default_image

Featured

March 6, 2024

गण्डकीका ओलम्पियनहरुलाई मासिक भत्ता प्रदान

पोखरा (हाम्रो खेलकुद)– गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशका ओलम्पियनलाई मासिक भत्ता दिन सुरु गरेको छ ।नेपाल ओलम्पियन संघले गत वर्ष पोखरामा ओलम्पियन पूर्नमिलन तथा स्पोर्टस मिट आयोजना गर्दा गण्डकीका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेका थिए । सोही अनुरुप साउनबाट २०८१ को असार मसान्तसम्मको मासिक भत्ता एकमुष्ट प्रदेशले बुधबार […]

March 6, 2024

आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौं झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ को जित निकाल्दै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो । खेलको ११औँ मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल […]

March 6, 2024

क्यानको विश्वकप तयारी योजनालाई सरकारद्वारा ५ करोड प्रदान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले नेपाल क्रिकेट संघ (क्यान) बाट टि२० विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत माग गरेको ५ करोड रुपैयाँ निकासा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्यानले प्रस्तुत गरको योजनाका लागि आवश्यक रकम सरकारबाट पूर्ण रुपमा निकासा भएको जानकारी दिए । ‘विश्वकप छनोटको फाइनलमा सम्माननीय प्रधानमन्त्री […]

March 6, 2024

सूर्य नेपाल च्यालेन्ज– सदभाव शीर्षस्थान यथावत

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिताका रुपमा सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा यथावत रहेका छन् । रोयल नेपाल गल्फ क्लबमा बुधबार साविक विजेता युवा गल्फर सदभावले ४–अन्डर ६४ को उम्दा प्रदर्शन गर्दा समग्रमा ७–अन्डर १ सय ९७ सहित पूर्व नम्बर […]

March 6, 2024

खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ मन्त्रिपरिषद्मा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पाउने भएका छन् । रास्वपाको संसदीय दलका उपनेता समेत रहेका श्रेष्ठले पहिलो पटक संघीय मन्त्रीको जिम्मेवारी लिन लागेका हुन् । ४२ वर्षीय श्रेष्ठ यसअघि बागमती प्रदेशको प्रदेश सांसदको भूमिकामा थिए । संसदमा उनी सधैं […]

March 6, 2024

पिएसजीको क्वाटरफाइनलमा यात्रामा एमबाप्पेको गोल

एजेन्सी – फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनिस टोली रियल सोसिडाडलाई मंगलबार अन्तिम १६ को दोस्रो लेगमा २-१ हराएपछि पिएसजी समग्रमा ४-१ अग्रतासहित अन्तिम ८ मा पुगेको हो। पिएसजीले पहिलो लेगमा २-० ले विजयी‌ भएको थियो।दोस्रो लेगमा पिएसजीका लागि दुवै गोल केलियन एम्बाप्पेले गरेका हुन् । १५ […]

March 6, 2024

बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – ह्यारी केनले २ गोल गरेपछि बायर्न म्युनिख लाजियोलाई हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको छ। बार्यनले मंगलबार दोस्रो लेगमा लाजियोलाई ३-० ले हराएको थियो। समग्रमा ३-१ को अग्रता सहित बायर्न अन्तिम ८ मा पुगेको छ। पहिलो लेगमा लाजियो १- ले विजय भएको थियो। ३८ औं मिनेटमा केनले हेडर गोल गर्दै खेलमा अग्रता दिलाएका‌ थिए। […]

March 5, 2024

लुम्बिनी कप महिला भलिबल – बाग्मती र एपिएफ फाइनलमा भिड्ने

सुमन अधिकारी, बुटवल पाल्पाको रामपुरमा जारी प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता– २०८० को उपाधिका लागि फाइनलमा नेपाल‌ एपिएफ र बागमति प्रदेश भिड्ने भएका छन् । प्रतियोगिता अन्तरगत मंगलबार भएको पहिलो सेमिफाइनलमा एपिएफले कोशी प्रदेशलाई तथा दोस्रो सेमिफाइनलमा बागमतीले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनलमा एपिएले कोशी प्रदेशलाई २५–६, […]

March 5, 2024

सूर्य नेपाल च्यालेन्जमा सदभावको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन मंगलबार एमेच्योर गल्फर सदभाव आचार्य एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लन सफल भएका छन् । साविक विजेता सदभावले आज १–अन्डर ६७ को स्कोर गर्दा समग्रमा ३–अन्डर १ सय ३३ सहित प्रोफेसनल गल्फर धन बहादुर थापालाई एक […]

March 5, 2024

बंगलादेश यु-१६ महिला साफको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश काठमाडौंमा जारी साफ यु-१६ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा भारत माथि ३-१ को जित निकाल्दै बंगलादेशले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । बंगलादेशको जितमा अल्पि अख्तर, सौरभी प्रिती र अर्पिता विश्वासले समान एक-एक गोल गरे । भारतका लागि अनुष्का कुमारीले […]

Success

Thank you for your time.