January 24, 2017
पोखरा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङ र मिडफिल्डर सुजल श्रेष्ठले आइतबारको घटनाले समर्थकहरुलाई दुःखी बनाएकोमा माफी मागेका छन् । आहा गोल्ड कपमा आइतबार सेमिफाइनल पुगेको रात अनिल र सुजललाई होहल्ला र विवाद गरेको भन्दै बैदाम वडा प्रहरीले राती २ बजे पोखरा लेकसाइडबाट पक्राउ गरेको थियो । उनीहरुलाई सोमबार बिहानमात्र छाडिएको […]
January 23, 2017
पोखरा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङ र मिडफिल्डर सुजल श्रेष्ठलाई आइतबार दोहोरो खुसियाली महंगो परेको छ। पोखरामा जारी आहा रारा गोल्डकप क्वार्टरफाइनलको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अनिल र सुजलले रात भने वडा प्रहरी कार्यालय बैदाममा बिताउनु परेको थियो। टोलीको जित र अर्का मिडफिल्डर विशाल राईको जन्म दिन मनाउन मनाङ […]
January 23, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको लिग चरणको खेलमा बिभागिय टिम हाबी भएका छन्। लगनखेलस्थित आर्मीको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्ड हलमा भएका खेलमा साविक विजेता आर्मी, पुलिस र एपिएफले जित निकालेका छन् । त्यस्तै पश्चिमाञ्चलले पनि जित हात पारेको छ । दोश्रो दिनको लिग खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई २५–१२, २५–१५, […]
January 23, 2017
पोखरा (हाम्रो खेलकुद)– पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको आयोजना तथा सृजना विकास केन्द्रको संयोजनामा माघ १८ देखि हुने भनिएको सर्वाधिक पुरुस्कार राशीको सृजना आमन्त्रण महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पूर्व निर्धारित मितीमा नहुने भएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीका अनुसार उक्त प्रतियोगिता अव माघ २२ देखि २९ गते सम्म संचालन […]
January 23, 2017
पोखरा (काठमाडौं)– सहारा क्लबको आयोजनामा जारी १५ औं आहा रारा गोल्डकपको अन्तिम क्वार्टरफाइनलमा बुधबार सिएमजी क्लबले यसअघि तय भएको टोलीसँग नभइ बंगलादेशको अर्को क्लब नारायणगज एफसीसँग प्रतिस्पर्धा गर्ने भएको छ । यसअघिका लागि तय भएको बंगलादेशको प्राराजगज स्पोर्टिङ क्लबले अन्तिम समयमा प्राविधिक कारणबस प्राराजगन्ज आउन नसक्ने जनाएपछि बंगलादेशको अर्को टोली आउन लागेको सहाराका अध्यक्ष वीरभन्द्र […]
January 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल दुई महिनापछि हुने एएफसी एसियन कप छनोटका लागि कठिन समूहमा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले संयुक्त अरब इमिरेट्समा गरेको समूह विभाजनमा नेपाल समूह एफमा फिलिपिन्स, ताजकिस्तान र यमनसँग परेको छ । सन् २०१८ को विश्वकप र एसियन कपको छनोटको सुरुआतमा पराजित भएपछि दुई महिना अघि एएफसी सोलिडारिटी कप […]
January 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दुई महिना पछि सुरु हुने एएफसी एसियन कप छनोटअन्तर्गत समूह विभाजनको ड्रमा भाग लिन नेपाली राष्ट्रिय फुटबल टोलीका जापानी प्रशिक्षक ग्योतुको कोजी आइतबार नै संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी पुगिसकेको छन् । ड्र को प्रत्यक्ष प्रसारण ५:४५ बजे सुरु हुनेछ
January 23, 2017
पोखरा (हाम्रो खेलकुद) – त्रिवुभन आर्मी क्लब १५ औं आहा रारा गोल्डकपको सेमिफाइनल पुगेको छ । पोखरा रंगशालामा सोमबार रमपम झापा ११ लाई २–० ले गोलले हराउदै आर्मीले आयोजक सहारा क्लब सगँको भेट पक्का गरेको छ । राष्ट्रिय टोलीका स्ट्राइकर समेत रहेका नवयुग श्रेष्ठ र भरत खवासले हाफमा गोल गरेपछि सेनाले जित निकालेको हो । […]
January 23, 2017
पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी नवीन न्यौपानेका प्रशिक्षकका रुपमा पछिल्लो छ महिना निकै अर्थ पूर्ण रहेको छ । खेलाडी प्रशिक्षकका रुपमा झन्डै दुई दशक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीमा रहेका न्यौपानेले विभागिय टोली सम्हालेको ६ महिना मात्र पुग्दैछ । यो छ महिनाको बीचमा उनको नेतृत्व हेर्ने हो भने लोभलाग्दो नै छ । उनको […]
January 23, 2017
एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले ऐबारलाई ४-०को फराकिलो अन्तरले पराजित गरेको छ। डेनिस सुआरेजको पहिलो हाफको गोलले अग्रता लिएको बार्साले दोश्रो हाफमा तिन गोल थप्यो। बार्साका लागि तिनै स्टार फरवार्ड लिओनेल मेस्सी, लुइस सुआरेज र नेयमारले गोल गरेका थिए। जितसंगै १९ खेलमा ४१ अंक जोडेको बार्सा लिग तालिकाको तेश्रो […]