default_image

Featured

National Team training

October 23, 2016

राष्ट्रिय टोलीको अन्तिम २३को घोषणा आज

हाम्रो खेलकुद – सोलिडारिटी कपको लागि प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली आज घोषणा हुने भएको छ। आगामी कार्तिक १७ गतेबाट मलेसियामा सुरुहुने सोलिडारिटी कपको लागि अन्तिम २३ खेलाडीको नामावली आज घोषणा हुदैछ। ३० खेलाडी सम्मिलित प्रारम्भिक टोलीबाट अन्तिम २३को छनोट हुनेछ। चोटका कारण विकास तामाङ र प्रकाश बुढाथोकी यसअघीनै प्रशिक्षणबाट घर फर्किसकेका छन्।

October 23, 2016

हेरोज अन्तराष्ट्रिय तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले दोस्रो हेरोज अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्रतियोगीता चार स्वर्ण र तीन रजत पदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । थाइल्यान्डको राजधानी बैककमा सम्पन्न प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीले नेपालको प्रतिनिधित्व गरेका थिए । प्रतियोगितामा भाग लिन नेप्लिज तेक्वान्दोका चार र अन्य दुई खेलाडी बैकक पुगेका थिए । शनिबार सम्पन्न प्रतियोगितामा विवेक […]

October 23, 2016

लिभरपुलको जित, बराबरीमा रोकिएको आर्सनल शीर्षस्थानमा

लन्डन (एजेन्सी)– वेस्ट ब्रुमवीचले अन्तिम समय तिर गोल फर्काएपनि प्रिमियर लिगमा शनिबार लिभरपुलको जितलाई रोक्न सकेन । साडियो माने र फिलिप्पे कान्टिन्होले पहिलो हाफमै गरेको गोलमा योर्गान क्लोपको लिभरपुल २–१ को जित हासिल गर्दै लिगको दोस्रो स्थानमा उक्लेको थियो । त्यसअघि आर्सनल र टोटेनह्याम अल अलग खेलमा गोल रहित बराबरीमा रोकिएका थिए । ९ खेलपछि […]

Inesta

October 22, 2016

भ्यानेल्सिया बिरुद्धको खेलमा बार्साको कप्तान इनियस्टा घाइते

भ्यानेल्सिया बिरुद्धको २-३ को जितमा स्पेनिस मिड्फिल्डर एन्ड्री यस इनियस्टा घाइते भएका छन ।  पहिलो हाल्फमा एन्जो पेरेजले गरेको ट्याकलले लडेपछी इनियस्टाले दाइने घुडामा चोट बोक्नु पर्‍यो । आफ्नो चोटको अवस्था अनुमान लगाउदै उनले बेन्च तिर इसारा गरेका थिए । क्लबको चिकित्सा कर्मचारीले केहिबेर उनलाई मैदानमा जाचेपछी चोटयुक्त इनियस्टाको ठाउ मैदानमा राकिटिकले सम्हालेका थिए । खेल […]

October 22, 2016

स्क्वासका हिराले खेल जीवनबाट सन्यासको घोषणा गरे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्क्वासका हस्ती खेलाडी हिराबहादुर थापाले खेलाडी जीवनबाट शनिबार सन्यासको घोषणा गरेका छन् । चौथो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको समापन समारोहमा हीराले २७ वर्षे खेलाडी जीवन छोड्ने घोषणा गरे । २०४६ सालमा खेलाडी जीवनमा पाइला टेकेका थापाले लगातार १७ वर्ष राष्ट्रिय च्याम्पियन्सीप जितेर दुर्लभ कीर्तिमान बनाएका छन् । सन् १९९४ […]

October 22, 2016

अरहन्त र भावना स्क्वास च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – अरहन्तकेशर सिंह र भावना सुनुवारले शनिबार चौथो सिभिल बैंक खुल्ला स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । दुवैले उपाधि रक्षा गरेका हुन् । सातदोबाटोमा भएको पुरुष एकलको फाइनलमा अरहन्तले अमृत थापा मगरलाई ११–५, ११–५, ९–११ र ११–१ ले पराजित गरे । हिराबहादुर थापा र प्रवीणवीर सिंह कंसाकार संयुक्त रुपमा तेस्रो भए । […]

October 22, 2016

हिमालयन शेर्पा विकास रनिङ शिल्डको क्वाटरफाइनलमा

भरतपुर (हाम्रो खेलकुद) – ए डिभिजन टोली हिमालयन शेर्पा क्लब चितवनमा जारी टुबोर्ग १२ औं विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । नारायणगढस्थित क्याम्पाचौरमा भएको पहिलो चरणको अन्तिम खेलमा मेयोङको २ गोलको मद्दतमा काठमाडौंको ब्वाइज युनियन क्लबंलाई ३–१ ले हराउँदै हिमालयन शेर्पा अन्तिम आठमा पुगेको हो । शनिबारको नतिजापछि क्वाटरफाइनल […]

messi

October 22, 2016

अन्तिम मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै मेस्सीले बार्सिलोनालाई जिताए

भ्यालेन्सिया बिरुद्ध २-२ को ड्र तर्फ ढकेलिदै गरेको बार्सिलोनाले अन्तिम मिनेटमा पेनाल्टी पाएपछी ला लिगा मा पुर्ण ३ अंक बटुल्न सफल भएको छ । २२ मिनेटमा मेस्सिको गोलले बार्सिलोनाले अग्रता लिएको थियो । लुइस स्वारेज अफ्साइड पोजिसनमा बारेर भ्यालेन्सियाको गोलकिपरलाई बाधा पुर्‍याएको भनेर भ्यालेन्सियाका खेलाडिहरुले अपिल गरे पनि बार्सिलोनाको अनुकुलतामा रेफ्रीले फैसला गरेका थिए । पहिलो […]

October 22, 2016

आर्मीका भीमबहादुर ५० किमी अल्ट्रा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आर्मीका भीमबहादुर गुरुङले अन्नपूर्ण १०० हिमालयन ट्रेल रेस नेपालअन्तर्गत ५० किलोमिटर अल्ट्रा दौड जितेका छन् । ट्रेल रनिङ नेपालको आयोजनामा कास्कीको बेगनासतालबाट सुरु भएको दौड याङ्जाकोट, चासु, ताङ्तिङ हुँदै सिक्लेस पुगरे टुंगिएको थियो । वीरबहादुर तामाङ दोस्रो र धर्म महर्जन तेस्रो भएका थिए । भीमबहादुरले २०, वीरबहादुरले १० हजार र धर्मले ५ […]

October 22, 2016

चितवनको ध्रुबतारालाई दोस्रो पटक भेट्रान फुटबल उपाधि

भरतपुर (हाम्रो खेलकुद) – चितवनको धु्रब्रतारा भेट्रान फुटबल टोलीले रोटरी एटए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौडामा भएको ४० वर्ष माथिको फुटबल प्रतियोगिता फाइनलमा ध्रुबताराले मोसि क्लब काठ्माण्डौलाई सडन डेथमा हराउदै उपाधि रक्षा गरेको हो । निर्धारीत समयमा कुनैपनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकलिएको थियो । धुब्रताराले उपाधिसहित ४० हजार रुपैयाँ प्राप्त […]

Success

Thank you for your time.