default_image

Featured

March 2, 2024

मुख्यमन्त्री कपमा एपिएफका विजय सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका विजय थापा मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । संखुवासभाको खादबारीमा सम्पन्न शनिबार सम्पन्न फाइनमा उत्कृष्ट पुनरामगनका साथ एपिएफलाई मुख्यमन्त्री कप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका विजय सर्वोत्कृष्ट चुनिएका हन् । प्रतियोगितामा एपिएफका ४ र गण्डकीका ३ खेलाडी उत्कृष्ट घोषित भए । एपिएफका […]

March 2, 2024

एपिएफ झापा गोल्डकपको क्वार्टरफाइनलमा

हिमाल खरेल,बिर्तामोड टाइब्रेकरमा भाग्यमामनी सावित हुँदै एपिएफ फुटबल क्लब छैटौँ संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ । संकटा क्लबलाई शनिबार ४–२ ले पराजित गर्दै एपिएफले क्वार्टर फाइनलको यात्रा तय गरेको छ ।निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । एपिएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए […]

March 2, 2024

अर्किडलाई एक्सपर्ट भरतपुर मेयर्स कप उपाधि

चितवन (हाम्रो खेलकुद)– अर्डिक स्कुलले एक्सपर्ट भरतपुर मेयर्स कप इन्टर स्कुल टि–२० क्रिकेट लिगको उपाधि जितेको छ । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शनिबार) भएको फाइनलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किडले पहिलो संस्करणको उपाधि जितेको हो । उपाधिसंगै अर्किडले रनिङ ट्रफी हात पा¥यो । टस जितेर पहिले ब्याटिङ रोजेको […]

March 2, 2024

प्रिन्सलाई मोटरसाइकल

काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय ब्याडमिन्टन सघ, नेपालले विश्व जुनियर नम्बर एक रहिसकेका नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाललाई रोयल इनफिल्ड हन्टर ३५० मोटरसाइकलसहितसम्मान गरको छ । संघको पूर्व घोषित कार्यक्रम अनुरुप प्रिन्सलाई बाइकले सम्मान गरको हो । संघले पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिताको लगातार तीन संस्करणमा विजय हासिल गर्ने खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने घोषणा गरेको […]

March 2, 2024

प्रिन्स चौथो पटक च्याम्पियन, रसिलालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका प्रिन्स दाहालले चौथो पटक पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टनको उपाधि जितेका छन् । महिला एकलतर्फको उपाधि लतिलपुरकी रसिला महर्जनले जितिन् । १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टनको शनिबार भएको शीर्ष ८ तर्फको पुरुष एकलको फाइनलमा ललितपुरका प्रफुल महर्जन माथि २१–१८, २२–२० ले हराउँदै प्रिन्सले उपाधि जितेका हुन् […]

March 2, 2024

साम्बाको गोलमा ग्वेंगाम्पको महत्त्वपूर्ण जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गरेको खेलमा एन अभान्ट ग्वेंगाम्पले शीर्ष डिभिजन लिगमा लिलविरुद्ध महत्त्वपूर्ण जित दर्ता गरेको छ । वाफ च्याम्पियनसिपको फाइनल गुमाएर लिगको खेल खेल्न पुगेकी साम्बाले बेन्चबाट मैदान प्रवेश गर्दै २-० को जितमा गोल गरेकी हुन् । उनको लिगमा यो पहिलो गोल समेत […]

March 2, 2024

कोशीलाई डोरी तानको उपाधि

विराटनगर (हाम्रो खेलकुद)– कोशी प्रदेशले दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरमा शनिबार भएको डोरीतानको फाइनलमा एपिएफ क्लबलाई २–० सेटले हराउँदै कोशी च्याम्पियन बनेको हो । नेपाल डोरी तान संघको आयोजनामा भएको दुई दिने प्र्रतियोगितामा कोशी,एपिएफसहित बाग्मती प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब गरि ८ […]

March 2, 2024

आर्मी पहिलो पटक पाँचथर गोल्डकप च्याम्पियन

दिपक बोहरा,पाँचथर त्रिभुवन आर्मी फुटबल क्लब पहिलो पटक पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार आयोजक पाँचथर क्लबलाई ४-२ ले हराउँदै ए डिभिजन टोली आर्मीले उपाधि जितेको हो । २०७४ सालमा दशैं फाल्गुनन्द गोल्डकपमा उपविजेता बनेको आर्मी ६ वर्ष पछि विजेता बनेर फर्कदैछ । फिदिम माविको खेलमैदानमा आर्मीलाई जित दिलाउन कप्तान दिपकुमार […]

March 2, 2024

मछिन्द्रलाई दोस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक केपी ओली कपको उपाधि जितेको छ । दोस्रो संस्करणको फाइनल खेलमा न्यू रोड टिम (एनआरटी) लाई टाइब्रेकरमा पराजित गर्दै मछिन्द्र दोस्रो पटक विजेता बनेको हो । मछिन्द्र टाइब्रेकरमा ५-४ ले विजेता बनेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको विजेताको टाइब्रेकरमार्फत निर्णय भएको […]

March 2, 2024

यु-१६ महिला साफ: नेपाल बंगलादेशसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी साफ यु-१६ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेश विरुद्ध हार बेहोरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले २-० को हार बेहोरेको हो । बंगलादेशको जितमा साथी मुन्दाले दुवै गोल पहिलो हाफमा गरिन् । बंगलादेशले खेलको २४औं मिनेटमा खेलमा अग्रता लिएको थियो । सौरभी अकान्दा प्रितीको […]

Success

Thank you for your time.