default_image

Featured

September 15, 2016

गुरुङ्सेनी गर्ल्सद्वारा सहारा एकेडेमीलाई आर्थिक सहयोग

३० भदौ, पोखरा । पोखराका गुरुङ युवतीहरुको समुह गुरुङ्सेनी गल्सले सहारा क्लबद्वारा संचालित सहारा एकेडेमीलाई नगद तिस हजार पाँच रुपैयाँ सहयोग गरेको छ । सहारा क्लबको १८ औं वार्षिकत्सब तथा साधारण सभाको समुद्घाटन समरोह बिच गुरुङ्सेनी गल्सबाट क्लबका अध्यक्ष श्री विरभद्र आचार्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।गुरुङ्सेनी गल्सले बिगत केही बर्ष देखि हारेक बर्ष […]

Nepal Red

September 15, 2016

नेपाल फिफा वरियतामा माथि उक्लियो

हाम्रो खेलकुद – नेपाल सेप्टेम्बर महिनाको फिफा वरियतामा दुइ स्थान माथि चढ्दै १८६औं स्थानमा उक्लन सफल भएको छ। यस अघि १८८औं स्थामना रहेको नेपालले दुइ स्थान सुधार गरेको हो। दक्षिण एसियामा भने नेपाल श्रीलंका, पाकिस्तान र भुटानभन्दा माथि रहेको छ। भारत १४८औं स्थानमा रहेको छ भने अफगानिस्तान १४९औं स्थानमा छ।

September 14, 2016

आफ्नो जन्मथलो फर्किदै रोनाल्डो

हाम्रो खेलकुद – मदेरियाको टापुमा जन्मेको भएपनि क्रिस्टियानो रोनाल्डोको जन्मथलो भने लिस्बन नै मानिन्छ। नहोस पनि किन, उनि १२ वर्षको उमेरमा स्पोर्टिंग लिस्बोनमा आवद्ध भएसंगै उनको खेल जीवनको सुरुवात जो भएको थियो। लिस्बनमा युवा अवस्थामा एक आकर्षक फुटबलर बनेका उनि २००३मा म्यानचेस्टर युनाइटेड पुगेका थिए। केवल १८ वर्षको खेलाडीलाई त्यो समयमा सो रकम निकै ठुलो […]

September 14, 2016

श्री कुमारीसंग हार्यो मध्यपुर

काठमाडौँ (हाम्री खेलकुद) – राजधानीमा जारि शहिद स्मारक बि डिभिजन लिग २०७३ अन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लब र श्री कुमारी क्लब विजयी भएका छन्। हलचोक स्थित एपीएफ रंगशालामा भएको पहिलो खेलमा श्री कुमारी क्लब मध्यपुर युथ एसोसिएसनविरुद्ध २-१ ले विजयी भयो। कुमारीको लागि टंक सिङ्गदान र सुशील कुमार यादवले गोल गरेका थिए भने […]

September 14, 2016

अभिलाषा र प्रेरणा सेमिफाइनलमा

नेपालका अभिलाषा विष्ट र प्रेरणा कोइराला केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै सर्किट १ की विजेता नेपालकी इरा रावत र नेपालकै सलोनी तामाङ पनि सेमिफाइनलमा पुगे । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको क्वाटरफाइनलमा अभिलाषाले नेपालकी इशाश्री शाहलाई ६–१ र ६–४, प्रेरणाले […]

September 14, 2016

न्यु डायमण्ड र एपीएफ क्वार्टरफाइनलमा

काठमाडौँ । न्यूडाइमण्ड एकेडमी र सशस्त्र प्रहरीको एपीएफ क्लब राजधानीमा जारी तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  महिलातर्फको समुह ए बाट न्यूडाइमण्ड र समुह बि बाट एपीएफ क्वाटरफाइनलमा पुगेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद् (राखेप) कबर्डहलमा बुधबार भएको खेलमा प्रगतिशील युथ क्लबलाई ३ – ० को […]

September 14, 2016

मेस्सीद्वारा अर्को रेकर्ड कायम

हाम्रो खेलकुद – गएराति भएको च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले सेल्टिकलाई ७-०ले हराउँदा बार्सिलोनाका स्टार लियोनेल मेस्सीले नयाँ रेकर्ड आफ्नो नाम बनाएका छन्। मेस्सीले बार्साको जितमा गरेको ह्याट्रिक च्याम्पियन्स लिगमा उनले गरेको छैठौं ह्याट्रिक हो। एकै खेलाडीले च्याम्पियन्स लिगमा ६ ह्याट्रिक गरेको यो नै पहिलोपल्ट हो। मेस्सीले आफ्नो करियरमा ३६ पटक ह्याट्रिक गरिसकेका छन्।

September 14, 2016

बायर्नको सहज जित; पिएसजि र आर्सनलको बराबरी

हाम्रो खेलकुद – च्याम्पियन्स लिगको समुह चरणको खेल खेलमा बायर्नले सहज जित दर्ता गरेको छ भने आर्सनल र पेरिस सेन्ट जर्मेनको खेल बराबरीमा टुङ्गिएको छ। रोस्टोभलाई ५-०ले पाखा लगाउँदै च्याम्पियन्स लिगमा बायर्नले सुखद सुरुवात गरेको छ। उसका लागि जोसुवा किमिचले दुई गोल गरे भने रोबर्ट लेवान्डोस्की, थोमस मुलर र वान बर्नाटले एक-एक गोल थपे। उता […]

Spain Soccer Barcelona defeat Celtic Champions League

September 14, 2016

बार्सिलोनाको शानदार जित

हाम्रो खेलकुद – च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा बार्सिलोनाले सेल्टिकलाई ७-०को फराकिलो अन्तरले पराजित गरेको छ। समुह ‘ग’ को पहिलो खेलमा लियोनल मेस्सीको तेश्रो मिनेटको गोलले बार्सा अघि बढेको थियो। सेल्टिकले २४औं मिनेटमा पेनाल्टि पाएर खेललाई बराबरीमा ल्याउने मौका पाए पनि मुसा डेम्बेलेले उक्त मौका खेर फालेका थिए। बार्सिलोना त्यसपछि रोकिएन र मेसिको ह्याट्रिक […]

Rashford

September 13, 2016

र्‍यास्फर्डको प्रेरणा क्रीस्टियानो रोनाल्डो

म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर मार्कस र्‍यास्फर्ड सानै देखी क्रीस्टियानो रोनाल्डोको खेल हेरेर प्रेरित हुन्थिए , र यही कारणले उनलाई अघी बढ्न मद्धत गरेको कुरा उनले म्यान्चेस्टर युनाइटेडको अफिसियल म्यागजिन इन्साइड युनाइटेडलाई बताएका छन । “क्रीस्टियानो रोनाल्डो पहिले युनाइटेड आउँदा एक युवा थिए, सम्पुर्णको ध्यान उनमा थियो । त्यही उमेर देखी उनमा सबै भन्दा राम्रो बन्ने उद्देश्य थियो, जसकोलागी उनि […]

Success

Thank you for your time.