default_image

Featured

December 24, 2016

साफ च्याम्पियनसिपका लागि नेपाल सिलगुढी पुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पिनसिप फुटबलमा च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली टोली शनिबार साँझ भारतको सिलगुढी पुगेको छ । सोमबार भुटानसँग खेल्दै नेपालले साफ च्याम्पियनसिपको यात्रा प्रारम्भ गर्ने छ । तीन पटक फाइनल पुगेको नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । कुमार थापाको मुख्य प्रशिक्षक रहेको नेपाली टोलीले समूह चरणमा माल्दिभ्स र श्रीलंकासँग प्रतिस्पर्धा […]

December 24, 2016

एपिएफ महिला फुटबल राष्ट्रिय च्याम्पियन

दिपेन्द्र पोखरेल दुहबी – एपिएफले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा स्वर्ण पदक जितेको छ । सुनसरीको दुहबी रंगशालामा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै एपिएफ राष्ट्रिय च्याम्पियन बनेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा एपिएफ भाग्यशाली रह्यो । खेलभर पुलिसले नियन्त्रण जमाएपनि गोलको खाता खोल्न सकेन । पहिलो […]

army-defeat

December 24, 2016

पश्चिमाञ्चले आर्मिलाई हरायो

सुनसरी (हाम्रो खेलकुद) – सातौ राष्ट्रिय खेलकुदको भलिबलमा महिला तर्फको दोस्रो खेलमा पश्चिमाञ्चले  विभागिय टोलि नेपाल आर्मीलाई ३-१ को सेटमा पराजित गरेको छ । पश्चिमाञ्चलले नेपाल आर्मीलाई पहिलो दुइ सेटमा २५-२०,२५-१५ ले पछी पारे पनि आर्मिले तेस्रो सेट २१-२५ ले जित्दै खेलमा फर्किने प्रयास गरेको थियो । तर चौथो सेट २५-१४ ले कब्जा गर्दै पश्चिमाञ्चलले आफ्नो […]

police-vs-army

December 24, 2016

महिला फुटबल उपाधिका लागि दुई पुलिस भिड्दै

दिपेन्द्र पोखरेल दुहबी – सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल उपाधिका लागि विभागिय डर्बीबीच प्रतिस्पर्धा हुनेछ । नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बलको एपिएफबीचको फाइनल सुनसरीस्थित दुहबी रंगशालामा शनिबार दिउँसो सुरु हुँदैछ । दुवै टोलीको वास्तविक परिक्षण फाइनलमै हुनेछ । दुवै टोली अपराजित रहँदै अन्तिम दुईमा पुगेका थिए । समूह चरणमा यी दुई टोली एकै […]

December 24, 2016

सेन्ट्रल जोन भलिबलमा आज नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौं (हाम्रो खलकुद) – बंगलादेशको ढाकामा जारी बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधिको सम्भावना कायम राख्न नेपालका लागि शनिबारको खेलको नतिजा महत्वपूर्ण हुनेछ । नेपालले आज बंगलादेशको स्थानिय समय अनुसार दिउँसो ४ बजे अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा माल्दिभ्सलाई ३–१ ले हराएको नेपाल शुक्रबार आयोजक बंगलादेशसँगको खेल ३–० ले गुमाएको थियो । माल्दिभ्सलाई […]

December 24, 2016

नेपाली टोली साफ च्याम्पियनसिप यात्रामा निस्कियो

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पिनसिप फुटबलमा च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली शनिबार भारत भ्रमणमा निस्केको छ । भारतको सिलगुढीमा हुने साफ च्याम्पिनयसिपको चौथो संस्करणमा नेपालले सोमबार भुटानसँग खेल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठलगायत पदाधिकारीले टोलीको विदाइ गरेका थिए । शुभकामना दिदै एन्फा अध्यक्ष श्रेष्ठले भने ‘तपाईहरुलाई सफलताको शुभकामना […]

December 24, 2016

महिला भलिबलमा एपिएफको विजयी सुरुआत

विराटनगर (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार महिला भलिबलमा एपिएफले विजयी सुरुआत गरेको छ । इटहरीस्थित रंगशालामा भएको खेलमा उपाधि दाबेदार एपिएफले मध्यपश्चिमाञ्चलमाथि २५–१०,२५–७,२५–६ को सहज जित हासिल गरेको थियो । महिला भलिबलमा पाँच विकास क्षेत्र तथा तीन विभागिय गरि ८ टोलीको सहभागिता रहेको छ ।

Nepal Women Team Football

December 23, 2016

साफ च्याम्पियन महिला फुटबल टोलीको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाको महिला फुटबलमा नेपाल फाइनलको स्वभाविक दाबेदार हो । अघिल्ला तीनै संस्करणमा नेपाली टोली उपविजेता बनेर फर्केको थियो । फेरी एकपटक च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली शनिबार भारतको सिलगुढी यात्रामा निस्किदैछ । स्वभाविक छ, हरेक पटक जस्तै यसपटक पनि च्याम्पियन बनेर फर्कने लक्ष्यका साथ नेपाली टोली त्यहाँ पुग्दैछ । […]

ranjan-bista

December 23, 2016

राष्ट्रिय खेलकुदको पहिलो दिन एपिएफको दबदबा

दिपेन्द्र पोखरेल विराटनगर– सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात भएको पहिलो दिन शुक्रबार सशस्त्र प्रहरी बल (एपिएफ) का लागि सुखद रह्यो । क्रिकेट र फुटबल दुवै खेलमा एपिएफले दोहोरो जित हासिल गरेको छ । चारै खेलमा एपिएफले शतप्रतिशत नतिजा हात निकालेको हो । महिला फुटबल महिला फुटबल अन्तर्गतको खेलमा बिभागिय डर्बीमा एपिएफले त्रिभुवन आर्मी क्लब लाई […]

bang3

December 23, 2016

सेन्ट्रल जोनमा भलिबलमा नेपाल पराजित, बंगलादेशको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा शुक्रबार नेपाल आयोजक बंगलादेशसँग ३–० को हार बेहोरेको छ । बिहीबार माल्दिभ्समाथि ३–१ सेटको जितमा उत्साहित बनेको नेपालले बंगलादेशलाई पनि कडा टक्कर दिएको थियो । तर, हरेक सेटको अन्त्य अन्त्यतिर टोली सम्हालिन नसक्दा नेपाल २५–२१,२५–२० र २५–२३ को सोझो सेटमा पराजित भएको थियो । […]

Success

Thank you for your time.