै अफ्घानिस्तान दक्षिण एसियाको शीर्षमा १४७ औ स्थानमा छ । अप्रिलमा कुनै अन्तर्राष्ट्रिय खेल नभएका कारण शीर्ष १० मा कुनै परिवर्तन छैन । पहिलो स्थानमा अर्जेन्टिना कायमै छ । त्यस्तै फिलिप्पिन्स ११५ औ स्थानमा आफ्नो अहिले सम्मको सबै भन्दा राम्रो र्यान्किङमा छ ।